
नवलपरासी,१० असार
जिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भित्रका विद्यालय लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ । विद्यालयका नियमित पठन पाठनसँगै अतिरितm जानकारीमुलक कार्यक्रम गर्दै ज्ञान र थप शिक्षाका कार्यक्रम गर्न थालेको हो ।
विद्यालयका बालबालिकालाई सुचना,मिडिया र समाजिक संजालबारे साक्षरता कार्यक्रम चलाएकी छिन् । केही महिना पहिला पनि उनी बालबालिकालाई गाउपालिकाको सेवा सुविधा लिन शुरु देखी नै जानकारी हुने र अ आफ्ना अभिभावकहरुलाई पनि सेवा लिन सहज बनाउने उदेश्यले उतm कार्यक्रम गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले शुभारम्भ गरेकी थिईन् । गत बर्ष विद्यालयसँग उपाध्यक्ष कार्यक्रम गरि उपाध्यक्षका काम कर्तब्य र अधिकारबारे जानकारी गराउदै आएकी उपाध्यक्ष सकिनाले गरेकी थिईन् । समुदायसँगै विद्यालयमा कार्यक्रम गरियो भन्ने त्यसको प्रभावकारिता राम्रो देखिएको उनले बताईन् ।
विद्यार्थीलाई जानकारी गराइयो भन्ने अभिभावकलाई सुनाउने गर्छन्,विद्यार्थी र अभिभावक दुबैलाई जानकारी हुन्छ,तर समुदायमा गएर कार्यक्रम गर्दा अभिभावकले प्रायःआफ्ना बालबालिकालाई जानकारी गराउने कम पाइएको उनले सुनाईन् । अहिलेका बालबालिकाहरु इन्टरनेट,मोवाईल मार्फत सुचना र मिडियाको पहुँचमा पुगेका छन्, उनले भनिन्,समाजिक सँजालमा पनि संलग्न हुदैछन् । जानी नजानी गलत सुचनाको लतमा पुगेर समाजिक सञ्जालको दुरुपयोग तर्फ उन्मुख हुन सक्छन् । अपराधिक कृयाकलाप भयो,भन्ने साईबर क्रईमको सिकार पनि हुन सक्ने हुदा विद्यालयबाटै बालबालिकालाई सुचना,मिडिया तथा समाजिक सञ्जालको असल प्रयोग,चुनौती र अवसरबारे साक्षरता कार्यक्रम गरिएको उनको भनाई थियो ।
यसै गरि यस पटक विद्यालयमा गाउपालिकाका सबै गर्ने काम,दिईने सेवा र सेवाग्राहीले सेवा लिनका लागि अपनाउने प्रकृया लगायतका विषय बस्तुहरुलाई समेटेर गाउपालिका पहिचान कार्यक्रमको गरेकी बताईन् । यसले बालबालिकामा उत्साह थपिएको छ । आजका बालबालिका भोलीका कर्णधार हुन्,आम नागरिक सरह नै उनीहरुलाई पनि गाउपालिकाबारे जान्न आवश्यक छ । यस्ले गर्दा यो कार्यक्रम विद्यालय लक्षित बनाइएको उनले सुनाईन् ।
आफु क्याम्पसमा अध्ययनरत रहदै यो राजनीति कार्यमा लागेको हुँ,उनले थपिन्,बालबालिकाबाटै पनि आफ्नो गाँउ टोलको विकास प्रकृयामा जान्न,सुन्न र संलग्न हुन सक्ने आधार तयार गर्नका लागि पनि यो कार्यक्रमले प्रभावकारिता थप्ने बताएकी थिईन् । कार्यक्रममा मुलुकमा चल्दै गरेको संघिय लोकतान्त्रिक गणतन्त्रको उपादेयताबारे जानकारी गराउदै त्यही संघिय संरचना भित्रकै एक पाल्हीनन्दन गाउपालिका पनि भएको बताईन् । गाउपालिका एक आफैमा सरकार हो । सरकारमा हुने हरेक विधि प्रकृया अनुसार नै गाउपालिका सरकारले पनि गर्ने गर्छ । गाउपालिकामा पनि कानुन बनाउने अधिकार छ । संविधान,संघिय र प्रदेश कानुनको अधिनमा रहेर ति कानुनसँग नबाझिने गरि गाउसभाले कानुन बनाउछ ।
पाल्हीनन्दन गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ७ कि.मि. दक्षिण तर्फ रहेको छ । ऐतिहासिक धार्मिक स्थल पाल्ही भगवती मन्दिर र साविक गेरमी र सनई गा.वि.स. मा ३६ विघामा अवस्थित रहेको नन्दन तालको ऐतिहासिक गाथा बोकेको पाल्ही नन्दन गाउँपालिका साविक को रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गा. वि. स. को साझा संगम हो । ४४.६७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यो गाउँपालिका को कुल जनसंख्या ३५ हजार ४ सय २९ रहेको छ । यस गाउँपालिकामा बसोवास गर्ने कूल जनसंख्या मध्ये ९९ प्रतिशत अवधि र भोजपुरी भाषा बोल्दछन भने करिव १ प्रतिशत जनसंखया थारु, उर्दु र नेपाली भाषा बोल्दछन् ।
पुर्वमा सरावल गाउँपालिका, पश्चिममा रुपन्देहीको रोहिणी गाउँपालिका, उत्तरमा रामग्राम नगरपालिका र दक्षिणमा भारत संग ,सिमाना जोडिएको गाउँपालिकामा महेशपुर भन्सार यस गाउँपालिकाको अर्को चिनारी हो । गुप्ता, यादव, मुस्लिम र हरजिन जातिको मुख्य बासोबास रहेको यस गाउपालिकाको मुख्य पेशा कृषी रहेको छ । सिमित मात्रामा विद्यालय भएकोले उच्च शिक्षा लिनको लागि जिल्ला सदरमुकाम तथा अन्य शहरहरु तथा राजधानीमा जानु पर्ने वाध्यत्मक अवस्था रहेको छ । पाल्ही भगवती मन्दिर, शिव मन्दिर लोहरौली, सोहगौरा मन्दिर पडरी, नन्दन ताल सनई र गेरमी, राधाकृष्ण मन्दिर रामजानकी मन्दिर सुगौली यस गाउँपालिका का मुख्य ऐतिहासकि पर्यटकिय स्थल हुन ।