
नवलपरासी,८ असार
जिल्लाको प्रतापपुर गाउपालिकाले अगामी आर्थिक बर्ष २०८२।०८३ का लागि पौने अर्बको बजेट सहित गाउसभा सम्पन्न गरेको छ । गाउसभामा प्रस्तुत कुल ७६ करोड ३९ लाख ६७ हजार ९ सय को बजेट पास गर्दै गाउसभा सम्पन्न गरेको हो ।
गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षतामा बसेको गाउसभामा गाउपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले अगामी बर्षको आय ब्यय विवरण,बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । सो भन्दा पहिला गाउपालिका अध्यक्ष यादवले सभामा अगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति कार्यक्रममा आधारित बजेट कार्यक्रम पनि उपाध्यक्षले पेश गरेकी थिईन् । प्रस्तुत बजेटमा समानीकरण अनुदान संघिय र प्रदेशको गरि १३ करोड,८५ लाख ३२ हजार,शसर्त अनुदान चालु संघिय र प्रदेश गरि २४ करोड ८० लाख,शसर्त अनुदान पुजिँगत,संघ र प्रदेश गरि ४ करोड ६९ लाख,विशेष अनुदान चालु संघिय सरकारको १ करोड १२ लाख,विशेष अनुदान पुजिँगत प्रदेशको १७ लाख, समपुरक अनुदान संघ र प्रदेश गरि ३ करोड ८८ लाख गरि कुल रकम ४८ करोड ५१ लाख ३२ हजार अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगतको आयको अनुमान गरिएको छ ।
त्यसै गरि राजस्व बाडफाँडबाट प्राप्त हुने आय रकममा मुल्य अभिवृद्धि कर ८ करोड ३७ लाख ५ हजार १ सय ६८,अन्तःशुल्क २ करोड ७९ लाख १ हजार ७ सय २३ ,सवारीसाधन कर १ करोड १० लाख ६० हजार,बन रोयाल्टी ३ लाख,जलविद्युत रोयाल्टी ४३ लाख,घरजग्गा रजिष्ट्रेसन ८० लाख गरि कुल १३ करोड ४३ लाख ६६ हजार ८ सय ९१ रुपिया अनुमान गरिएको छ । आन्तरिक राजस्व पनि ३ करोड ५० लाख अनुमान गरेको छ,भन्ने मौज्दात रहेको १० करोड ९४ लाख ६९ हजार ९ रुपिया हुने अनुमान छ । यसै गरि ब्ययको अनुमान पनि प्रस्तुत गरिएको थियो । नीति कार्यक्रम तर्फ गाउपालिका अध्यक्ष यादवले पालिका भित्रका कृषकले जडान गरेका सिचाई मिटरमा लाग्ने सबै विद्युत महशुल पालिकाले तिर्ने गरि बजेट बनाइएको घोष्णा गरेका थिए ।
बजेट प्राथमिकतामा संस्थागत सुदृढिकरण र सुशासन,दिगो पुर्वाधार तथा शहरी विकास,कला,संस्कृति,सम्पदा संरक्षण,सुलभ आधार भुत स्वास्थ्य सेवा,रोजगार मुलक आधारभुत शिक्षा,लैगिँक समानता,वातावरण सरक्षण,सहकारी प्रवद्र्धन,कृषि तथा सिचाई,बालबालिका तथा अपाँगमैत्री ब्यवस्थापन,विपद न्युनिकरण र उद्धार,रोजगार प्रवद्र्धन तथा गरिबी न्युनिकरण,रोजगार प्रवद्र्धन र प्रवृद्धियुतm एवँ नागरिक मैत्री सार्वजनिक सेवा रहेको बताइएको थियो ।