सरावलको शैक्षिक क्षेत्र विकासका लागि जापानी सस्थाद्धारा साढे चार करोड बढिको सहयोग

नवलपरासी,१४ कातिक
जिल्लाको सरावल गाउँपालिका भित्र शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यले जापानका एक गैरसरकारी सस्थाले आर्थिक लगानी गर्न साझेदारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले सो सहयोग गर्ने सहमति गरेको गाउपालिकाले जनाएको हो ।
उतm सस्थाले ४ करोड ५९ लाख ५४ हजार ९ सय २७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने साझेदारीपत्रका हस्ताक्षर भएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने लक्ष्यका साथ उक्त सहयोगका लागि बिहीबार बाल कोष जापान र सरावल गाउँपालिका बिच औपचारिक सम्झौता भएको थियो । गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार, यो शैक्षिक सहयोग कार्यक्रम गाउँपालिकाभित्रका शैक्षिक दृष्टिले पछाडि परेका, तर उच्च सम्भावना बोकेका विभिन्न चार विद्यालयहरूमा सञ्चालन गरिने छ । सहयोग कार्यक्रम मार्फत विद्यालयहरूमा भौतिक पूर्वाधार सुधार, शिक्षण–अधिगम गुणस्तर वृद्धि, विद्यार्थीहरूको सीप विकास र अभिभावक र समुदायको जागरुकता लगायतका गतिविधि गरिने छ ।
यस साझेदारीमार्फत विद्यालयहरूको समग्र शैक्षिक वातावरण र गुणस्तर सुधार हुने अपेक्षा गरिएको र शैक्षिक क्षेत्रमा प्राप्त हुने सहयोगले काम गर्न उत्साही बनाउने उनको भनाई थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले विशेषत सरावल गाउँपालिकाले यो सहकार्यले आफ्नो स्थानीय सरकारको “गुणस्तरीय र सबैका लागि शिक्षा” को लक्ष्य हासिल गर्न निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको थिए । उतm सहयोग कार्यक्रमका पािलका भित्र रहेका जनता आधारभूत विद्यालय, सरावल–५, धनगडवा, विनोद–निता कण्डेल आधारभूत विद्यालय, सरावल–५, दुबैलिया, जनता माध्यमिक विद्यालय, सरावल–६, भुजहवा र महेन्द्र जनता माध्यमिक विद्यालय, सरावल–६, गडौरीमा सञ्चालन हुने गाउपािलकाले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *