नवलपरासी,१५ भदौ,
विगत एक बर्ष भित्र जिल्लाको वर्दघाट नगरपालिकामा विभिन्न १० अभियान शुरु गरि हालै सरुवा भएर देवदह गएका प्रमुख प्रशासकिय अधिकृत एक महिना नबत्दिै दुई अभियानको सुभारम्भ गरेका छन् । आफुलाई अभियन्ता भनेर चिनाउने गरेको देवदहका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा सो नगरपालिकामा हाजिर हुने वित्तिकै सरसफाई अभियान शुभारम्भ गरे । एक साता भित्रै राजश्व वृद्धि गर्न मिसन स्रोत परिचालन अभियान घोषणा गरेको हुन् ।
सबै जनप्रतिनिधि र सबै कर्मचारी मिलेर अभियानमुखी कार्य थालिनु पर्छ,उनले भने,यसले स्थानियबासी र संघसस्था समेतलाई आकर्षित हुनेछन् । विकासको मुल प्रवाहमा सबै जनता मिलेर काम नगरेसम्म सरकारले मात्र विकास गरेर सम्भवन नहुने उनको अनुभव छ । कार्यालयमा हाजिर पश्चात आफै कार्यालय परिसरको सरसफाईमा अग्रसर भए पछि सरसफाई कार्य गर्ने कर्मचारी मात्रै नभई कार्यालयका सबै कर्मचारी त्यसमा सहभागिता जनाए । कार्यालय परिसर सफा चिटिक्क बन्यो । अहिले कार्यालय परिसरबाट कार्यालयसम्म आउने सबै बाटा घाटामा रहेका झाडी सफाई गरिनुका साथै बाटोमा रहेका स सानो खाल्टाखुल्टी पुरिने कार्य पनि भई रहेका छन् । यसमा स्थानिय संघसस्था र महिलाहरुहरु पनि सहभागि हुदै गएका छन् ।
लगत्तै अधिकृत सापकोटाले सबै शाखा प्रमुखको बैठक डाकेर छलफल चलाए र सरसफाई नियमित अभियानसँगै पहिलो प्राथमिकतामा मिसन स्रोत परिचालन ल्याएका छन् । त्यसका लागि उनले गाउपालकाका सबै जनप्रतिनिधि र कर्मचारी विच अन्तरक्रिया चलाई सकेका छन् । स्थानीय तहको आम्दानी बढाउने उपाय, शाखागत र वडागत आधारमा राजस्वको लक्ष्य निर्धारण गर्ने, राजस्व प्रणालीलाई सवल र सक्षम बनाउने रणनीति, आन्तरिक राजस्व लक्ष्य भेटाउनको लागि मासिक कार्ययोजना निर्माण गरी नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने उपाय, निस्सा नम्बरका आधारमा कच्चि जग्गामा निर्माण भएका घर र जग्गालाई समेत करको दायरामा ल्याउेन । कच्चि जग्गामा निर्माण भएका घरहरुको समेत अभिलेखिकरण गर्ने लगायतका विषयमा अन्तरक्रिया र छलफल सम्पन्न । मिशन स्रोत परिचालन अभियान घोषण गरिने र कार्यान्वयनमा ल्याउने अन्तरक्रिया कार्यक्रमले निष्कर्ष निकालेको उनले उ्रल्लेख गरेका छन् । महिना दिन नवित्दै दुई वटा अभियान शुरु भई सकेका छन्,उनले भने,क्रमशःआवश्यकता पहिचान गर्दै थप अभियानमुखी कार्य शुभारम्भ हुने छन् ।