
नवलपरासी,१३ बैशाख
जिल्लाको सरावल गाउपालिका वार्ड नं.७ ले स्थानिय बाल समुह संजाललाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । बाल समुह संजालको माग अनुसार नै वार्ड कार्यालयले बालसँजालका बालबालिकालाई दुई दिइने नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरेको हो ।
स्थानिय नन्दन मिडिया हाउस प्रालिको सहजीकरणमा उतm तालिम प्रदान गरिएको वार्ड अध्यक्ष ह्यात खाँनले जानकारी गराए । बालबालिका देखी नै नेतृत्व गर्न सक्ने क्षमताको विकास गराउनमा यो तालिम महत्वपुर्ण हुने विश्वास लिइएका छौ, उनले भने, आवश्यकता अनुसार मागको आधारमा पुनःअन्य भाषणकला,उद्यघोषण र शसतिmकरण क्षमता विकासका लागि पनि गराउदै जाने सोचमा छौ । आजका बालबालिका भोलीका कर्णधार हुन्,यसले गर्दा बालबालिकामा गरिएको लगानी दिर्घकालिन प्रभाव पार्ने उनले बताएका थिए । उतm तालिममा सायदा खातुनले सहजीकरण गरेकी थिईन् ।
