सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा

नवलपरासी, ११ चैत्र
सुनवल नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विगत बर्षमा निर्माण कम्पनीले काम गर्न छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको भए पनि अहिले प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी गराएको हो ।
भवनको सभाहल निर्माण भइसकेका कारण नगरपालिकाले आफ्नो स्थापना दिवस समेत निर्माणाधिन प्रशासनिक भवनको सभाहलमै बनाएको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी थिईन् । भवन निर्माण गर्ने कम्पनीलाई नगरपालिकाका प्राविधिकले समेत सहजीकरण गर्दै आएको र चाडै भवनको निर्माण कार्य सम्पन्न भए पश्चात आफ्नै भवनमा नगरपालिका कार्यालय सर्ने उनको भनाई थियो । भवन निर्माणमा ढिलाई हुदा नगरपालिकाले भाडाको घर भवनमा भाडा तिदै बसिरहेको अवस्था छ,उनले भनिन,एक तिर नगरपालिकाको लगानी भवनमा लागिरहने र निर्माण कम्पनीले काम नगर्दा यहाँ भाडा पनि तिरिरहनु पर्ने हुदा वित्तिय भार नगरपालिकालाई परेको हुदा छिटो छिटो भन्दा भवन निर्माण गरि हस्तान्तरण गर्नका निर्माण कम्पनीसँग नगरपालिकाले पहल गर्दै आएको छ ।
भवनको कम्पाउण्डवाल निर्माण भई सकेको छ । कार्यक्रम गर्न कम्पाउण्ड भित्रै आर्को सभा हल पनि निर्माण भएको छ । स्चक्टरको सबै काम भई सकेको र फिनिसिँग गर्ने काय भई रहेको नगरपालिकाका प्राविधिकले जनाएका छन् । २४ करोड ७२ लाख ७२ हजार ९७३ रुपैया लागत स्टीमेट रहेको उक्त भवनको निर्माणका लागि स्वच्छचन्द्र खानी जे.भी निर्माण सेवा कम्पनीले १७ करोड ९१ लाख ४८ हजार ८ सय ७२ रुपैयामा ठेक्का लिएको थियो । भवनको निर्माण कार्य २ बर्षमा सम्पन्न गर्नु पर्ने भए पनि भवनको निर्माण कार्यमा ढिलाई हुदा चार बर्ष पुग्न लागेको छ ।
पाँच विघा क्षेत्रफल रहेको उक्त भवन निर्माण भई रहेको छ । पुर्व पश्चिम महेन्द्र लोकमार्ग देखी करिब एक किलोमिटर उत्तर तर्फ लुम्बिनी चिनि कारखानाको पुर्व उत्तर कुना तर्फ उतm भवन रहेको छ । लुम्बिीनी प्रदेशका अधिकांश स्थानिय तहले पनि प्रशासनिक भवन बनाई रहे पनि यस डिजाईनमा कसैको भवन नरहेको र यो शैली र डिजाईनको भवन लुम्बिनी प्रदेशकै नमुना प्रशासनिक भवन हुने नगरपालिकाको दावी छ । उक्त भनव पैगोडा शैलीमा बनाईदै छ यसमा सुनवलको ईतिहास र महत्व झल्किने गरि भवनको सजावट गरिने छ । भवन कम्पाउण्डमा सवारी साधनको उचित पाकिङ्ग, हरियाली, ठुलो सभाहलको आकर्षित गेटको पनि निर्माण कार्य भैरहेको छ ।
हरित नगरपालिकाको संज्ञा दिने यस प्रशासनिक भवनमा न्यायिक समितिको ईजलास, कार्यपालिका मिटिङ्ग हल, सभा गोष्ठी, कार्यक्रम हल, नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र नगर कार्यपालिकाको सबै शाखाहरुको व्यवस्थापन हुने छ । भवन भित्र धेरै स्पेस भएकाले कामकाजमा आउने सेवा ग्राहीहरुले सामाजिक दुरी समेत व्यवस्थापन गर्न सकिने छन् । यो भवन नगरपालिकाको गौरवको योजना मध्ये एक रहेको छ । सुनवल नगरपालिकाको विभिन्न गौरवका आयोजना अघिल्लो कार्यकालमा शुरु भए पनि अधिकाँश योजना अहिले निर्माणाधिन अवस्थामा रहेको छ । त्यसै मध्येको यो प्रशासनिक भवन पनि भएको र अहिलेको दोश्रो कार्यकालका जनप्रतिनिधिले ति गौरवका आयोजनालाई पनि निरन्तरता दिदै अन्य थप कार्यलाई अगाडी बढाएका छन् ।
सुनवल नगरपालिका साविक रामनगर,सुनवल र स्वाठी गाविस मिलाएर नगरपालिका बनेको थियो । तिनै गाविसका जनतालाई सहज हुने स्थानमा नगरपालिकाको प्रशासनिक भवनको निर्माण भई रहेको दाबी नगरपालिकाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *