Health Advertisement

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र

नवलपरासी,८ फागुन
एक स्वास्थ्य अवधारणा(वन हेल्थ कन्सेप्ट) बनाउन जिल्ला स्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले सरोकारवालासँग छलफल गरेको छ । मानव स्वास्थ्य,पशु स्वास्थ्य,बनस्ती स्वास्थ्य तथा वातावरणिय समस्यालाई छुट्टा छुट्टै रुपमा हेर्ने गरिएको भए पनि अब देखी सबैलाई एकै स्थानबाट हेर्ने र एक निकायले आर्को निकायको कामलाई पनि हेर्ने गरि एक स्वास्थ्य अवधारणाबारे छलफल चलाएको हो ।
जिल्ला स्थित स्वास्थ्य कार्यालय,कृषि ज्ञान केन्द्रसँगै ७ वटै पालिकाका स्वास्थ्य शाखा,कृषि शाखा तथा पशु सेवा शाखाका प्राविधिकहरुसँग पहिलो चरणको छलफल कार्यक्रम चलाइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । स्वस्थ्य वातावरणले स्वास्थ्य बनस्पति र पशुपालन क्षेत्रमा सहयोगी हुने र मानवले उपयोग गर्ने वातावरणिय क्षेत्र तथा खाद्यमा प्रयोग हुने कृषि जन्य तथा पशुजन्य बस्तुको स्वस्थ्य प्रयोग बढाउनका लागि एक स्वास्थ्य अवधारणा बुझन् आवश्यक रहेको उनको भनाई थियो । एउटा क्षेत्रलाई उपेक्षा राख्दा सबै क्षेत्रको स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको देखिएको छ, उनले भने,यसबारे सबैले सबै क्षेत्रको समस्या र आवश्यकता बुझ्न सकियो भन्ने मावन स्वास्थ्यमा सकारात्मक असर पर्ने छ ।
बनस्पतीमा यदि अध्याधिक विषादी प्रयोग हुन्छ,भन्ने त्यसले पशु र मानवलाई प्रत्यक्ष असर पार्न सक्छ । निरोगी पशु भएनन भन्ने पशु जन्य पदार्थको उपयोगले पनि मानव जिवनलाई प्रभावित बनाउने छ । बाहिरी वातावरण स्वच्छ भएन भन्ने बनस्पति,पशु र मानव सबैमा असर पर्न सक्छ । यि अवधारणा बुझ्नका लागि स्वास्थ्य सरोकारवाला तथा आम उपभोतmामा पनि जागरण गर्दै एक स्वास्थ्यको अवधारणा बुझाउन आवश्यक छ ।
पहिला सरोकारवाला निकायले सो अवधारणा बुझ्न सक्न पर्यो उनले थपे,अनि मात्र आम नागरिकलाई बुझाउन सकिन्छ । यसले गर्दा पहिलो चरणमा प्राविधिक क्षेत्र र सरोकारवालासँग छलफल गरिएको केन्द्र प्रमुख चौधरीले बताएका थिए । मानिस पशु र वातावरणको उच्च स्वास्थ्य प्राप्तीका लागि एक स्वास्थ्य सबै भन्दा लागत प्रभावी हो । दिगो र ब्यवहारिक दृष्टिकोणको रुपमा पनि उपलब्ध छ । हालका बर्षहरुमा धेरै महत्वपुर्ण भएको छ । किनकी धेरै कारकहरुले मावन,जनावर,बोटविरुवा र हाम्रोवातावरण बीचको अन्तरक्रियालाई परिवर्तन गरेको छ । यसले गर्दा मावन,जनावर र वातावरण स्वास्थ्य समस्याहरु देखा परिरहेका छन् । उतm समस्याको समाधानगर्न एक स्वास्थ्य अवधारणा आवश्यक देखिन्छ ।
एक स्वास्थ्यका चुनौतीमा जुनोटिक रोग,एण्टिबायोटिक धारक क्षमता,खाद्य सुरक्षा,धारक रोग,वातावरणीय स्वास्थ्य,क्रोनिक रोग,मानसिक स्वास्थ्य र स्वास्थ्य पेशा लगायत रहेका छन् । एक स्वास्थ्य अवधारणाले मासिन,जनावर र वातावरण बीचको सम्बन्ध,कसरी यि मानिस,जनावर र वातावरण बीचको सम्बन्धले रोग गतिशिलता बुझ्न महत्वपुर्ण सहयोग पुरयाउन सक्छ र रोग नियन्त्रण तथा रोकथाम,स्वास्थ्य शिक्षा,एक स्वास्थ्यमा लगानी,नीति निर्माण कार्यमा भित्री रुपमा दृष्टिकोणको भुमिकाको महत्वबारे पनि जोड दिइने सिद्धान्तले समेट्ने छलफलमा उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *