
नवलपरासी,२७ फागुन
जिल्लामा कायम गरिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को परिक्षा केन्द्र तोक्ने कार्यमा रामग्राम नगरपालिका भित्रका केही विद्यालयका अध्यक्षले असन्तुष्ठि ब्यतm गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईले कुन आधारमा एउटा विद्यालयमा परासी बजारकै निजी विद्यालयहरुको परिक्षा केन्द्र तोकेको हो ? भन्द्र जिल्ला समन्वय समितिमा गुनासो पुगेको हो ।
चैत्र ७ गते देखी १९ गतेसम्म हुने एसईई परिक्षा २०८१ सञ्चालनका लागि अहिले शिक्षा विकास तथा समन्वय इकाईले जिल्ला भरिका परिक्षा केन्द्र सार्वजनिक गरेको छ । सो परिक्षा केन्द्र निर्धारण प्रति अहिले टिकाटिप्पणी हुन थालेको छ । आदर्श नमुना माध्यमिक विद्यालय परासीका अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय ब्यवस्थापन समिति नगर समन्वय समितिका अध्यक्ष लक्ष्मण यादव सोमवार जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवसँग गुनासो गर्न पुगेका थिए । परासी बजारकै पवन माध्यमिक विद्यालयमा बजारका प्रतिष्ठित निजी विद्यालयहरुको एकै स्थानमा केन्द्र पारिएको छ ? उनले भने,यसले रहस्य उत्पन्न भएको छ । अन्य विद्यालयमा सामुदायिक तथा निजी विद्यालय मिलाएर राखिएको तर पवन माविमा किन निजी विद्यालयलाई मात्रै परिएको होला ? जिसस प्रमुख यादवसँग उनले प्रश्न राखेका थिए ।
उनका अनुसार सो परिक्षा केन्द्रमा निजी विद्यालय सयपत्री मावि रामग्राम १,लिटिल एन्जल्स मावि रामग्राम ३,रामग्राम सगरमाथा मावि रामग्राम ६,फ्युचर लाईट स्कुल रामग्राम ४,लिटिल प्लान्ट स्कुल रामग्राम ५,श्रीमायादेवी इंलिस स्कुल रामग्राम ७ र परासी ग्लोरियस रामग्राम ४ रहेका छन् । पवन मावि नजिकै विद्यालय अन्यत्र राखिएको तर टाढा टाढाका विद्यालय समुह मिलाएर एकै स्थानमा राखिएको हुदा यस्ले रहस्य बनाएको उनले अवगत गराएका थिए । यसको वास्तविकता के होला ? उनले समन्वय इकाईसँग प्रश्न राख्न पनि आग्रह गरेका थिए । यदि निजी र सामुदायिक विद्यालयको केन्द्र छुट्टा छुटट्ै राख्ने भन्ने अन्य विद्यालयमा किन निजी र सामुदायिक मिलाइएको होला ? यदि मिलाएरै राख्ने हो,भन्ने पवन माविमा कुनै सामुदायिक विद्यालय किन मिलाईएन ? यसको रहस्य खोतल्न उनले जिसस प्रमुख यादवसँग जिज्ञासा राखेका थिए । जिसस प्रमुखले शिक्षा विकास तथा समन्वय इकाईसँग छलफल गर्ने बताएका थिए ।