रामग्राम स्तुपामा एक हजार थाई भिच्छु आउने, स्वागतको तयारी गर्दै रामग्राम नगरपालिका
नवलपरासी,३० फागुनभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा एक हजार थाई भिच्छु आउने भए पछि रामग्राम नगरपालिका स्वागत गर्नका लागि आवश्यक तयारीमा जुटेको छ । रामग्रम स्तुपमा धातु पुजा पाठ र प्रार्थनाका लागि आउन थालेका हुन् ।
ति भिच्छुहरुको समुह परासी क्याम्पसबाट पैदलयात्रा गर्दै रामग्राम स्तुपामा पुग्ने र भिच्छुहरुलाई फूलले स्वागत गर्नुका साथै आवश्यक ब्यवस्थापन गर्नका लागि तयारीमा जुटेको नगरप्रमुख(मेयर) धनपत यादवले बताए । सम्भवतः आउदो आईतवार भिच्छुहरुको आगमन हुने मेयर यादवले जनाएका थिए । नगरपालिकाका कर्मचारी,प्राविधिकसँग आन्तरिक बैंठक बसि प्राविधिक,जनपरिचालन,सरसफाई,स्वागत सत्कार तथा स्तुपको सजावटका लागि प्राविधिक तथा कर्मचारीको बैठक बसेर जिम्मेवारी तोकिएको प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । यतिको संख्यामा एक पटक भिच्छु रामग्राम स्तुपामा आउनु नगरबासीकै लागि गौरवको...










