नवलपरासी,११ बैशाख
लुम्बिनी प्रदेश स्तरिय हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड प्रतियोगितामा भाग लिनका लागि नवलपरासी खेलकुदा विकास समितिले ७८ जना विभिन्न विधाका खेलाडीलाई पठाएको छ । मंगलवार देखी शुरु हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शुभकामना कार्यक्रमको आयोजना गरि भाग लिनका लागि खेलाडीलाई पठाएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा सो कार्यक्रमको आयोजना गरि खेलाडीलाई खेलमा सक्रिय रुपमा भाग लिइने,अनुशासित भई खेल्ने र उत्साह पुर्ण तरिकाले राष्ट्रिय स्तरको खेलमा लुम्बिनीको खेलाडी भई भाग लिइने गरि खेल्नका लागि खेलका विभिन्न प्रशिक्षक कोचहरुले उत्साह भरेका थिए । खेलाडीमा अधिकाँश छात्राहरु नै सहभागि रहेको र अहिले सिमावर्ति क्षेत्रबाट पनि मधेशी थारु,जनजाती समुहबाट खेलाडीको उत्साह जनक सहभागिता रहेको जिसस प्रमुख यादवले बताएका थिए ।
पालिका स्तरिय खेलाडी छनौट गरि जिल्ला स्तरिय छनौट खेल भएको थियो,उनले भने,अहिले लुम्बिनी प्रदेशले प्रदेशका १२ वटै जिल्लाबाट आउने खेलाडी बिच प्रतिस्पर्धाको आधारमा खेलाडी छनौट गर्नेछ । त्यो खेल समुह लुम्बिनी प्रदेशको समुह भई राष्ट्रिय स्तरको खेलमा भाग लिइने छन् । त्यो खेल समुहका लागि पनि नवलपरासीका खेलाडी छनौट हुनेमा उनले विश्वस ब्यतm गरेका थिए । यसले जिल्लाको गौरव बढाउने छ,उनले भने, पालिकाहरुले खेल प्रति चाँसो देखाएर पालिका स्तरिय खेल गराई पठाएका थिए ।