नवलपरासी,२७ पुस
नयाँ नयाँ अवधारणा ल्याउदै काम गर्ने अग्रसरता लिएको जिल्लाको वर्दघाट नगरपालिकाले यहिँ माघ २ गते समृद्ध नगर निर्माणका लागि लगानी संवाद गराउने भएको छ । नगरपालिकालाई नयाँ आयाम दिएर विकास पुर्वाधारमा लगाडी बढाउने उदेश्यले लगानी संवाद गर्न लागिएको हो ।
वर्दघाट नगरपालिका पर्ने नवलपरासी प्रतिनिधिसभा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य (संघिय साँसद)मा निर्वाचित समेत भएका उद्योगपति तथा आर्थिक बिकासका कोच समेत रहेका साँसद विनोद चौधरीको प्रमुख आथित्यतामा सो संवाद गराउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । साँसद चौधरी नेपालका विभिन्न स्थान र नेपाल बाहिर पनि आर्थिक विकासमा आफ्ना धारणा,बहस र कोचिगँ कक्षा चलाउने गरेका छन्,उनले भने,त्यो वर्दघाट नगरपालिकाले पनि उनकै सहभागितामा बहस चलाएर अवसर छोप्न खोजेको छ । त्यसका लागि सबै सरोकारवालालाई कार्यक्रममा सहभागिता गराईने उनले बताए ।
उनका अनुसार सो बहस कार्यक्रम प्रदेश र स्थानीय तहहरु सवल आर्थिक केन्द्रका रुपमा विकास हुन प्रेरणा मिलोस भन्नका लागि हो । विगत ४ महिना अगा िडदेखि नै लगानीका सम्भावित क्षेत्रहरुको पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्र्याई नगरको विकासलाई तिव्रता दिने मुडमा रहेको बर्दघाट नगरपालिकालले लगानी संवाद गर्न लागेको छ । लगानी संवाद मार्फत आर्थिक राजधानी रुपमा रहेको बुटवलको वेग थाम्ने आधार इलाका भएको हुँदा यस क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरुलाई स्वदेशी तथा विदेशी लगानीकर्ता माझ पुर्याउने पूर्व तयारी हो । यस पछि नगरपालिकाले प्रोजेक्ट बैङ्क बनाउने सोकेसमा राख्ने छ । आम्वास संसारकोट एकिकृत विकास परियोजना, बर्दघाट इन्ट्रिग्रेटेड एग्रिकल्चर प्रोजेक्ट, फोहोर प्रशोधन केन्द्र, बर्दघाट म्याटिनिटि हस्पिटल लगायत सोचहरुलाई मूर्त रुप दिँदै छ ।
लगानी संवादले विजेनेस प्लेटफर्मको लागि आधार तयार पार्दछ । बर्दघाटमा लगानी गर्न इच्छुक विजनेश लिडरहरुको नेटवर्क बढाउन, लगानीका सम्भावनाहरु केलाउन मद्दत पुर्याउँछ । विजनेश लिडरहरुले एक आपसमा साइडलाइन मिटिङ्ग मार्फत लगानीका विविध आयामहरुका बारेमा अनुभव आदान प्रदान र छलफल गर्दछन । यो संवाले नगरपालिका लगानीका लागि भर्जिन ल्याण्ड हो भन्ने सन्देश प्रवाह गर्दछ । सार्वजनिक नीजि साझेदारी मार्फत लगानीका लागि क्षेत्र केलाउँदा धेरैलाई उत्साहित बनाउँछ । पछिल्लो समयमा विकासलाई दीगो बनाउन, लगानी जुटाउन र विकासमा अपनत्व सृजना गर्नको लागि सार्वजनिक नीजि साझेदारीको अवधारणाले क्रमश व्यापकता पाउँदै गएको सन्दर्भमा संवादले पनि उक्त अवधारणालाई महत्व प्रदान गर्दछ ।
लगानी संवादले औपचारिक तथा अनौपचारिक रुपमा संलग्न व्यक्ति तथा संस्थाहरुले अपरेशन र ह्याण्डल गरेका सामाजिक संजाल, वेव पेज, भनाई, गराई, भोगाई, लेखाई निकै सकारात्मक र हरकोहीलाई उत्प्रेरणा भर्ने भन्ने विश्वास लिइएको छ । राष्ट्र निर्माणका लागि सकारात्मक भाइव्रेशन चाहिन्छ सकारात्मकताले अरुलाई थप सकारात्मकता बनाउँछ भन्ने सन्देश प्रवाह गर्दछ । हामी नेपालीमा निकै क्षमता छ त्यो क्षमताको प्रभावशाली प्रयोग आवश्यक छ भन्ने सन्देश पनि संवादले दिन्छ ।
संवादले नेपाल विकासको यात्रामा डिपार्चर गर्दै छ है भन्ने सन्देश दिनेछ । एका विहानै नकारात्मक, निराशाजनक, न्यून गुणस्तरका न्यूज दिनेहरुले समेत उक्त अविधमा आम नागरिकमा उर्जा, उमङ्ग, उत्साह, उद्धेश्यमूलक, उदाहरणीय बन्न प्रेरित गर्ने समाचार सम्प्रेषण गरेको देख्दा नेपालले साच्चै नै विश्वस्तरको (वर्ड क्लास स्टाण्डर्ड) लगानीको वातावरण तयार पार्न सक्छ भन्ने मनोविज्ञान सृजना गर्ने छ भन्ने अपेक्षा गरिएको छ । संवादले प्रोजेक्ट वैंक बनाउन सहयोग पुर्याउछ । यस अगाडी पनि नगरपालिकाले स्थानिय स्तरबाट राजश्व वृद्धि गराउने उदेश्यले ‘नो टेक्स,नो पे’ अवधारणा लागु गरि सकेको छ ।