जिल्ला समन्वय समिति नवलपरासीको प्रशासनिक भवनको शिलान्यास

नवलपरासी,२२ फागुन
झण्डै आठ करोड लागतमा बन्ने जिल्ला समन्वय समिति(जिसस)को प्रशासनिकय कार्यालय भवनको शिलान्यास भएको छ । जिसस प्रमुख भगौती प्रसाद यादवले एक समारोह विच सो भवनको शिलान्यास गरेका हुन् ।
कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपिया भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको जिल्ला समन्वय अधिकार मान बहादुर खड्काले जानकारी गराएका थिए । रामग्राम नगरपालिका वार्ड नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण हुने छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुदै आएको र अहिले जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हुदा सो भवन भत्काउने कार्य भई रहेको छ । नयाँ बन्ने भवन पुरै जिल्ला प्रशासन कार्यालयको भवन हुने हुदा जिससले आफ्नो छुट्टै भवन बनाउन लागेको हो । ९ करोड ४२ लाख ५६ हजार ७ सय ५९ रुपिया भ्याट बाहेकको भवनको कुल लागत रहेको भए पनि निर्माण कम्पनीले टेण्डर घटेर हाले पछि कम रकममा निर्माण हुने सम्झौता भएको छ । भवन निर्माण गर्ने अवधी डेढ बर्षको रहेको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *