नवलपरासी,१२ बैशाख
जिल्लाको सुनवल गाउ विकास समिति हुदा नै अगाडी सारिएको सुनवल बुद्ध हिल पार्क अवधारणा पुरा गर्न डेढ करोड बजेट बराबरको शहरी विकास मन्त्रालय मार्फत ठेक्का भएको सुनवल नगरपालिकाले जनाएको छ । सुनवल खानेपानी ट्याँकीको माथिल्लो भागमा रहेको उतm हिलपार्कमा गाविस हुदा देखी नै ट्याक खोल्ने काम गर्दाै अहिले पार्कको स्वरुपमा ल्याउनका लागि निरन्तर काम भई रहेको र अहिले शहरी डिभिजन कार्यालयबाट पनि बजेट विनियोजन भई ठेक्का समेत भई सकेको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।
तत्कालिन गाविस अध्यक्ष थान प्रसाद गैरे हुदा देखी नै गाविसले अवधारणा ल्याएको र थोरै भए पनि आफ्नो स्रोतबाट बजेट विनियोजन गर्दै आएको थियो । पछिल्लो समयमा सुनवल गाविसबाट नगरपालिका भए पछि केही बजेट थपेर पहिलो कार्यकालको नगरसभाले पनि त्यसलाई निरन्तरता दिदै आयो,अहिले संघिय सरकारबाट पनि बजेट कार्यक्रम हालेर काम हुन थाले पछि स्थानियमा उत्साह थपिनेको नगरप्रमुख अर्यालको भनाई थियो । पार्क बनाउनका लागि लामो समय र धेरै बजेट खर्च हुदो रहेछ,उनले भनिन्,गाविसले अवाधारणा ल्यायो,अघिल्ला नगरसभाले पनि त्यसलाई निरन्तरता दियो,अहिले संघिय सरकारबाट पनि बजेट विनियोजना भई काम हुने अवस्था आएको छ । नगर स्तरबाट पनि आवश्यक बजेट बिनियोजन गरि कामलाई निरन्तरता दिदै जाने र केही समयमै पार्कमा सौन्र्यता बढदै जाने छ । यो सुनवल नगरपालिकाकै गौरवको आयोजना हो । यसलाई साकार बनाउने हामी सबै नगरबासीको योगदान आवश्यक रहेको छ ।
सुनवल चोक देखी करिब तिन किलोमिटर उत्तर तर्फ रहेको डाडामा पार्क ब्यवस्थापनले सुनवलमा पर्यापर्यटनलाई पनि यसले वढावा दिइने छ । भारतिय बजारसँग जोडिएको यो पार्कबाट दक्षिण तर्फको दृष्यावलोकन गर्न सक्ने अवस्था रहेको छ । समान्य कार्यक्रम गर्न सक्ने,विहाबारी समेतको ब्यवस्थापन गर्न सकिने,धेरै अग्लो डाडा नभएका कारण सहजै हिडेर पनि जान सक्ने हुदा यो सुनवलका लागि मात्रै नभई रामग्राम,पाल्हीनन्दन गाउपालिका हुदै भारतिय बजार ठूठीबारी र निचलौलसम्मका बासिन्दालाई आकर्षणको केन्द्र विन्दु हुनेछ ,नगरप्रमुख अर्यालले भनिन्,विगत बर्षमा गाविस र नगरपािलका स्तरबाट काम हुदै आएको थियो,लक्ष्य ठूलो भए पनि बजेट लगानी गर्न सक्ने अवस्था न्युन थियो । अहिले संघ सरकारले पहिलो पटक लगानी गर्दैछ । लुम्बिनी प्रदेश सरकारसँग पनि पहल भई रहेको छ । प्रदेश सरकारले पनि सो पार्कमा लगानी थपिदिएमा लक्ष्य चाडै पुरा हुनेमा उनले विश्वास ब्यतm गरिन् ।
चुरे क्षेत्रको बजार विगत बर्षमा पर्यापर्यटनका लागि आकर्षित हुनेछ । त्यहा पर्यापर्यटनमा रमाउन आउने स्थानियसँगै भारतिय पर्यटकको रोजाई पनि सो हिलपार्क हुनेछ । भारत महाराजगंज जिल्लासँग जोडिएको नवलपरासी जिल्लालाई लक्षित गरि काम भई रहेको छ । केही पुर्वाधारहरु बनि सकेका छन् । तर पनि आवासिय हिसाबले ति पार्कमा रमाउने पुर्वाधार अझै बनि सकेको अवस्था छैन्,उनले थपिन्,तर विस्तारै हरेक बर्ष केही न कही पुर्वाधार थप्ने कार्य भई रहेको छ । पार्क बनाउनका लागि जैविक हरियाली पनि उत्तिकै आवश्यक पर्छ,जुन आफैले चाहेर बजेट मात्र लगानी गरेर हुदैन्,त्यसको लागि समयको प्रतिक्षा गर्नु नै पर्छ । सो क्षेत्रमा अब खानेपानी पुर्याउने योजना पनि बनाउने कार्य भई रहेको छ । खानेपानी पुर्याउन सकियो भन्ने पार्कमा आउने आगन्तुकलाई थप सुविधा भई हाल्ने छ । यसले सुनवलको सान बढाउनेमा उनले विश्वास ब्यतm गरिन् ।
hello there and thank you for your information – I’ve definitely picked up something new from right
here. I did however expertise a few technical points using this site, as I experienced to reload the web site lots of times previous to I could get it to load
correctly. I had been wondering if your web host is OK?
Not that I’m complaining, but slow loading instances times will sometimes affect your placement in google and can damage your quality score if ads and marketing with
Adwords. Anyway I’m adding this RSS to my e-mail and can look out for much more of your respective interesting
content. Ensure that you update this again very soon..
I like this web blog very much, Its a real nice situation to read and find info.!
Very great information can be found on web blog.
Euro trip