Health Advertisement

परासीमा धितोपत्र बजार तथा बित्तिय बजार सम्बन्धि साक्षरता कार्यक्रम

नवलपरासी,१० फागुन,
जिल्लाका उद्योगी ब्यवसायी तथा अन्य धितोपत्रसँग सरोकार राख्नेलाई धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि गरिएको छ । धितोपत्र बोर्डको आयोजना तथा उद्योग बाणिज्य संघ नवलपरासीको सहकार्यमा उतm कार्यक्रम गरिएको हो ।
धितोपत्र बोर्डले पहिलो चरणमा राजधानी बाहिरका सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशको ९ स्थानमा धितोपत्रसम्बन्धि लगानी प्रवद्र्धन गर्ने उदेश्यले सचेतना अभिवृद्धि कार्य गरिएको बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले जानकारी गराएका थिए । धितोपत्रको कारोबारमा सहभागी हुन चाहने तर प्रयाप्त सुचना र जानकारी नहुदा समस्यामा पर्ने गरेका कारणले पनि यस्तो सचेतना कार्यक्रम गर्न थालिएको उनको भनाई थियो । आवश्यकता अनुसार नेपाल धितोपत्र बोर्डले प्रादेशिक कार्यालय समेत खोलेर सहजीकरण र नियमन गर्ने योजना रहेको सुनाएका थिए । उनले एसएमईज प्लेटफर्मबारे समेत जानकारी गराए । साना तथा मझौता उद्योगमा ८० प्रतिसत रोजगारी छ । तर लगानी भन्ने २० प्रतिसत मात्र रहेको सुनाउदै उनले साना तथा मझौला उद्योगमा पुँजि परिचालन हुन नसकेको बताएका थिए ।
धितोपत्र लगानीमा १० कित्ता जारी गरेर सोझासाझासँग लगानी गर्न लगाउदा लगानी निरुत्साही भएको हुदा कम्तीमा ५ सय कित्ता भन्दा कमको लगानी गर्न नहुने उनको राय थियो । समग्रमा वित्तिय ज्ञान तथा सिप मनोवृति ब्यवहारलाई वित्तिय साक्षरता भनिन्छ । जस्मा आम्दनी,बचत,खर्च,लगानी र बजेट प्रणालीहरु पनि हुन्छ । सिमित वित्तिय साधन र श्रोतको उच्चतम प्रयोग गराउनका लागि वित्तिय साक्षरता जरुरी छ, उनले भने, तर नेपालमा समान्य साक्षरता ७६.२ प्रतिसत छ,जस्मा वित्तिय साक्षरता ५७.९ प्रतिसत मात्र रहेको छ । यसले गर्दा पनि लगानी गर्नेले जोखिम र प्रतिफलबारे धेरै जानकारी नै नभई लगानी गर्ने गरेको हुदा लागनी र प्रतिफल हेरेर मात्र लगानी गनै सुझाव दिइएका थिए ।

नेपालको वित्तिय प्रणालीको जानकारी गराउदै उनले वित्तिय बजारमा पुँजि बजार,मुद्रा बजार,बीमा,गैर बैकिँग सस्था र सहकारी क्षेत्रले लगानी गर्दै आएको जानकारी गराएका थिए । यि निकायलाई नियमन गर्ने क्रमशःपुँजी बजारलाई धितोपत्र बोर्ड,मुद्रा बजारलाई नेपाल राष्ट्र बैंक,बीमालाई बिमा बोर्ड,गैर बैकिँग क्षेत्रलाई नेपाल सरकार र सहकारीलाई सहकारी विभागले गर्ने गरेका छन् । वित्तिय बजारलाई परिचालन गर्न यि सबै निकाय सक्रिय र प्रभावकारी ढंगले काम गर्नु पर्नेै उनले औल्याएका थिए । उनले गैर बैकिँग क्षेत्रसँग पनि खर्बौ रुयिया छन्,तर प्रभावकारी ढंगले परिचालन हुन नसक्दा वित्तिय बजारलाई असर पारिरहेको छ । गैर बंकिँग सस्थामा कर्मचारी संचय कोष,नागरिक लागनी कोष,निक्षेप तथा कर्जा कोष र समाजिक सुरक्षा कोष रहेका छन् । यिनीहरु पनि राम्ररी परिचालन भएमा बजार वित्तिय बजार स्थिरता हुने उनको भनाई थियो ।
नेपालमा वित्तिय बजारको ठूलो सम्भावना रहेको औल्याउदै उनले भने ,वित्तिय बजारमा मुद्रा बजार जुन नेपाल राष्ट्र बैंकले नियमन गर्छ, पुँजि बजार र बस्तु बिनिमय बजारले पनि वित्तिय परिचालनमा भुमिका खेल्ने गरेको बताएका थिए । धितोपत्र बजार २०६३ अनुसार प्राथमिक बजार र दोश्रो बजार भनेर काम हुदै आएको छ । धितोपत्र बजार पनि नेपालमा ठूलो सम्भावना रहेको क्षेत्र हो,उनले थपे,तर यसबारे सबैलाई जानकारी छैन् । यसबारे प्राप्त जानकारी आवश्यक रहेको औल्याउदै उनले १६ शताब्दीको औद्यौगिक क्रान्ति र हाल २१ शताब्दीको सुचना प्रविधिको क्रान्ति भई रहेका छन् । सुचना प्रविधिको क्रान्तिमा धितोपत्र बजारको ठूलो योगदान रहेको उनले बताएका थिए । धितोपत्रबारे जानकारी गराउदै उनले पहिलो सार्जजनिक निस्कासन (आईपिओ) खुल्छ । त्यस पश्चात पनि धितोपत्र थप निस्कासन,धित्तोपत्र सेयर निस्कासन,परिपत्र विधिद्धारा धित्तोपत्र निस्कासन,बोनस सेयर निस्कासन र बोर्डबाट स्वीकृत निस्कासन गरि ६ प्रकारको हुन्छ । सेयर बजारमा निरन्तर लगानी गर्नेले यि निरन्तर सुविधा पाउने गरेका हुन्छन् ।
धितोपत्र लगानी गर्न चाहनेले पहिला दिर्घकालिन लगानीकता हुने सोच हुनु पर्छ र कम्तीमा पनि दुई बर्ष होल्ड गर्न सक्नु पर्छ । यसले फाईदा पुर्याउने उनले सुझाव दिइएका थिए । नवलपरासी जिल्ला औद्योगिक क्षेत्र बन्दै गएको छ,उनले भने, यहाँका उद्योगहरुले पनि बैक कर्जा भन्दा सिधा सर्वसाधारणलाई आईपिओ खोजेर पुँजि संकलन गर्ने आधार धित्तोपत्र हो । यसका लागि धित्तोपत्र बोर्डले सहजीकरण गर्ने उनले बताएका थिए । १ करोडको कम्पनीले पनि २० करोड पुँजि संकलन गर्न सक्छ । यसका लागि आवश्यक प्रकृया पुरा गरेर धित्तोपत्र बोर्डसँग अनुमति लिई खोल्न पाउने बताएका थिए । बैंकले कर्जा नदिन पनि सक्छ,उनले थपे,तर कुनै कम्पनीले आवश्यक सबै प्रकृया पुरा गरेर ल्याएमा धित्तोपत्र बोर्डले आईपिओ जारी गर्न र अन्य सेयर निस्कासनका लागि अनुमति दिनै पर्छ । यसले गर्दा छरिएर रहेका पुँजिलाई एकत्र गरि उत्पादन गर्न सकिने उनको भनाई थियो । कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य केशव भण्डारीले यो धितोपत्र लगानी सम्बन्धि जानकारी सबैलाई हुन आवश्यक रहेको औल्याएका थिए । संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले सहभागिहरुलाई स्वागत गर्दै यस्ता सचेतना बेला बेलामा आवश्यक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *