वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठ
जिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।
छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपालिकालाई पनि रचनात्मक कार्य गर्न र नगरपालिका र गाउपालिकाका अन्य कार्यक्रमहरु पनि अन्तराष्र्टिय दिवसँग जोडेर गर्न सक्ने खालको योजना बनाउन प्रोत्साहित गर्नेमा उनले विश्वास ब्यतm गरेका थिए ।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *