प्रतापपुर गाँउपालिका

भेटेनरी अस्पतालद्धारा बसहियामा पशु स्वास्थ्य शिविर सञ्चालन
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

भेटेनरी अस्पतालद्धारा बसहियामा पशु स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी, १६ असारभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले पशुपालक किसानलाई राहत पुग्ने गरि जिल्लाको प्रतापपुर गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको छ । प्रतापपुर गाउँपालिकाको सहकार्यमा प्रतापपुर को बसहियामा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको थियो । उतm शिविरबाट तिन सय भन्दा बढि किसानले पशुपालन सम्बन्धि शिक्षा सहित विरामी देखिएका पशुको उपचारसँगै कुपोषण देखिएका पुशलाई पोषणयुतm भिटामिन लगायत पोषणपुरक औषधी(फुड सप्लीमेन्ट्रि) समेत उपलब्ध गराइएको थियो ।गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविरबाट तिन सय...
प्रतापपुरको गाउसभा सम्पन्न, पौने अर्बको बजेट प्रस्तुत
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुरको गाउसभा सम्पन्न, पौने अर्बको बजेट प्रस्तुत

नवलपरासी,८ असारजिल्लाको प्रतापपुर गाउपालिकाले अगामी आर्थिक बर्ष २०८२।०८३ का लागि पौने अर्बको बजेट सहित गाउसभा सम्पन्न गरेको छ । गाउसभामा प्रस्तुत कुल ७६ करोड ३९ लाख ६७ हजार ९ सय को बजेट पास गर्दै गाउसभा सम्पन्न गरेको हो ।गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षतामा बसेको गाउसभामा गाउपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले अगामी बर्षको आय ब्यय विवरण,बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । सो भन्दा पहिला गाउपालिका अध्यक्ष यादवले सभामा अगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति कार्यक्रममा आधारित बजेट कार्यक्रम पनि उपाध्यक्षले पेश गरेकी थिईन् । प्रस्तुत बजेटमा समानीकरण अनुदान संघिय र प्रदेशको गरि १३ करोड,८५ लाख ३२ हजार,शसर्त अनुदान चालु संघिय र प्रदेश गरि २४ करोड ८० लाख,शसर्त अनुदान पुजिँगत,संघ र प्रदेश गरि ४ करोड ६९ लाख,विशेष अनुदान चालु संघिय सरकारको १ करोड १२ लाख,विशेष अ...
प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा पचफेड स्थित खजुराखोला पुलको शिलान्यास
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा पचफेड स्थित खजुराखोला पुलको शिलान्यास

नवलपरासी,२८ जेठदशकौ देखी स्थानियले माग गर्दै आएको खजुरा खोलामा पचफेडा स्थित पुल निर्माणको माग जिल्लाको प्रतापपुर गाउपालिकाले पुरा गर्ने भएको छ । सरावल गाउपालिकालाई समेत जोड्ने उतm पुलको शिलान्यास गर्दै स्थानियको माग सम्बोधन गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् ।स्थानियबासीले विगत चार दशक देखी नै उतm क्षेत्रमा पुल निर्माणको माग गर्दै आएका थिए । तर विगतका मन्त्री साँसद समेतले चुनावमा आश्वासन मात्रै दिदै आएको भए पनि निर्वाचन पश्चात विर्सर्ने अवस्था देखिदै आएको थियो । आफु स्थानिय चुनावमा सो क्षेत्रमा आउदा पनि स्थानियबासीले सोही माग दोहर्याएका थिए । आफुले दिइएको आश्वासन अहिले पुर्न गर्न पाईएको छ, उनले भने, जनतामा विश्वास समेत जागृत भएको छ । यस क्षेत्रमा विगत र वर्तमानमा पनि नामुद नेताहरु छन्,तर जनतालाई बुझ्ने नेता नभएको स्थानियले बताएका थिए । अहिले गाउपालिकाकै पहलमा भए पनि पु...
इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी,११ जेठजिल्लाको प्रतापपुर गाउपालिका ९ पिपरिपातीमा वृहद निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिएकोछ । ग्रामिण जनतालाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गरिने उदेश्यले इभरग्रिन हस्पिटल प्रालि रामग्राम ३ परासीको समन्वयमा गाउपालिकाले डम्बर बहादुर मावि परिसरमा शनिवार उतm स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ६८ जना महिला र ५४ जना पुरुष गरि कुल १ सय २२ जना विरामीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको हस्पिटलका सञ्चालक बलिराम कोईरीले जानकारी गराएका थिए । उनका अनुसार सबै भन्दा बढि विरामी ढाँड तथा जोनी समस्या र अत्याधिक रतmचाँप भएका विरामी पनि देखिएका थिए । ३० जना विरामीको प्रयोगशाला परिक्षण समेत गरिएको थियो, उनले भने, जस्मा १० जनामा मधुमेह भेटिएको थियो,जुन ति विरामीले कहिलै मधुमेहको परिक्षण समेत नगराउदा अध्याधिक मात्रा देखिन्थे । रुघा खोकी, ज्वरो लगायतका बिरामीलाई समान्य ...
राम्रो आमदनी हुने हुदा बैखी (पंगास ) माछा पालन क्षेत्र विस्तार हुदै
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

राम्रो आमदनी हुने हुदा बैखी (पंगास ) माछा पालन क्षेत्र विस्तार हुदै

नवलपरासी,१२ बैशाखजिल्लाको प्रतापपुर गाउपालिका २ सेमरीका अगुवा माछा कृषक भवानीशंकर यादवले अहिले ब्यवस्थित गरि माछापालन क्षेत्रफल विस्तार गरेका छन् । उन्नत प्रजातीका माछाले राम्रो आमदनी गर्न सक्ने अघिल्लो बर्षको सिकाईले अहिले माछा क्षेत्रफल १६ विघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक ब्यवस्थित पुर्वाधार थपेको बताएका हुन् ।नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी(पँगास) माछाको माग बढि हुने हुदा सो माछा नेपालमै उत्पादन गरि नेपाली बजारमा आपुर्ति गर्ने गरि कृषक यादव परिक्षण स्वरुप बैखी माछाको पालन शुरु गरेका थिए । सो प्रजातीको माछा थोरै क्षेत्रफलमा बढि आमदनी भई रहेको र बजारमा देखिने समस्याबारे पनि अध्ययन पश्चात अहिले त्यसको क्षेत्रफल विस्तार गर्न लागिएको सुनाए । नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ,भन्ने गर्थे, उनले आफ्‌नो अनुभव सुनाउदै भने,तर गरे पछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिदो रहेछ...
गण्डक नहर सिल्टबेसिन ८०% सम्पन्न, सिंचाई कार्यालयले किसानलाई पानी सुनिश्चित गर्ने दाबी
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

गण्डक नहर सिल्टबेसिन ८०% सम्पन्न, सिंचाई कार्यालयले किसानलाई पानी सुनिश्चित गर्ने दाबी

बेचु गौडनवलपरासी, ६ फागुननिर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को अधिकाँस काम भई सकेको हुदा बर्षे खेतीका लागि गण्डकमा पानी प्रवाह हुने दाबी आयोजना कार्यालयले जनाएको छ । संरचना निर्माण ढिलाईले हिउँदेबाली र गर्मियामको बालीनालीलाई सिचाईका पानी प्रवाह गर्न नसकेको सिचाई प्रणालीको ब्यवस्थापन कार्यालयले दाबी गरेको हो ।हिउँदमा ५० प्रतिसत काम मात्र सम्पन्न भएको हुदा हिउँदेबालीलाई सिचाई रोकेर भए पनि आयोजनाका कार्य छिटो गराउन तर्फ लागिएको हुदा कामले तिब्रता पाएको र बर्षे खेतीका लागि पानी प्रवाहमा समस्या नहुने ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले बताए । उनका अनुसार अहिले कामको प्रगति ८० प्रतिसत भएको छ । बाकी दुई महिनामा काम सकिने लक्ष्य राखिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले ब्यहोर्ने अवस्था देखिएको थियो । तर अहिल...
प्रतापपुर गाउपालिकाद्धारा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुर गाउपालिकाद्धारा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई

नवलपरासी,२५ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाले आथिक बर्ष २०८१/०८२ मा गरिएका कार्य प्रगति तथा सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । स्थानिय सरकारले आफ्‌ना गतिविधि तथा कार्यक्रम जनता माझ सार्वजनिक गर्ने र जनतामा रहेका गुनासाहरुको प्रत्यक्ष जवाफ दिने गरि आईतवार सार्वजनिक सुनुवाई गरिएको हो ।सार्वजनिक सुनुवाईमा सहभागिहरु मध्येबाट २० जनाले गाउपालिकाका सेवा प्रवाह तथा योजनाबारे गुनासो तथा प्रश्न राखेका थिए । कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिको सहजीकरणमा भएको उतm सार्वजनिक सुनुवाईमा गाउपालिका शिक्षा अधिकारी दिल्लीराम ढुगाँना, ९ नं. वार्ड अध्यक्ष जयकिसुन चौधरी,प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरी,उपाध्यक्ष मानकुमारी चौधरी र गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले जवाफ दिइएका थिए । झण्डै एक सय प्रश्नहरु गरिएको थियो । सुनुवाईमा एमालेका गाउपालिका अध्यक्षले सहकारीसँग सम्बन्धित समस...
प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा

नवलपरासी,२४ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाको निर्माणाधिन प्रशासनियक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न अयोजनाहरुको निर्माण कार्य ढिलाई भई रहेको भए पनि प्रतापपुरका प्रशासनिक भवन निर्माण कार्यलाई तिब्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको हो ।अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको थियो । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । उनका अनुसार यसै आर्थिक बर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ । साविक प्रतापपुर गाविसलाई गाउपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नु पर्ने नीतिगत बाध्यताका कारण विगत बर्षमा भवनको निर्माण हुन नसकेको थिएन् । जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रति...
हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

हुलाकी राजमार्ग आयोजना कार्यालयमा धर्ना बस्न जाने भन्दै प्रतापपुर गाउपालिकाद्धारा आम जनतालाई अपिल

नवलपरासी,२१ फागुनजिल्लाको हुलाकी राजमार्ग सेमरी — त्रिवेणी खण्ड पाँच बर्ष वित्दा पनि सम्पन्न नभए पछि त्यसबाट प्रभावित प्रतापपुर गाउपालिकाले हुलाकी आयोजना कार्यालय कपिलबस्तु गोरुसिँगेमा धर्ना बस्न जाने पिडितहरुसँग अपिल गरेको छ । गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बुधवार एक प्रेस विज्ञप्ती प्रकासित गर्दै उतm अपिल गरेका हुन् ।स्थानिय स्तरबाट पटक पटक ध्यानाकर्षण,धर्ना लगायतका कार्य गरि सचेत गराउदै आएको भए पनि आयोजना कार्यालय र सम्बन्धित निर्माणा ब्यवसायीहरुले झुठ्ठा आश्वासन दिइने र पिडितलाई झुक्याउने कार्य गर्दै आएको बताउदै आयोजना कार्यालयमै पुगेर धर्ना बस्ने योजना बनाइएको अध्यक्ष यादवले बताएका छन् । यहिँ फागुन २६ गते धर्ना बस्न जाने भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ । यो भन्दा पहिला पनि अध्यक्ष यादवले आसोज ३ गते नै दशै सकिने वित्तिकै काम शुरु गर्ने भन्दै अनसन कार्यक्रम स्थगित गराएको थियो । त...
अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार

अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने

नवलपरासी, ८ फागुनजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई प्रचार प्रचार तथा प्रवद्र्धन गर्न प्रतापपुर गाउपालिका अध्यक्षले पदयात्रामा निस्कने बताएका छन् । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण(गृहत्याग गरि सन्यास लिएको ) उतm स्थानको प्रचार प्रसार प्रवद्र्धन गर्न सकिए बौद्धतिर्थ स्थल तथा पर्यटकिय गन्तब्य बन्न सक्ने भएको हुदा पदयात्रा मार्फत प्रवद्र्धन गर्ने उनले बताएका हुन्सुूस्ता गाउपालिकामा उतm स्थान परे पनि प्रतपापुरसँगै जोडिएको हुदा भेगिय हिसाबले पनि स्वामित्व ग्रहण गरि लुम्बिनी प्रदेश स्तरको पदयात्रा निकाल्ने सोच रहेको उनले सुनाए । प्रतापपुर गाउपबालिकाबाट पनि रु एक लाख बजेट विनियोजन गरि पर्यटन पुर्वाधार बनाउने प्रयास थालिएको छ, उनले भने, पुर्वाधारसँगै त्यस स्थानको प्रचार प्रसार पनि उत्तिकै आवश्यक छ । समय ब्यवस्थापन गरि छिट्टै नै कार्यपालिकासँग छलफल गरि पालिका स्तरबाटै पदयात्रा योजना बनाई निस्कने उ...