
नवलपरासी,२४ फागुन
उद्योग बाणिज्य संघ नवलपरासी र झापाको दमक उद्योग बाणिज्य संघको एक आर्काको अनुभव आदान प्रदान गर्न छलफल कार्यक्रम भएको छ । दमक उद्योण बाणिज्य संघका पदाधिकारीहरु पश्चिम नेपालका संघका गतिविधि तथा ब्यवसायिक अनुभव लिनका लागि भ्रमणमा आउदा नवलपरासी उबासँघले स्वागत तथा छलफलको आयोजना गरि अनुभव आदान प्रदान गरेका हुन् ।
हाल आर्थिक मन्दीले उद्योग ब्यवसाय तहस नहस भई रहेको अवस्थामा उद्योग ब्यवसायलाई कसरी जोगाउने र प्रवद्र्धन गर्ने उदेश्यले बढि उद्योग धन्दा चल्ने क्षेत्र लुम्बिनी प्रदेशको नवलपरासी र रुपन्देहीमा भ्रमण,छलफल गरि अनुभव लिन आएको दमक उद्योग बाणिज्य संघ पदाधिकारीहरुले बताएका थिए । भारतसँगको खुल्ला सिमाले पनि नेपालका उद्योग ब्यवसायलाई असर पारिरहेको बताएका थिए । सरकारको कर प्रणाली,विद्युत आपुर्ति,सडक पुर्वाधार लगायतका चुनौती त रहेकै छन् । देश बारिहबाट र देश भित्रबाट पनि उद्योग ब्यवसायमा अवरोध धेरै रहेका छन् । यसलाई हल गर्नका लागि उद्योगी ब्यवसायि आफै अग्रसर हुनु पर्ने बताइएको थियो ।
दमक उद्योग बाणिज्य संघले आफ्ना उद्योगी ब्यवसायिलाई सहयोग गर्नका लागि कल्याण कोषको स्थापना गरेर सहयोग गर्दै आएको छ । त्यसै गरि स्थानिय प्रहरी र प्रशासनसँग पनि समन्वय गरि सिमा क्षेत्र र बाटोघाटोमा मात्र चेकजाँच गर्न पाउने र उद्योग प्रतिष्ठान भित्र छिरेर चेकजाँच गर्न नदिईने सहमति गराएका कारण संघसँग उद्योगी ब्यवसायीहरुको आवद्धता तथा सदस्यता विस्तार हुदै गएको सुनाएका थिए ।
नवलपरासी उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष नगेन्द्र अग्रहरीले दमक उद्योग बाणिज्य संघका पदाधिकारीलाई स्वागत सत्कार गर्दै नवलपरासीका उद्योग ब्यवसायबारे जानकारी र अनुभव सुनाएका थिए । झापा र नवलपरासी दुबै भारतसँग जोडिएको तराईका जिल्ला भएका कारण धेरै जसो समस्या उस्तै उस्तै भएको जानकारी गराएका थिए । नवलपरासीमा उद्योगको सँख्या बढदो छ, उनले भने, खर्ब बढिको लागनी यो जिल्लामा भई सकेको छ । तर साना ब्यवसायिलाई राज्यको कर नीति र खुल्ला सिमाले प्रभावित बनाई रहेको उनले औल्याएका थिए । उतm कार्यकममा सँघका पुर्व अध्यक्ष समेत रहेका लुम्बिनी प्रदेशका साँसद बैजनाथ जैसवाल र उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी सहितको सहभागिता रहेको थियो ।