Health Advertisement

अनोमाघाटको प्रवद्र्धनका लागि पदयात्रा निकालिने

नवलपरासी, ८ फागुन
जिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई प्रचार प्रचार तथा प्रवद्र्धन गर्न प्रतापपुर गाउपालिका अध्यक्षले पदयात्रामा निस्कने बताएका छन् । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण(गृहत्याग गरि सन्यास लिएको ) उतm स्थानको प्रचार प्रसार प्रवद्र्धन गर्न सकिए बौद्धतिर्थ स्थल तथा पर्यटकिय गन्तब्य बन्न सक्ने भएको हुदा पदयात्रा मार्फत प्रवद्र्धन गर्ने उनले बताएका हुन्
सुूस्ता गाउपालिकामा उतm स्थान परे पनि प्रतपापुरसँगै जोडिएको हुदा भेगिय हिसाबले पनि स्वामित्व ग्रहण गरि लुम्बिनी प्रदेश स्तरको पदयात्रा निकाल्ने सोच रहेको उनले सुनाए । प्रतापपुर गाउपबालिकाबाट पनि रु एक लाख बजेट विनियोजन गरि पर्यटन पुर्वाधार बनाउने प्रयास थालिएको छ, उनले भने, पुर्वाधारसँगै त्यस स्थानको प्रचार प्रसार पनि उत्तिकै आवश्यक छ । समय ब्यवस्थापन गरि छिट्टै नै कार्यपालिकासँग छलफल गरि पालिका स्तरबाटै पदयात्रा योजना बनाई निस्कने उनको भनाई थियो । नेपाल सरकार भित्रको पालिका पनि स्थानिय सरकार हो,उनले थपे,तर स्थानिय सरकारको पहलले मात्रै यो अनोमाघाटलाई विश्वब्यापीरकण गर्न सकिदैन्,यसका लागि तिन तहकै सरकारले पहल गर्नु पर्छ । प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउदै यसको महत्व झल्काउनका लागि पनि आफुले पदयात्रामा निस्कने र रामग्राम स्तुपा,लुम्बिनी हुदै कपिलबस्तुको तिलौराकोटसम्म पुग्ने योजना छ । यसमा अन्य पालिकासँग पनि सहकार्य गर्न सकिने उनको भनाई थियो ।
नेपालको बोधगया भनेर चिनाउने गरि विकासमा लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवारले चाँसो देखाउदै आएका छन् । भगवान गौतम बुद्धसँग जोडिएका स्थानमा पहिलो अष्टधातु रहेको रामग्राम स्तुप,दोश्रो उनको मावली रामग्रामको पण्डितपुर पछि तेश्रो प्रमुख स्थान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट भएको भन्दै सो स्थानको विकास,संरक्षण र प्रवद्र्धनमा मन्त्री कलवारले बताएका थिए । विगत बर्षमा पनि आफुले बजेट बिनियोजन गर्दै सो स्थानमा पुर्वाधारका लागि पहल गर्दै आएको बताउदै उनले आफु मन्त्री भए पछि सो स्थानको विकासका लागि पहल गर्ने अनौपचारिक कुराकानी गर्दै बताएका हुन् ।
यस क्षेत्रको विकास बारे आफुले लुम्बिनी प्रदेश सरकारसँग निरन्तर पहल गर्दे आएको र अनोमाघाट क्षेत्र आफ्नै निर्वाचन क्षेत्रमा पर्ने हुदा विशेष ध्यान राखिएको उनको भनाई थियो । यसका लागि स्थानिय सरकार र स्थानियबासीले पनि प्रवद्र्धन र संरक्षणमा जुट्नु पर्छ । यसको महत्वबारे देश विदेशमा पनि प्रचार प्रसार गर्न आवश्यक रहेको उनले बताएका थिए । योजनाबद्ध तरिकाले यो स्थानको विकास गर्नका लागि स्थानिय सुस्ता सरकारले विस्तृत परियोजन प्रतिवेदन बनाएको छ । सो योजना अनुसार सबै मिलेर काम गर्दै लैजानु पर्ने आवश्यकता छ, । चालु आर्थिक बर्षमा पनि अनोमाघाटको ब्यवस्थापन र विकासका लागि ३० लाख बजेट विनियोाजन गर्न लगाएको थिए ।
सो स्थानमा विगत बर्ष देखी असार पुर्णिमका दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पुर्णिमाका दिन हजार बत्ति बाल्ने काय्रक्रम हुदै आएको छ । तर बुद्ध स्थलको विकासका लागि दुई दिनको कार्यले मात्र प्रयाप्त हुदैन् । यसका लािग त्यहाँ निरन्तर कार्यक्रम हुन आवश्यक छ । नेपालको बोधगया भनेर सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले असार पुर्णिमाका दिन बौद्धमार्गीले कपाल मुण्डन गरेर दिवस मनाउने र कार्तिक पुर्णिमाका दिन हजार बत्ति बाल्ने संस्कृतिको शुभारम्भ गरेका थिए । त्यसै गरि तत्कालिन गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले अनोमाघाट नेपालको बोधगया जस्तै तिर्थ स्थल विकासका लागि घोषणापत्र र कार्यपत्र प्रस्तुत गर्न लगाई भिच्छुलाई भोजनदानका कार्यक्रम पनि शुभारम्भ गरेका थिए ।
नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । हजार बत्तिको अर्थ भगवान बुद्धको संघमा कार्तिक पुर्णिमाका दिन एक हजार जना साधु दिक्षा लिएर भिच्छु बनेको दिन हो । ति हजार जना भिच्छु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अरहन्त(मुतm) भएको बौद्ध इतिहासमा उल्लेख छ । सारनाथमा पाँच बर्गिय भिच्छुलाई धम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालिन सम्राट बिम्बिसारलाई बुद्धत्व(ज्ञान) प्राप्ती पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कातिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालिन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप,उर्वेला कस्यप र गया कश्यप तिन जना जटिल ऋषि सहित उनका शिस्यलाई समेत सो ज्ञान बाटोमा दिदै भिच्छु संघ बनाए ।
असार पुर्णिमाका दिन कपाल मुण्डन गरि जसरी सिद्धार्थ गौतम त्यही स्थानबाट महाभिनिष्क्रमण(सन्यासी भई गृह त्याग गरेका थिए । सोही अनुसार असार पुर्णिमामा बौद्ध साधक कपाल मुण्डन गरिने परम्पराको पनि अनोमाघाटमा संस्कृति स्थापित भएको छ । सिद्धाथै गौतम कपिलबस्तुबाट आफ्ना घोडा कन्टक र सारथी छन्ना सहित अनोमाघाटसम्म पुगेका थिए । तर सो नदी पुर्वका भाग मगधको अधिनस्त रहेको र राजपरिवारका ब्यतिm जादा सैनिक अनुमति चाहिने हुदा राजकिय घोडा त्यही स्थानमा रोकियो । स्थानिय भाषामा ठढा भएकोले अहिलेसम्म पराम्परा अनुसार ठाढीघाट भनेर चिन्ने गरिएको छ । मगधमा सन्यासीलाई घुमफिरमा छुट भएको सिदार्थका सारथी छन्नाको परामर्शमा सिद्धार्थले सन्यास धारण गरि नदी पारी गएको र आफ्नो राजकिय पोशाक तथा घोडा छन्नासँग कपिलबस्तु फिर्ता गरेका थिए । सिद्धार्थ गौतमले भारतको बोधगयामा जिवन मरणको चक्र(जरामरण)मुतिm पाउने ज्ञान प्राप्त गरेको भए पनि सो बोधीको खोजीको प्रारम्भिक स्थान अनोमा नदी नै भएको हुदा सो स्थान नेपालको बोधगया भनेर पहिचान गराउनमा लुम्बिनी प्रदेश सरकार लाग्नु पर्ने स्थानियले बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *