
नवलपरासी,२१ माघ
रामग्राम नगरपालिकाले भवन निर्माणमा नगरपालिकाले दोहोरो मापदण्ड अपनाएको आरोप स्थानियले लगाएका छन् । नगरभित्र निर्माण गरिने भवन पुर्वाधारको नक्सा पास गर्ने गराउने कार्य गर्दै आएको नगरपालिकाले आफ्नै बहुदेश्यि कम्लेक्स भवन नक्सा नै पास नभई निर्माण गर्न लागेको आरोप स्थानियले लगाएका हुन् ।
रामग्राम नगरपालिका ५ अदालत नजिकै रहेको दैनिक हाटबजार भत्काएर झण्डै साढे ९ करोड रकम खर्चने गरि नगरपालिकाकाले भवनको प्रस्ताव ल्याएको छ । टेण्डर सम्झौता समेत गरि सकेको छ । तर उतm भवनको डिपिआर भए पनि नक्सा पास भने भएको छैन् । ब्यतिmको नक्सा खोज्ने नगरपालिकाले आफ्नो भवन बनाउदा नक्सा पास प्रकृया किन पुरा गर्दैन ? यो अख्त्यिारको दुरुपयोग हो कि होईन ? भन्ने स्थानियले प्रश्न गर्न थालेका छन् । ठूलो कम्पलेक्स भवन निर्माण गर्दा स्थानिय सधियारसँग सोधपुछ र छलफल गर्नु पर्छ कि पर्दैन ? एक स्थानियले प्रश्न गरेका थिए । पोखरी रहेको उतm स्थान पहिला नगरपालिकाले पोखरी पुरेर सेड निर्माण गरि दैनिक बजार सञ्चालन गर्ने योजना अनुसार काम गरेको थियो ।
लाखौ रुपिया खर्चेर बनेको सो दैनिक हाटबजार सञ्चालनमा ल्याउनै सकेन, अहिले तिनै सेड भत्काएर कम्पलेक्स भवनमा करोडौ रुपिया फाल्न गई रहेकोले स्थानियको विरोध भई रहेको छ । ति सेडका बजार सञ्चान हुन नसके पछि सेडमा अदालती सेवा लिन आउने सेवाग्राही तथा वकिलहरुले मोटरसाईकल पार्किगँ स्थल बनाएका छन् । बरु ति स्थानलाई पार्किगँ शुल्क उठाउने गरी ठेक्का लगाउदै पनि लाखँौ रुपिया आमदनीको स्रोत बन्न सक्ने अवस्था छ । सदरमुकाममा शुरक्षित पार्किगँको स्थान पनि छैन् । गाँउबाट आएर एक दुई दिन सवारी साधन पार्क गरेर बाहिर जादा कहाँ सवारी साधन राख्ने सम्मका समस्या छ । यि यस्ता अवसर हुदा पनि नगरपालिका नेतृत्वले पिसि खाने स्थार्थ राखेर विकास भवन तर्फ अग्रसर भई रहेको आरोप पनि लगाउदै आएका छन् ।
सो भवनसम्म पुग्नका लागि ६ फिटको बाटो मात्रै रहेको छ । नगरपालिकाले आफ्नै मापदण्ड अनुसार कम्तीमा पनि २० फिटको बाटो भएमा मात्र लगानी गर्ने नीति बनाएको छ । अहिले तिनै नीतिलाई लत्याउदै के स्वार्थमा गाउका योजना काटेर कम्पलेक्स भवन तर्फ लाग्यो ? सबत्र आलोचना भई रहेका छन् । गाँउ गाँउका अन्य विकास पुर्वाधारका काम छाडेर कम्लेक्स भवनको निर्माण प्रति वार्ड अध्यक्षहरुको पनि असन्तुष्टि रहेको छ । बाटो नै नभएको स्थानमा योजना बनाउने र टेण्डर समेत गर्ने नगरपालिकाका कर्मचारीहरुले उतm भवनको नक्सापास बारे पनि हेक्का राख्नु पर्ने वार्ड नं.७ का वार्ड अध्यक्ष रविन्द्र यादवले बताए । नगरपालिकाको काम गाँउमुखी जनताको सेवा हुने गरि काम गर्नु पर्ने हो,उनले भने,तर वार्ड वार्डका बजेट कटौती गरि ब्यवसायिक भवनको निर्माण गर्नु पर्ने औचित्य नै छैन् । घाटा बजेट बनाउने र आएको थोरै अनुदान ब्यवसायिक भवन बनाउदा जनताका अन्य विकास कसरी हुन्छ ? उनले प्रश्न गरेका थिए ।
कम्प्लेक्स भवनको नक्सापास बारे नगरपालिकाको नक्सा शाखाका इन्जिनियर ललित चौधरीले नक्सा शाखामा सो भवनबारे कुनै फाईलन नआएको बताएका थिए । यता साईट इन्जिनियर महेश्वर ठाकुरले डिपिआरकै आधारमा ठेक्का भएको तर नक्सा पास प्रकृया पुरा नभएको जनाएका थिए । सडकबारे प्रतिकृया दिदै सो स्थानमा पुग्नका लागि स्थानियसँग जग्गा दानका लागि आह्वान गरिएको सुनाए । स्थानियले जग्गा दान गरि दिएमा सो भवनसम्म पुग्नका लागि बाटो कायम हुन्छ,उनले भने,भएन भने बाटोको समस्या कामय नै रहने छ । बजार क्षेत्र भएकोले जग्गा सहज तरिकाले पाउन मुस्किलै हुने उनको आशय थियो । यता सो भवनको ठेक्का भई सकेको नगरपालिकाका इन्जिनियर माधव न्यौपानेले भवनको कुल लागत ९ करोड ४६ लाख भए पनि ठेक्का सकार ६ करोड ३४ लाखमा एम कन्ट्रकक्सन नुवाकोटले गरेको बताए । भवनको डिपिआर भए पनि नक्सापास भने भई नसकेको अवस्था उनले सुनाए ।
हावादारीमा योजना बनाउने नगरपालिका नेतृत्वको कार्यशैली यो पहिलो भने होईन्, वार्ड अध्यक्ष यादवले भने, पहिला पनि काठमाडौं महानगरले उपलब्ध गराएको डेढ करोड बराबरको रामग्राम १८ मा कोलिय पिस पार्क निर्माण विना जग्गाको पहिचान गरि ठेक्का लगाईयो । ठेक्का सम्झौता पनि भयो,म्याद पनि सकियो, ठेक्का स्वतः नगरपालिकाकै कमजोरीले तोडियो । सौय विद्युतका लागि योजना पनि भनियो तर खोई अहिलेसम्म कहाँ छ ? सौर्य विद्युत उत्पादन योजना उनले प्रश्न गरेका थिए । सुचना लगाउने सुचना प्रकाशनमै सिमित हुने योजना नगरपालिकाले गर्नु भन्दा अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालन,हाटबार ब्यवस्थापन,पशु हाटबाजर विस्तार लगायतका दर्जनौ योजना भए पनि त्यस तर्फ ध्यान नगएको उनको आरोप रहेको थियो ।
