नवलपरासी,३० साउन
जिल्लाको सुनवल नगरपालिकाले नगरक्षेत्रका विद्यालयका बालबालिकालाई कमाउदै पढदै कार्यक्रम कृषिसँग जोडेर लैजाने योजना अगाडी सारेको छ । नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा, विद्यालयका जग्गा,सामुदायिक बन भित्र रहेका खाली जग्गालाई उपयोग हुने गरि सो योजना अगाडी सारेका हो ।
संघिय सरकारले नै नीति कार्यक्रममा कमाउदै पढदै कार्यक्रम राखेको र सो कार्यक्रमका लागि आफुले पहल गरि सुनवल नगरपालिका भित्र लागु गराउने अग्रसरता लिई काम गरिरहेको नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले जानकारी गराईन् । कमाउदै पढदै कार्यक्रमका लागि पहिलो चरणको सर्वपक्षिय छलफल भई रहेको छ, उनले भनिन्,अब खेती गर्ने स्थानको छनौट,बालीको छनौट,खोती हुने स्थानको माटो परिक्षणका कार्य हुनेछ । तत्पश्चात युवा विद्यार्थीलाई रोज्न लगाईने र त्यसमा काम गरिने उनको भनाई थियो । संघिय सरकारका प्रतिनिधिहरु लगानी गर्न उत्सुक देखिएका छन्,मेयर अर्यालले थपिन्,अन्य पालिकाहरुले चाँसो नलिने तर सुनवलले आफै यस्तो कार्यक्रम खोज्दै आएको हुदा सुनवल नगरपालिका प्राथमिकता परेको बताएका छन् ।
त्यसका लागि नगरपालिकाले सम्भाब्यता अध्ययन पनि गर्दै आएको छ । विगतका बर्षमा पनि प्रगति मावि स्वाठीको जग्गा नगरपालिकाले भाडा लिई कृषि कार्यकै लागि राखेको छ । प्रदेश सरकारको सहयोगमा केही पुर्वाधार समेत बनाई सकेको छ । सम्भाब्यता अध्ययनकै क्रममा मेयर अर्याल सहितको टोलीले सोमवार सुनवल १२ स्थित रामनगर कृषि क्याम्पसमा समेत आफ्नो अभियान लिएर पुगेकी थिईन् । कृषि तथा बन विश्वविद्यालय रामपुर चितवन चार बर्षे स्नातक कृषि कार्यक्रम अहिले रामनगर टेक्निकल एण्ड म्यानजमेन्ट कलेजले सञ्चालन गर्दै आएको छ । आठ सेमेप्टर रहेको उतm कार्यक्रम हाल सो क्याम्पसमा अन्तिम पाँचौ सेमेष्टरमा पुगेको छ । १ सय २१ जना विद्यार्थी सो क्याम्पसमा अध्ययनरत छन् । ति विद्यार्थीहरु समेत सुनवलको उतm कृषि अभियानका अभियन्ता हुन सक्नेमा मेयर अर्यालले आशय ब्यतm गरेकी थिईन् । कलेजका प्रिन्सिपल पुष्पराज दुलालले नगरपालिकासँग मिलेर आफु काम गर्न सदैव तम्तयार रहेको प्रतिवद्धता सुनाएका थिए ।
सुनवलमा बन भित्र फलफूल,तरकारी,अन्नबाली,पशुपालन र कृषिमा आधारित उद्यम कार्यक्रम समेत समेटेर अगाडी बढने कुरा रहेको छ । कुन माटोमा कुन प्रकारको बाली उपयुतm हुन्छ,उनले भनिन् त्यसका लागि जग्गा पहिचान गर्ने र सो जग्गाको माटोको परिक्षण गराउने कार्य कृषि शाखालाई लगाईएको छ । चाडै नै यो कार्यक्रमको अन्तिम स्वरुप बनाएर अगाडी बढने उनको भनाई थियो । क्याम्पस,विद्यालयका विद्यार्थी तथा अन्य युवा किसानलाई समेत जोडेर उत्पादन बढाउने योजनाले शुखी नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउदै समृद्ध सुनवल बनाउने अभियान चलाउनका लागि कार्यदल बनाईने छ । सामुदायिक बनमा समेत एक बन एक उत्पादनलाई जोड दिएको हुनाले यो कार्यक्रम प्रभावकारी हुनेमा उनले विश्वास ब्यतm गरिन् ।
Can dogs take benadryl with apoquel amazon priligy It means you re using all your energy to get well