Health Advertisement

इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी,११ जेठ
जिल्लाको प्रतापपुर गाउपालिका ९ पिपरिपातीमा वृहद निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिएकोछ । ग्रामिण जनतालाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गरिने उदेश्यले इभरग्रिन हस्पिटल प्रालि रामग्राम ३ परासीको समन्वयमा गाउपालिकाले डम्बर बहादुर मावि परिसरमा शनिवार उतm स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Health Advertisement


शिविरमा ६८ जना महिला र ५४ जना पुरुष गरि कुल १ सय २२ जना विरामीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको हस्पिटलका सञ्चालक बलिराम कोईरीले जानकारी गराएका थिए । उनका अनुसार सबै भन्दा बढि विरामी ढाँड तथा जोनी समस्या र अत्याधिक रतmचाँप भएका विरामी पनि देखिएका थिए । ३० जना विरामीको प्रयोगशाला परिक्षण समेत गरिएको थियो, उनले भने, जस्मा १० जनामा मधुमेह भेटिएको थियो,जुन ति विरामीले कहिलै मधुमेहको परिक्षण समेत नगराउदा अध्याधिक मात्रा देखिन्थे । रुघा खोकी, ज्वरो लगायतका बिरामीलाई समान्य उपचार गरि पठाइएको बताउदै उनले निशन्तान भएका ब्यतिm पनि परामर्श लिन आएकोले अस्पतालमै आएर परिक्षण गराउन परामर्श गरिउको थियो । औषधी समेत निशुल्क वितरण गरिएको थियो ।
उतm शिविरमा सहभागिहरुलाई इभरग्रिन हस्पिटलले जिल्ला सदरमुकाम परासीमा २४ सै घण्टा चिकित्सकद्धारा आकस्मिक सेवा,प्रसुती सेवा,विरामी भर्ना सेवा,अध्याधुनिक प्रयोगशाला,डिजिटल एक्सरे सेवा,भिडियो एक्सरे सेवा,मुटुको जाँच(इसिजी) सेवा दिदै आएको छ । त्यसै गरि ओपिडि मार्फत हाडजोर्नी नशा तथा ढाँड रोग विशेषज्ञ सेवा,छाती,मुटु,सुगर,मृगौला,थाईराइड र पेट रोग विशेषज्ञ सेवा जनरल तथा ल्याप्रोसकोपिक सर्जरी सेवा महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा,नाककान घाटी रोग विशेषज्ञ सेवा,नवजात तथा बालरोग विशेषज्ञ सेवा,छाला यौन तथा कुष्टरोग विशेषज्ञ सेवा,एनेस्थेसियोलोजिष्ठ तथा पेन फिजिसियन विशेषज्ञ सेवा,रोडियोलोजी विशेषज्ञ सेवा तथा जनरल फिजिसियन सेवा समेत प्रदान गर्दै आएको सञ्चालक कोईरीले जानकारी गराएका थिए ।
गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले गाउपालिका भित्र विभिन्न स्वास्थ्य चोकी मार्फत स्वास्थ्य सेवाहरु प्रवाह भई रहेको भए पनि अस्पताल सञ्चालनमा आई नसकेको हुदा अस्पताल स्तरका स्वास्थ्य चिकित्सकहरुलाई ग्रामिण क्षेत्रमै ल्याएर जनतालाई सेवा दिनका लागि शिविर सञ्चालन गरिएको बताएका थिए । हस्पिटलसँग सहकार्य गरि यो विशेषज्ञ चिकित्सक तथा ल्याब परिक्षण गरि सेवा प्रवाह गरिदै लैजाने उनले बताए । गाँउका बसै मानिसलाई अस्पतालमा पुगेर सेवा लिन चुनौती रहेको छ,उनले भने,तर जनउत्तरदायि भई गाउपालिकाले अस्पतालकै चिकित्सक गाँउ गाँउमा शिविर मार्फत उपस्थित गराई सेवा दिइने कार्य निरन्तर गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *