रामग्राम स्तुपामा मनाइयो सम्राट अशोक तथा डा.भिमराव अम्बेडकरको बौद्धधम्म दिक्षा दिवस

नवलपरासी,२८ असोज
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा सम्राट अशोक र डा.भिमराव अम्बेडकरको बौद्ध धम्म दिक्षा दिवस समारोहको आयोजना गरिएको छ । विश्व बौद्ध धम्म संघ नेपालको आयोजनामा उक्त एक दिवसिय समारोहको आयोजना गरि बुद्धको धम्म र बुद्ध धम्मका प्रवद्र्धक सम्राट अशोक तथा डा.भिवराव अम्बेडरले अपनाएको बुद्ध धम्मबारे चर्चा गरिएको हो ।

लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले बुद्धको धम्म एक आफैमा करुणा, मता र शान्तिको स्रोत भएको र बेला बेलामा बुद्ध धम्म अपनाएर प्राचीन कालका मगध सम्राट अशोक तथा आधुनिक कालका बोधिसत्व डा.भिमराव अम्बेडकर ले बुद्ध धर्म प्रति आम जनमानसलाई प्रेरित गरेको बताएका थिए । बुद्धले ज्ञान प्राप्त गरेर आफ्ना जिवन कालमा संसारलाई शान्ति, प्रेम, करुणा, समता र सदभाव समाजका वितरण गरेका थिए,उनले भने,उनको जिवनकाल पछि दुई सय बर्ष पछि महामानवको रुपमा उदय भएका सम्राट अशोकले बुद्ध शिक्षालाई विश्व ब्यापी बनाउनमा योगदान पुर्याए । अहिले आधुनिक कालमा पुरै भारत बर्षबाट विलुप्त बनाइको बुद्ध धम्मलाई पुनः समाजसँग जोडेर डा.भिमराव अम्बेडकरले बुद्ध शिक्षा अवलम्बन गराउन र समाजमा समता भाव विकसित गर्ने अभियान सञ्चालन गरेको उनले औल्याएका थिए ।

कार्यक्रममा बुद्धको धम्मसँगै वर्तमान अवस्थामा बौद्ध धर्मावलम्बिहरुले बुद्ध भुमिको खोज,बुद्ध शिक्षासँग जोडेर बुद्धभुमिमा बुद्ध संस्कृतिको विकासबारे चर्चा गरिएको थियो । विश्व बौद्ध धम्म संघका अध्यक्ष बालचन्द्र बौद्धले प्रत्येक बुद्ध स्थलमा बौद्धधम्म अनुकुल बौद्ध संस्कृतिको विकासले मात्र बुद्धको शिक्षा पुर्याउन सकिने बताएका थिए । यो अभियान निरन्तर जारी रहने उनको भनाई थियो । बौद्धधम्म दिक्षा दिवस मनाउने उदेश्य पनि बौद्ध धम्मको प्रचार प्रसार नै हो, उनले भने, यसका लागि सबैले सबै स्थानबाट काम गर्न सके मात्र बुद्ध धम्मको लाभ बुद्धभुमिका जनताले पाउन सक्ने उनको भनाई थियो । उक्त कार्यक्रममा पत्रकार बेचु गौडले बुद्ध स्थलको पहिचान र गरिने कार्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । विभिन्न वक्ताले बुद्ध धम्मको प्रसारले मात्र विश्व शान्तिको परिकल्पना गर्न सकिने र बैज्ञानिक,भन्य सभ्य समाज बनाउन सकिने बताएका थिए । आडम्बर र अन्धविश्वासले जकडिएको समाजलाई उठाउन बुद्ध शिक्षाको आवश्यकता बक्ताहरुले औल्याएका थिए । कार्यक्रम शुरु पुर्व बुद्ध बन्दना पुजा पाठ समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *