नवलपरासी (ब.सु.प.)

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भारतमा अवलोकन भ्रमण
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भारतमा अवलोकन भ्रमण

नवलपरासी,१४ भदौजिल्लाको पर्यटकिय क्षेत्रलाई आर्थिक क्षेत्रमा रुपान्तरण कसरी गर्ने बारे अध्ययन गर्ने उदेश्यले भारतको पर्यटकिय स्थलको भ्रमण उद्योग बाणिज्य संघको टोलीले गरेको छ । संघका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा शुक्रवार भारतका केही पर्यटकिय स्थलको अध्ययन र अवलोकन गरेको हो । संघका अध्यक्ष अग्रहरी सहित बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्री परासी प्रेस क्बलका अध्यक्ष मोहन पौडेल,क्लबकै पर्यटन तथा आथिक उपसमितिका संयोजक बेचु गौड,नेपाल रेडक्रस सोसाईटी नवलपरासीका सभापति राजेन्द्र अग्रहरी सहितको टोलीले भारतको कुशिनगर जिल्ला र गोरखपुर जिल्लाको भ्रमण गरेका थिए । अध्यक्ष अग्रहरीका अनुसार जस्मा भगवान बुद्धले महापरिनिर्वाण लिइएको परिनिर्वाण स्थल र अन्त्येष्टि गरिएको रामभार स्तुप स्थलको अध्ययन र अवलोकन गर्नुका साथै त्यहाँका पुरातत्व कार्यालयसँग पनि...
नवलपरासी उद्योगमैत्री जिल्ला  बनेको छ ः उबासंघका बरिष्ट उपाध्यक्ष अग्रहरी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासी उद्योगमैत्री जिल्ला बनेको छ ः उबासंघका बरिष्ट उपाध्यक्ष अग्रहरी

नवलपरासी,१२ भदौनवलपरासी जिल्ला उद्योगका लागि उर्वर भुमिसँगै उद्योग मैत्री स्थल बन्दै गएको उद्योग बाणिज्य संघ नवलपरासीका बरिष्ट उपाध्यक्ष नगेन्द्र कुमार अग्रहरीले बताएका छन् । परासी प्रेस क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।सगम जिल्ला,भारतसँग महेशपुर र सुनौली दुई प्रमुख नाकासँगै विद्युतको बहु विकल्प बन्नु नै ठूला उद्योगको आकर्षण यस जिल्लामा बढदै गएको उनले सुनाएका । नेपालको मध्यमागमा अवस्थित यो जिल्ला भारतको विहार र उत्तर प्रदेशलाई पनि जोड्छ, उनले भने, पश्चिम नेपालको मुल ढोका पनि पश्चिम नवलपरासीको दाउन्नेडाडा रहेको छ । यो जिल्लाबाट भारतमा निर्यात मात्रै नभई नेपालकै सबै भागमा उत्पादित मालबस्तु पुर्याउन सहज वातावरणले जिल्ला उद्योग मैत्री जिल्लाको रुपमा चिनिन थालेको छ, उनले थपे,शान्ति सुरक्षाले पनि यो जिल्ला सहज बन्दै गएको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ झिकाउन...
भारतिय केरा भित्रिदा नेपाली केरा किसानलाई मर्का
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भारतिय केरा भित्रिदा नेपाली केरा किसानलाई मर्का

नवलपरासी,८ भदौजिल्लामा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा समस्या झेल्दै आएका केरा किसानलाई अहिले केरा विक्रिको समस्या देखिन थालेको छ । भारतबाट सस्तोमा केरा नेपाल भित्रिन थाले पछि नेपाली किसानले केराको मुल्य नपाउने समस्या आइ परेको केरा किसानले जनाएका हुन् ।सरकारले नेपाली केरा किसानलाई पहिला तँ आवश्यक मलखाद्य,उन्नत विउँबिजन दिन सक्न्दैन्,त्यसमा पनि विभिन्न प्रकारको संघर्ष गर्दै नेपाली केरा किसानले केरा उत्पादन गर्छन् । विक्रिको बेला भारतिय केरा भित्रयाउन छुट दिदा नेपाली किसान मर्कामा पर्ने केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । विना क्वारेन्टाइन जाँच भारतिय केरा वित्रिने गरेका छन्,उनले भने, ठूलो मात्रामा अनुदान पाएर उत्पादन गरेका भारतिय किसानसँग नेपाली किसानले प्रतिस्पार्धा गर्नु फलामको चिउरा हो । त्यो भएर पहिला नेपाली किसानको केरा विक्रि गर्न प...
भारतिय होचो गेट र नेपाली होचो पुल महेशपुर भन्सारलाई बाधक
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

भारतिय होचो गेट र नेपाली होचो पुल महेशपुर भन्सारलाई बाधक

नवलपरासी,८ भदौभारतिय होचो प्रवेशद्धार(गेट) र नेपालको होचो पुलले भन्सारलाई राजस्वको लक्ष्य प्राप्तीलाई प्रभावित पारिरहेको महेशपुर भन्सारले जनाएको छ । सो नाकामा रहेको भारतीय ठूठीबारी बजारको गेट र भन्सारबाट नेपाल प्रवेश गर्ने महेशपुर—परासी—सुनवल सडकमा पर्ने भक्सिपुरको होचो पुलले ठूला सवारीसाधनमा लोड गरि आउन नसक्ने हुदा त्यसको असर कम भन्सार उठ्ने भन्सार कार्यालयले जनाएको हो । छोटी भन्सार भएकै बेला पुल र गेट दुबै बनेको संरचना ठूलो भन्सार भएको ५ बर्ष वित्दा पनि संरचनाको स्तरोन्नती नहुदा भन्सारलाई असर पारेको भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए । भारतबाट आउने ठूला र अग्लो मालवाहक सवारीसाधनलाई पहिला भारतको गेटले नै छेक्छ,उनले भने, कतैबाट प्रवेश गरि नै हाल्यो भन्ने नेपालको झरहीखोला भक्सिपुरको होचो पुल भएर ति गाडी जान नसक्ने अवस्था देखाउदै धेरै ब्यपारीहरुले गुनासो गर्ने गरेको उनले स...
नवलपरासीमा २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो

नवलपरासी,७ भदौपहाडमा बसाई सरेर खेतबारी बाझो हुन थालेको चर्चा चलिरहदा नवलपरासी जिल्लामा पनि अहिले दुई हजार भन्दा बढि खेती बाँझो देखिएको तथ्याँकले देखाएको छ । पहाडमा मात्रै खेतीयोग्य जग्गा बाँझो पर्ने गरिएको मात्रै नभई तराईका जिल्लामा पनि बाँझो जग्गा देखिनु कृषि प्रति स्थायिन युवालाई प्रोत्साहन नगरिएको अवस्था तथ्याँकले देखाएको हो ।जिल्ला समन्वय समितिले मलखाँदको कोटा वृद्धि गर्नका लागि लुम्बिनी प्रदेश सरकारमा पेश गरेको खेती तथा जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि पेशा प्रति स्थानिय युवाको नैराश्यता,खेतीमा सरकारको कम लगानी,सिचाई,मलखाद्य,उन्नत विउँ...
जैविक मलखाद्यमा भ्रमित किसान ठगिदै ःमोटो रकम कमाउदै जैविक मल उद्योग र विक्रेता
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जैविक मलखाद्यमा भ्रमित किसान ठगिदै ःमोटो रकम कमाउदै जैविक मल उद्योग र विक्रेता

नवलपरासी,६भदौमलखाद्यको अभाव सृजना भईरहेको मौका छोप्दै केही कम्पनीहरुले किसानलाई भ्रमित गर्दै जैविक मलको नाँउमा कमसल बस्तु विक्रि गर्न थालेको आरोप लाग्न थालेको छ । एका तिर जैविक मल भन्ने आर्को तिर भ्रमित गर्दै (डिएपी) नाम दिएर कमसल मल खुलेयाम विक्रि भई रहेको आरोप सरोकारवालाले गरेका हुन् ।जिल्लामा अहिले जैविक डिएपी बोरामा उल्लेख गरि विक्रि वितरण भई रहेका छन,भने केही डबल एक्सन पावर को सर्टनेम(संक्षिप्त) नाम डिएपी भनेर बोराहरुमा उल्लेख भएको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । यस्तो उल्लेख गर्नु किसानलाई भ्रममा पार्नु हो,ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,सम्बन्धित मल बिक्रेता,सप्लायर्स र कृषि मन्त्रालय तथा निर्देशनालय मार्फत सम्बन्धित उद्योगलाई पनि जानकारी गराइ सकिएको छ । उनका अनुसार पहिला देखी किसानले कण्ठस्थ गरेको डिएपी मल अर्थात डार्ई एमोनियम फस्फेट नै बुझेर ति मलहरु लगेर...
जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो
-, नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो

नवलपरासी,५ भदौजिल्ला सदरमुकाम परासी स्थित पाल्ह्ी बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आर्षण बढदै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढन थाले पछि केही स्वार्थ समुहले क्याम्पसबारे गलत टिकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै विहिवार क्याम्पसले पत्रकार सम्मेलन गरि क्याम्पसको अवस्था जानकारी गराएको हो ।देशभरिका विभिन्न सामुदायिक क्याम्पसमा विद्यार्थी सँख्या घटदै गए पनि पाल्ही क्याम्पसमा विद्यार्थीको आर्षण बढेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् । उनले विद्यार्थीको अवस्था,भौतिक पुर्वाधार,विद्यार्थीले उत्र्तिण गर्ने अवस्थाबारे समेत उनले तथ्याँक प्रस्तुत गरेका थिए । विगत ३ बर्षको तथ्याँक प्रस्तुत गर्दै उनले बर्षेनी विद्यार्थी संँख्या बढदै गएको जानकारी गराएका थिए । तथ्याँक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा छात्र ९...
एक बर्षमा झण्डै सय सर्पको उद्धार गरे शसस्त्र बन रक्षक चौधरी
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एक बर्षमा झण्डै सय सर्पको उद्धार गरे शसस्त्र बन रक्षक चौधरी

नवलपरासी,३ भदौएक बर्षमा यहाँका एक बन रक्षकले करिब एक सय सर्पको उद्धार गरेका छन् । डिभिजन बन कार्यालयमा कार्यरत शसस्त्र बनरक्षक पूर्ण बहादुर चौधरीले अजिगँर सहित विभिन्न प्रजातीका सर्प र अन्यबन्य जन्तुको उद्धार गरेका हुन् ।उनका अनुसार उद्धार गरिएका सबै भन्दा बढि अजिगँर सर्प रहेका छन् । ५८ वटा अजिगँर सर्प,३९ वटा गोमन र एउटा दुईमुखे सर्प रहेका छन् । सरदर दिनको एउटा सर्प निस्केको खबर गाँउबाट आएकै हुन्छ, उनले भने, खबर आए पछि सर्प समाउन पुगिहाल्छु । पहिला सर्प सुन्दा नै डर लाग्ने तर अहिले सर्प पनि एउटा प्राणी जस्तै हो,भन्ने माया लाग्ने गर्छ । सुचना पाउने वित्तिकै सर्प समाउन दुगुर्ने गरेको उनले बताए । सर्प देखियो र बेलामा गइएन भने स्थानियले मारि नै हाल्छन कि जस्तो लाग्छ,उनले थपे,त्यो भएर अतिकति पनि ढिलाई नगरि सर्प समाउन पुग्छु । शुरु शुरुमा सर्प समाउदा भय लाग्थ्यो,उनले भने, एक पटक अजिगँरले पुरै जि...
पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढदै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढदै

नवलपरासी, २ भदौकुनै बेला सधै चिकित्सक अभाव रहने र रिफर सेन्टरका लागि चिनिने गरेको जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अहिले विशेषज्ञ चिकित्सक(कन्सल्टेन्ट) डाक्टर)को आकर्षण बढन थालेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढेसँगै विरामीको विश्वास पनि बढेर विरामी संख्यामा उल्लेख्य वृद्धि पनि हुन थालेको हो ।अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ५ जना विशेषज्ञ चिकित्सक गरि कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित १९ जना कार्यरत छन् । एक जना थप विशेषज्ञ चिकित्सक सरुवा भएर आउने छन् । अस्पतालका अनुसार डा.प्रकाश ढकाल रेडियोलोजीष्ट कन्सल्टेन्ट,डा.कृष्ण श्रीवास्तव हाडजोर्नी विशेषज्ञ(अर्थोपेडिक सर्जन),डा. अजेन्द्र यादव स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाईनो),डा.सबा खान एनेस्थेसिया कन्सल्टेन्ट,डा.अब्दुल हकिम...
नेपालमा आउने भारतिय पर्यटकलाई नेपाली प्रहरीबाट सास्ती खेप्न परेको आरोप
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

नेपालमा आउने भारतिय पर्यटकलाई नेपाली प्रहरीबाट सास्ती खेप्न परेको आरोप

नवलपरासी,१ भदौजिल्लाको महेशपुर नाकामा आउने भारतिय पर्यटकलाई नेपाल प्रहरीबाट सास्ती खेप्न परेको स्थानियले बताएका छन् । भारतबाट आउने पर्यटकको सवारी साधन आवश्यक प्रवेश सेवा तथा भन्सार गराउन दशगजा देखी ४ सय मिटर उत्तरमा भन्सार अवस्थित हुदा त्यसको मार भारतिय पर्यटकलाई पर्ने गरेको हो ।भन्सारबाट सवारी सुविधा बनाई वा भन्सार गराई मात्र नेपालको कुनै पनि स्थानमा भारतिय पर्यटक गुम्न जानु पर्ने हो । स्थानिय परिवेश फरक छ, एक स्थानियले भने, नेपालको प्रवेशद्धार देखी भन्सार कार्यालयसम्म चार सय मिटरको दुरी छ । त्यसमा पनि भन्सार भन्दा पहिला नै नेपाल प्रहरीको कार्यालय छ । त्यो भन्दा अगाडी शसस्त्र प्रहरीका जवानहरु बस्ने गर्छन् । भन्सारमा पनि प्रहरीको उपस्थिती हुन्छ । त्यो भन्दा पहिला नै पर्यटकको सवारीसधान चेकजाँच गर्ने कार्य प्रहरीले गर्न थाल्छन् । विभिन्न बहानामा थर्काउदै रकम समेत असुल्ने गरेको उनको भनाई थियो...