
नवलपरासी,२१ मंसिर
जिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पस परासीले आफ्नो छैठौ क्याम्पससभा सम्पन्न गर्दै नयाँ योजना अगाडी सारेको छ । मुलुक भरि धेरै जसो क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको तर विगत बर्षको तुलनामा सो क्याम्पसमा विद्यार्थीको आकर्षण बढदै गई रहेको जानकारी गराउदै क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले ९ सुत्रिय अगामी कार्य गर्नु पर्ने आवश्यकता औल्याएका हुन् ।
उनले प्रस्तुत गरेका प्रतिवेदन अनसार क्याम्पसले उपभोग गर्दै आएको ७ विघा ६ कट्ठा जग्गा क्याम्पसकै नाममा दर्ता गर्नका लागि आवश्यक प्रकृया पुरा गर्ने,गुणस्तरिय शिक्षाका लागि आवश्यक पुर्वौधार थप गरिनु पर्ने,गुस्तरिय शिक्षाका लागि योग्य शिक्षक,सक्षम,दक्ष जनशतिmको दिगो ब्यवस्थापन गर्नु पर्ने भएकोले आवश्यक ब्यवस्थापकिय कार्य गर्नु पर्ने,गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्युएए) प्रकृयामा रहेको अवस्थामा आवश्यक मापदण्ड तत्कालै पुरा गरि क्युएए प्राप्ती गर्ने,भएको कार्यक्रमलाई सुदृढ गर्दै थप कार्यक्रमका लागि पहल गर्ने रहेको छ ।
त्यसै गरि छात्रवृतिको संख्या वृद्धि तथा थप अक्षयकोषहरु स्थापना गर्दै गराउदै लग्ने,स्थानिय सरकार प्रदेश,प्रदेश सरकार,संघिय सरकार तथा विश्वविद्यालय अनुदान आयोग आदीबाट प्राप्त अनुदान तथा सहयोगको वृद्धि गर्नका लागि आवश्यक प्रस्तावनापत्र तथा योजनाहरु बनाउने,क्याम्पसको आफ्नै जग्गामा सटर निर्माण गरि भाडा लगाउने,धिर्माणाधिन खेलकुद मैदान तथा रंगशाला सञ्चालनमा ल्याई त्यसबाट पनि आयस्रोत बढाउने र अन्य दातृनिकाय,निजी क्षेत्र,संघसस्था तथा जनप्रतिनिधि चन्दा दाताहरुलाई क्याम्पसको वृद्धि विकासमा सहयात्री बनाउदै लैजाने योजना उनले प्रस्तुत गरेका थिए ।
क्याम्पसमा आर्थिक बर्ष २०७९।०८,०८०।०८१ र ०८१।०८२ को क्रमशः९० लाख १ हजार ५ सय ७६ रुपिया,१ करोड ५९ लाख ३१ हजार २ सय १४ रुपिया र १ करोड ४९ लाख ९५ हजार ८ सय १४ रुपिया बराबरको आय ब्ययको लेखापरिक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । त्यसै गरि तिनै शैक्षिक सत्रमा क्याम्पसमा क्रमशः९८ छात्र र २ सय३३ छात्रा गरि ३ सय ३१ विद्यार्थी,१ सय ५८ छात्र र ३ सय ४८ छात्रा गरि ५ सय ६ जना विद्यार्थी,१ सय ३७ छात्र र ३ सय ५६ छात्रा गरि ४ सय ९३ विद्यार्थीहरु क्याम्पसमा भर्ना लिई अध्ययन गर्दै आएको जानकारी क्याम्पस प्रमुख दिपक अर्यालले गराएका थिए । मधेशको क्याम्पस भए पनि छात्र भन्दा छात्राको संख्या उल्लेख्य रहेको उनको भनाई थियो । मधेश समुदायबाट छात्रलाई बाहिर अध्ययन गर्न पठाउने गरिदा छात्रको संख्या कम हुने तर मधेशी महिलाका लागि अध्ययनको बैकल्पिक क्याम्पसको रुपमा स्थापित हुदै गएको उनको भनाई थियो । मधेशी महिलालाई उच्च शिक्षा प्रदान गर्नमा यो पाल्ही क्याम्पसको योगदान रहेको कुरा यहाँका जनप्रतिनिधि समाजसेवीले बुझेर उच्चतम सहयोग गर्नु पर्ने आवश्यकता देखिएको उनले सभाको ध्यानाकर्षण गराएका थिए । क्याम्पसका ब्यवस्थापन र शिक्षा संकायको पठनपाठन हुने गरेको छ,उनले भने,मानविकिय संकायको पनि अनुमति भए पनि विद्यार्थी नभएका कारण मानविकि संकायको पढाई हुन सकिरहेको छैन् ।
