नवलपरासी,१३ चैत्र
जिल्लाको वर्दघाट नगरपालिकाले यसै बर्ष गठन गरेको वर्दघाट प्रज्ञा प्रतिष्ठानले पाएको जिम्मेवारी अनुसार आफ्नो कार्यक्षेत्रमा अग्रसरता बढाएको हो । मासिक रुपमा वर्दघाट नगरपालिकाले प्रकासित गर्ने गरेको मासिक प्रगति प्रतिवेदनमा समेत प्रज्ञा प्रतिष्ठानले गर्ने गरेको कार्यक्रम तथा निर्णय गरि कार्यान्वन गर्दै आएका योजनाहरु समावेश गराएको हो ।
वर्दघाट नगरपालिकाले प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन नै बनाएर गठन गरि कामको जिम्मेवारी प्रदान गरेको झण्डै पाँच महिनामै प्रज्ञा प्रतिष्ठानले गाँउ गाँउ र टोल टोलमा आफ्नो प्राज्ञिक कार्यलाई तिब्रता दिइएको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा प्रतिष्ठानले विभिन्न विधागत रुपमा जिम्मेवारी र संयोजक समेत तोकेर काम गर्ने गरिएको प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमिीले जानकारी गराएका थिए । प्रज्ञा प्रतिष्ठान गठन भएको एक बर्ष पनि भएको छैन्,उनले भने,तर प्रतिष्ठानका सदस्यहरुले अ आफ्नो कार्यक्षेत्रमा तदारुकताका साथ लागेका छन् । प्रतिष्ठानको बैठक नै घुम्तिी स्वरुप दिएर हुने गरेको छ । यसले गाउ टोलमा समेत प्राज्ञिक जागरण ल्याउने गरेको छ ।
हालै २०७९ फागुन ११ गते प्रज्ञा प्रतिष्ठानको बैठक बसि प्रतिष्ठानले विधागत र विभागगत प्रशिक्षणको मिति तय गर्ने,अनुसंधान कार्यहरुका लागि प्रस्ताव माग गर्ने,प्रतिष्ठानको मुखपत्रका लागि लेख रचना माग गर्ने,एकजना स्रष्टाको कृति प्रकाशन गर्ने,स्रष्टा सम्मान तथा साँगितिक कार्यक्रम गर्ने,लुम्बिनी प्रदेश स्तरिय कवि गोष्ठि गर्ने,घुम्ति कार्यक्रमको स्थान र मिति तय गर्ने,केन्द्रिय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुलाई बधाई तथा सुभकामना ज्ञापन गर्ने,सस्थाको स्थाई लेखा नम्बरमा दर्ता गराउने र कर्मचारी तलब उपलब्ध गराउन नगरपालिकासँग रकम माँग गर्ने लगयातको प्रस्ताव प्रस्तुत गरि निर्णय गरिएको छ ।
त्यसै गरि प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको पुर्व निर्णय अनुसार नै दिब्यज्योती बहुमुखी क्याम्पसको हलमा भाषा,साहित्य विभागका संयोजक हुमनाथ आचार्य तथा कुलपति डा.परिश्रमीको सहभागितामा सम्पन्न समेत गरि सकेको छ । संगित विभागको संयोजक लोक बहादुर मिजारको अगुवाई र डा.परिश्रमीको सहभागितामा कार्यक्रम गरिएको थियो । नगरका १६ वटै वार्डमा वडा प्राज्ञिक विशेष कार्यक्रम वार्ड विशेष प्रतुती गर्ने तयारीमा समेत प्रतिष्ठान जुटेको कुरा मासिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । वर्दघाटको शान,मौलिक लोककला संस्कृतिको पहिचान नाराका साथ नयाँ बर्ष २०८०लाई लक्षित गरि स्रष्टा सम्मान,वृहद साँंगितिक,सास्कृतिक र साहित्यिक कार्यक्रम गरिने पनि निर्णय भएको हुदा सो कार्यमा प्रतिष्ठान जुटेको डा.परिश्रमीको भनाई थियो ।
जिल्लामा सम्भवतः पहिलो नगरपालिकाको हो जस्ले ऐन नै बनाएर प्राज्ञिक ब्यतिmहरुको सहभागितामा प्रतिष्ठान सञ्चालन गर्न प्रोत्साहित गरेको छ । विभिन्न क्षेत्रमा अनुभवन प्राप्त ब्यतिm सो प्रतिष्ठानमा सहभागि भई कार्य गर्दै आएका छन् । राष्ट्रिय कलाकर समेत रहेका टिका पहाडी प्रतिष्ठानका उपकुल पतिको रुपमा जिम्मेवारी सम्भालि रहेका छन् । यसले नगरक्षेत्रमा प्राज्ञिक गतिविधिले शैक्षिक गतिविधिलाई प्रोसत्साहित गर्दै आएको छ । नगरपालिका सरकारको निर्वाचित नगरसभा,नगरकार्यपालिका र कर्मचारी ब्युरोबाहेक यो प्रज्ञा प्रतिष्ठान थप नगरपालिका सरकारको परिवारको रुपमा जोडिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । वर्दघाटको नगरराज्य भित्र रहेको नगर सरकारमा यो प्रज्ञा प्रतिष्ठानका सदस्य पनि सरकारको परिवारको रुपमा जोडिएका छन्,नगरको प्राज्ञिक र शैक्षणिक कार्यमा काम गर्दै आएका छन् । यसले नगर सरकारकै गौरव बढाएको छ,प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,नगरको विकास नगर सरकारले मात्रै सम्भव छन्र,नगर राज्यका सबै निकाय सक्रिय हुन आवश्यक छ,तर त्यसलाई जोड्ने कार्य पुनःनगर सरकारकै हो ।
जुन काम एउटा प्रज्ञा प्रतिष्ठान गरि नगर सरकारले आफ्नो परिवार सँख्या बढाएको छ । स्थानिय तह सञ्चालन ऐन २०७४ ले पनि स्थानिय तहले आफ्ना काम गर्नका लागि विभिन्न ऐन,कार्यविधि बनाई,विभिन्न उपसमितिहरु गठन गर्ने,विज्ञको संयोजकत्वमा पनि विभिन्न कार्यदल गठन गर्न सक्ने,स्थानिय तहमा रहेका विभिन्न संघसस्थालाई पनि स्थानिय तहको विकास कार्यमा जोडेर काम गर्न सक्ने प्रावधान दिइएको छ । तर अधिकाँश स्थानिय निकायले आफ्नै कार्यपालिका सदस्य,सभा सदस्यलाई समेत जिम्मेवारी प्रदान गरि काम नदिई राखेको अवस्थामा वर्दघाट नगरपालिकाले नगरसभा सदस्य,कार्यपालिका सदस्य बाहेक विज्ञता र अनुभवका आधारमा त्यस्ता विज्ञ र अनुभवीलाई समेटेर काम गराउन थालेको छ । यसले नगरपालिकाकै कामलाई सहजीकरण भएको उदाहरण यो वर्दघाट प्रज्ञा प्रतिष्ठान बनेको छ ।
I like this web site it’s a master piece! Glad I observed this ohttps://69v.topn google.Raise blog range
priligy walgreens Interestingly, in areas where single primary spermatocytes were detectable in seminiferous tubules, ZO 1, claudin 11 and CX43 were present and located correctly