स्थानिय केरा कृषकको दवावमा प्रहरीद्धारा भारतिय केरा बरामद

नवलपरासी,२२ मंसिर
नेपालमा भारतिय केराको खुलेयाम तस्करी हुन थाले पछि प्रहरीले तिन टेक्टरमा लोड गरि नेपाल भित्रयाउदै गरेको अवस्थामा बरामद गरेको छ । केरा उत्पादक किसान संघले पटक पटक प्रहरीकै मिलोमतोमा केरा तस्करी हुने गरेको आरोप लगाउदै आएको भन्दै पक्राउ गर्न दवाव बढाउन थाले पछि प्रहरीले केरा बरामद गरि महेशपुर भन्सार पठाएको जानकारी संघका जिल्ला अध्यक्ष लख्खु यादवले गराएका हुन् ।
प्रहरीले नियन्त्रणमा लिइएको तिनवटा टेक्टर र ट्रली मध्ये एउटा टेक्टर र बाकी दुई वटाको ट्रली मात्र भन्सारलाई बुझाएको छ । बरामद गरिएको केरा अहिले भन्सारले लिलामी प्रकृया अगाडी बढाएको छ । बरामद टेक्टर र टालीमा नम्बर प्लेट समेत उल्लेख छैन् । भन्सार कार्यालयका अनुसार एक टेक्टरको मुल्य १ लाख ४४ हजार न्युनतम मुल्य कायम गरि लिलामी प्रकृयाको सुचना टास भन्सार कार्यालयले गरेको देखिएको छ । बरामद उतm केरा भारत महाराष्ट्रबाट आएको दाबी केरा कृषकको रहेको छ । सिमापारीका किसानको केरा होईन्,अध्यक्ष यादवले बताए । उतm केरा ट्रेनबाट आउने र सिसवा बजारबाट सिमावार्ति क्षेत्रमा ट्रकमा आउने गर्छ,पछि टेक्टरमा लोड गरि सिमा कटाएर नेपाल भित्रयाईन्छ ।
नेपाल भित्रिए पछि उखुबारी,केराबारी भित्र नै उतm केरा पिकअपमा लोड गरि कुनै नजिकैको किसानको पान नं.बाट विद्युतिय बिलिगँ गरि राजस्व तिरेर काठमाडौ,पोखरासम्म पुर्याइने गरिएको छ । यसमा नेपालबाट अहिले हुने गरेको अखरोट,लसुन र मकैको तस्करी गर्ने पिकअपहरुले यताबाट केरा नारायणघाट,पोखरा र काठमाडौ पुर्याउने र उता बाट अखरोट,लसुन र मकै लोड गरि सिमावर्ति क्षेत्रमा पुर्याउदा बाटो ढुवानी लागत समेत बच्ने गरेको देखिएको छ । त्यसको केही भाग स्थानिय प्रहरीलाई तिरेर मिलाए पछि लाईन मिलाई दिइने कार्य प्रहरीहरुले गर्दै आएका छन् । यसबारे धेरै पटक स्थानिय प्रशासनलाई समेत ध्यानाकर्षण गराउदै आएको भए पनि प्रशासनले ढाकछोप गर्ने गरेको थियो । तर केरा किसानले नै भारतिय केरा र नेपाली केराको फरक भौतिक रुपमा देखाए पछि प्रहरीले पक्राउ गर्न बाध्य भएको अध्यक्ष यादवको भनाई थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *