Health Advertisement

राम्रो आमदनी हुने हुदा बैखी (पंगास ) माछा पालन क्षेत्र विस्तार हुदै

नवलपरासी,१२ बैशाख
जिल्लाको प्रतापपुर गाउपालिका २ सेमरीका अगुवा माछा कृषक भवानीशंकर यादवले अहिले ब्यवस्थित गरि माछापालन क्षेत्रफल विस्तार गरेका छन् । उन्नत प्रजातीका माछाले राम्रो आमदनी गर्न सक्ने अघिल्लो बर्षको सिकाईले अहिले माछा क्षेत्रफल १६ विघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक ब्यवस्थित पुर्वाधार थपेको बताएका हुन् ।
नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी(पँगास) माछाको माग बढि हुने हुदा सो माछा नेपालमै उत्पादन गरि नेपाली बजारमा आपुर्ति गर्ने गरि कृषक यादव परिक्षण स्वरुप बैखी माछाको पालन शुरु गरेका थिए । सो प्रजातीको माछा थोरै क्षेत्रफलमा बढि आमदनी भई रहेको र बजारमा देखिने समस्याबारे पनि अध्ययन पश्चात अहिले त्यसको क्षेत्रफल विस्तार गर्न लागिएको सुनाए । नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ,भन्ने गर्थे, उनले आफ्‌नो अनुभव सुनाउदै भने,तर गरे पछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिदो रहेछ । तर माछाको बजारमा केही माछा ब्यपारीको एकाधिार हुदा बजारको समस्याले यहाँका कृषि प्राािवधिकहरुले माछा किसानलाई पँजास माछाका लागि प्राय सिफारिस नगर्ने गरेका छन् ।
समस्या उत्पादनको छैन्,बाजरको पनि छैन्,उनले थपे, समस्या बजारमा एकाधिकारको छ । त्यो पनि सबै भन्दा बढि माछा खपत हुने काठमाडौको कालीमाटीमा रहेको देखियो । तर विभिन्न संघर्ष पछि कालीमाटीका ब्यपारीले नेपालमा उत्पादित माछा पनि खरिद गर्ने अवस्थामा आएको उनले सुनाए । समस्याबाट भाग्ने होईन्,समस्याको समाधान खोज्न तिर लागियो भन्ने विकल्प भेटिन्छ नै, त्यो भएर अब आफुले फेरी क्षेत्रफल विस्तार गरि सो माछा पालन गर्ने योजना अगाडी सारेको सुनाए । पंगास माछा अन्य माछा जस्तै थोरै थोरै मारेर(हार्वेस्ट) गरेर विक्रि गर्न सजिलो र्छैन् । एकै पटक पोखरी भरिकै माछा मार्नु पर्छ,किन भन्ने ति माछा बढि संवेदनसिल हुन्छन् ।
पोखरीको एक दुई माछा मरियो भन्ने बचेका माछा दाना नै नखाने हुदा तौल घटेर उत्पादन जोखिम हुने गरेको सुनाए । त्यसैले ठूलो माछाको माछा एकै पटिक खपत गर्नका लागि ठूलो बजार चाहिन्छ । त्यो बजार भने काठमाडौ,पोखरा,नारायणघाट जस्ता बजार हुन् । तर त्यहाँ भारतबाट तस्करी गरि ल्याईने माछाको हालीमुहाली हुदा नेपाली किसानले उत्पादन गरेको माछाले प्रवेश नै नपाउने अवस्था थियो । तर अहिले कृषि मन्त्रालयसम्म नै त्यसको समाधानका लागि संघर्ष गर्दा समाधान भेटियो । गत बर्ष डेढ करोडको माछा विक्रि पनि गरियो । अहिले १६ विघा क्षेत्रफलमा माछापालनको क्षेत्रफल विस्तार पनि गरिरहेको छु । अहिले पोखरीमा माछा खाने चराहरुको पनि आक्रमण बढदै जादा पुरै पोखरीलाई नै जालीले ढाकेर माछा पालन गरिरहेको पोखरी उनले देखाए । पोखरीको अनुगमन तथा पोखरीमा पानी आपुर्ति गर्दा लाग्ने विद्युत मिटरमा अनुदान उपलब्ध गराउनका लागि लुम्बिनी प्रदेश सरकारको कृषि तथा मत्यस्य विकास निर्देशनालय सहितको टोलीलाई उनले पोखरीको ब्यवस्थापनबारे अवलोकन समेत गराएका थिए ।
उनले गत बर्ष पनि माछा उत्पादक कृषक समुहलाई राहत हुने गरि केन्द्रिय स्तरमा माछाको मुल्य अध्ययन गर्न कार्यदल गठन गराएका थिए । नेपाली माछाको उत्पादन लागत अध्ययन गरी प्रतिवेदन गर्नका लागि केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रकी सरिता गौतमको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । जस्मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका मनोज धिताल कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका प्रतिनिधि, पशु सेवा विभागका प्रतिनिधि,नेपाल मत्स्य ब्यवसायि संघका निरन्जन थापा,माछा ब्यवसायि कालीमाटी फलफूल तथा बजार विकास समितिका रामबाबु यादव सदस्य र केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका प्रशान्त सापकोटा सदस्य सचिव रहने गरि उतm कार्यदल गठन भएको नवलपरासी माछा उत्पादक कृषक संघका अध्यक्ष समेत रहेका यादवले जानकारी गराएका थिए । सो कार्यदलले माछा किसानको माछा उत्पादन लागतको अध्ययन गरेको थियो ।
पहिला माछा ब्यवसायि संघको आफ्नो हालीमुहाली मात्रै थियो, तर देश भरि नै लागु हुने गरि सरकारी र्सयन्त्रबाट माछाको समर्थन मुल्य निर्धारणले माछा पाल्ने किसानलाई घाटा ब्यहोर्ने समस्याको अन्त्य हुने गरि पहल गर्नमा उनी लागेका थिए । नेपालमा भारतिय माछाले बजार पाउने तर नेपाली किसानको माछा विक्रि नहुने अवस्था रहेको थियो । पछि नेपालका किसानले उत्पादन गरेका माछा पनि खरिद गर्न उनीहरु बाध्य भएका थिए । कालीमाटीमा मात्रै दैनिक २५ मे.ट.माछा खपत हुन्छ,त्यसको ७० प्रतिसत औपचारिक माछा पैठारी भारतबाट हुन्छ,अनौपचारिक तस्करीको माछाको त तथ्याँक नै छैन् । अध्यक्ष यादवका अनुसार भारतको आन्द्र प्रदेशबाट प्रति केजी ५५ रुपियामा माछा ल्याएर नेपाली बजारमा भारतिय माछा छ्याप छ्याप्ती बनाईने र नेपाली किसान पोखरीमा माछालाई दाना खुवाउदै बस्ने अवस्था विद्यमान छ ।
उनका अनुसार माछाको वृद्धि हुने एउटा चरण हुन्छ । माछाको वृद्धिको अवधी सकिए पछि खासै वृद्धि हुदैन्,त्यो बेलासम्म माछा विक्रि गर्न सकिएन भने माछा बचाई राख्न दाना लागत बढदै जाने गर्छ । प्रति केजी ५५(भारु) अर्थात ८८ रुपियाको माछा नेपालमा भित्रिदा प्रति केजी दुई सय भन्दा बढि मुल्यमा विक्रि हुने गर्छ । यसले गर्दा अहिले पनि भारतबाट कालीमाटी बजारमा मात्रै दैनिक ५० लाखको माछा खपत हुने गरेको छ, जस्मा माछा ब्यवसायीलाई दैनिक २८ लाख नाफा हुने अवस्था छ,त्यही भएर माछा ब्यवसायिहरुले भारतिय नेपाली किसानको माछा भन्दा भारतिय माछालाई प्राथमिकता दिईने गरेका छन् । तर भारतबाट आउने माछा तिन महिनासम्मको बासी माछा र केही रसायनबाट संरक्षित गरेर आउने माछा आम उपभोतmाका लागि अस्वथ्यकर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *