कोलिय गणराज्यको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल) क्षेत्रमा पर्यटकिय पुर्वाधार थपिदा आकर्षण बढ्दै

नवलपरासी,२८ असार
प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन हल्लिदावस नगरको रुपमा चिनिने वर्दघाट नगरपालिका स्थित पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पुर्वाधार थपिदा आकर्षति हुदै गएको छ । तालको विचमा भगवान बुद्धको मुर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकलाई लोभ्याउने गरेको हो ।
वर्दघाट नगरपालिकाले बुद्धमंगल ताल क्षेत्रलाई पर्यटकिय पुर्वाधार विकासँगै वृहद लुम्बिनी(ग्रेटर लुम्बिनी) मा समावेश गराई बौद्ध परिपथ भित्र राख्नका लागि पनि पहल भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । बौद्ध परिपथमा समावेश भए पछि लुम्बिनीमा आउने पर्यटकलाई यो बुद्धमंगल पनि एक बौद्ध तिर्थ स्थल भएको जानकारी पश्चात धार्मिक पर्यटक बढने आशाका साथमा पर्यटन पुर्वाधारमा लगानी वृद्धि गरिएको उनको भनाई थियो । प्राचिन कालमा कोलिय गणराज्य अन्तरगत रहेका विभिन्न १२ वटा नगर मध्ये यो हल्लिदावसन नगरमा पनि भगवान बुद्ध आफ्नो भिच्छु संघ सहित आएका थिए ।

चार ब्रम्ह विहार सहितको मित्त सुत्त समेत यसै स्थानमा गरेको बौद्ध इतिहासका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले जानकारी गराए । दुई बर्ष पहिला तत्कालिन नगर प्रमुख धिरज शर्मा बस्यालले प्राचिन हल्लिदावस भएको घोषणासँगै बौद्ध भिच्छुहरुलाई भोजनदान गराई यसको महत्व उजागर गराएका थिए । अहिले पनि नगरपालिकाले सो क्षेत्रका लगानी गर्दै पर्यटन पुर्वाधार थप्ने कार्य गरेको भए पनि यसलाई प्रचार प्रसार गर्दै ब्यापकता दिन नसकेको स्थानियबासीले बताएका छन् । बौद्ध इतिहास र साहित्यको अध्ययन गर्ने बौद्ध धर्मावलम्बीहरु आउने गरेको भए पनि लुम्बिनीमा आउने पर्यटकलाई चाहे जति ल्याउन नसकिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाको भनाई थियो ।

यसका लागि स्थानिय संघसस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि प्रचार प्रसार गर्नु पर्ने र स्थानियबासी पनि यसको महत्वबारे नियमित रुपमा आउने आन्तरिक र बाह््य पर्यटकलाई जानकारी गराउदै जानु पर्ने आवश्यकता उनले औल्याएका थिए । बेला बेलामा नगरपालिकाले आफ्नो नगर प्रहरी परिचालन गर्दै आउनुको साथै तालमा विहार गर्नका लागि डुगाँको समेत ब्यवस्थापन गरेको छ । पिकनिक खानका लागि आवश्यक पुर्वाधार,भवन टहरा बनाई दिएको छ । सोही परिसरमा हिन्दु धर्मालम्बीहरुको शिवालय सहित एक सय शिवलिगँको स्थापना गरिएको छ,भने आर्को तर्फ बौद्ध धर्मावम्बीहरुको बौद्ध विहार समेत रहेको छ । प्राचिन कालमा भगवान बुद्ध यस स्थानमा आउदा बौद्ध भिच्छु र केही स्थानिय साँधु विच विवाद सृजना भएको उल्लेख छ । उल्लेखित इतिहासको अनुसार नै विगत देखी एउटा कुनामा हिन्दुसँग आस्था राख्ने साँधु सन्तहरु बस्दै आएका छन,आर्को तर्फ बौद्ध धर्मालम्बीहर बौद्ध विहारमा आफ्ना कार्यक्रमहरु गर्ने गरेका छन् ।

अन्य पर्यटकका लागि पनि भ्रमण गर्न सक्ने खालका पुर्वाधारहरु बनेका छन् । केही बन्ने क्रममा पनि रहेका छन् । पोखरी भरीको कमल र वरिपरिको उद्धानले समेत पर्यटकलाई आकर्षित बनाउने गरेको छ । विजुलीबत्तीले सजाईएको हुदा रातीको बेलामा झिलिमिलीले आकर्षित बनाउने गरेको छ । अगामी दिनमा चार कुनामा चार ब्रम्ह विहारको महत्व झल्किने गरि चार स्तम्भ निर्माण गर्ने योजना समेत रहेको छ । प्राचिन कालमा यो नगरको स्थापना गर्दा स्थानियले हल्दि(बेसार)मा रंगिएको कपडा लगाएर नगरको स्थापना गरेका थिए । हल्दिलाई अहिले पनि मंगल(शुभ)को प्रतिक मान्ने गरिन्छ । भगवान बुद्ध समेत यस स्थानमा आएको हुदा प्राचिन काल देखी नै बुद्धमंगल क्षेत्र र हल्दिमा रंगिएको कपडा लगाएर नगर बसाईएको हुदा हल्लिदावन नगर भनेर बौद्ध साहित्यमा उल्लेख भएको पाईन्छ ।
गोवतीक तपस्वी पुष्प कोलिय पुत्रको जन्म यहिँ भुमिमा भएको थियो । यसै प्रकारले कुक्कुट चैत्य,अचेल सेसिक पनि यहीँका निवासी थिए । उनी पनि आफ्नो आश्रम बनाएर प्रचार प्रसार गर्दथे । भगवानले संयुतmको प्रसिद्ध मैत्र सुत्र(मेत्ता सुत्त) को उपदेश यहीँ गरेका थिए । भगवानले कुक्कर ब्रतिकलाई उपदेश यहीँ दिएका थिए । प्राचिन कोलिय गणराज्य भित्रै यो हल्लिदावस भएको कुरा र कोलिय पुत्रलाई समेत उपदेश दिएको कुराले कोलिय क्षेत्र भित्रै यो नगर हो । चार ब्रम्ह विहार भनेको करुणा,मैत्री,मुदिता र उपेक्षा हो । भगवान बुद्धले स्थानिय साँधु र भिच्छुहरु विचको विवाद समाधान गर्नका लागि नै यो चार ब्रम्ह विहारको धर्मोपदेश दिएका थिए ।
अहिले लुम्बिनी सिद्धार्थ गौतमको जन्म स्थल हो,तर तिनै सिद्धार्थ गौतम बुद्धत्व प्राप्ती पछि पाएको ज्ञान विभिन्न स्थानमा गएर धर्मोपदेशको रुपमा सुनाउने गरेका थिए । तिनै धमौपदेशको गाथा नै त्रिपिटक अन्तरगतको २४ हजार सुत्तको रुपमा रहेको छ । सिद्धार्थको जन्म स्थलको भ्रमण गर्नुले भगवान गौतम बुद्ध प्रति श्रद्धा विकसित गर्छ,तर आम रुपमा अशान्त मन भएका मानिसहरुलाई बुद्धको ज्ञान प्राप्त गरि शुख शान्ति तथा निर्वाणिक अवस्थाका लागि उनले विभिन्न स्थानमा गरेको धर्मोपदेश नै महत्वपुर्ण छ । त्यो भएर पनि यो बुद्धमगंल ताल क्षेत्र एक पवित्र बौद्ध तिर्थ स्थल पनि हो । यसको महत्व उजागर हुन नसकेर अहिलेसम्म ओझेलमा रहेको छ ।

1 Comment

  • For DAPI staining, human breast cancer cells treated with TAM metabolites were harvested by trypsinization and fixed in methanol acetic acid 3 1 solution for 30 min on ice as described previously 31 priligy en france At this moment, an innocent girl lower blood sugar supplement turned into a flash, hugged Zhao Ling is thigh in an instant, and shouted, Big brother Zhao Ling, who are they, they have been talking about me

Leave a Reply

Your email address will not be published. Required fields are marked *