
नवलपरासी,१९ कातिक
सिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पुर्णिमाको अवसरमा मेला आयोजना गरिएको छ । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थान अनोमाघाटलाई प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना भएको हो ।
परापुर्वकाल देखी नै ठाढीघाट मेला लाग्दै आएको र स्थानियले कुस्तिको अयोजना समेत गर्दै आएका स्थानमा अहिले बुद्ध तिर्थ स्थलको रुपमा पनि चिनाउने उदेश्यले मेला आयोजना हुन थालेको स्थानियले बताएका थिए । सिद्धार्थ गौतमको जन्म र गृह त्याथ गरि आफ्ना राजसी पद परित्याग गरि प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजी निस्केका थिए । मेलामा भारत र नेपालका विभिन्न स्थानबाट पहलमानहरु भाग लिएको आयोजकले जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव सहितका जनप्रतिनिधिहरु तथा स्थानिय समाजसेवीहरुको उपस्थितीमा मेलाले साँस्कृतिक रुपमा मनाउदै आएको ठाढीघाट मेला अहिले बौद्ध तिर्थ स्थलको रुपमा पनि विकास गरिदै लगिएको स्थानिय मुन्सि हरिजनले बताएका थिए ।
गत असार महिनामाा मात्रै नेपाल पर्यटन बोर्डले आफ्नो घोषणा मार्फत अनोमाघाटलाई प्रबज्या स्थल(महाभिनिष्क्रमण) स्थलको रुपमा राष्ट्रिय पहिचान दिएको छ । कार्तिक पुर्णिमामा बर्षेनी कुस्ति सहितका मेला लाग्ने गरेकोमा अहिले यसको महत्व झन झन बढदै जादा स्थानिय उत्साही भएको उनको भनाई थियो । सुस्तामा अहिले नेपालकै लामो झुलगेँपुल र बौद्ध तिर्थ स्थलको रुपमा विकास हुदै जादा दर्शनार्थीको सँख्या बर्षेनी बढदै गएको उनको दाबी थियो ।
पर्यटन बोर्डले सुस्ता गाउपालिकालाई यहिँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उतm स्थल बौद्धमार्गीको एक महत्वपुर्ण तिर्थस्थल पर्यटकिय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको थियो । तथा अनोमघाटलाई प्रबज्जा स्थल घोषण भएकोमा नेपाल पर्यटन बोर्ड बाट मान्यता सहित यस स्थानलाई धार्मिक पर्यटनको एक नयाँ गन्तव्य बारे जानकारी तथा छलफल हुदै आएको छ ।
नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थल को रुपमा प्रचलित रहेको र भगवान बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरुको लागि विशेष महत्व राख्ने स्थानहरुका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि एक धार्मिक पर्यटकिय गनतब्य रहदै आएको छ । यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट(ठाढी घाट लाई भगवान सिद्धार्थ बुद्धको महाभिनिस्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा स्थानिय उत्साही पनि भएका छन् ।
अनोमाघाट घोषणा पश्चात उतm स्थानमा असार पुर्णिमाको दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइदै आएको छ । परापुर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको थियो । नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । बोधगयामा सिद्धार्थले ज्ञान प्राप्ती गरे पनि अनोमाघाटबाट ज्ञानको खाजीमा निस्कने पहिलो पाईला भएको हुदा नेपालको बोधगया भनेर चिनाउनमा स्थानिय पनि लागेका थिए । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढीघाटको रुपमा चिनिएको हो ।
घोडा ठढा भए पछि त्यसको कारण सिद्धार्थ गौतमले आफ्ना सारथी छन्नासँग सोधेका थिए । जवाफमा अनोमा नदी पारीको क्षेत्र तत्कालिन मगध समाराज्य अन्तरगत रहेको हुदा राजकिय घोढा जान सैनिक अनुमतिको आवश्यकता थियो । तर सन्यासीलाई कुनै रोक नभएको छन्नाले सुनाए पछि सिद्धार्थ गौतम राजसी पोशाक त्याग गरि कपाल मुण्डन गरेर सन्यास धारण गरि मगध नदी तरेर मगधको क्षेत्रमा प्रवेश गरेका थिए,भने छन्नालाई घोडा र कपडा पोशाक सहित कपिलबस्तु फर्कन लगाएका थिए ।
