नवलपरासी, ६ पुस
प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रको विकास र प्रवद्र्धनमा जर्मनी दुताबासले चाँसो देखाएको छ । उतm क्षेत्रको भ्रमण गर्न पुगेका जर्मन राजदुताबासका बिकास सहयोग प्रमुख डा.स्टेफान रुसेक सहितको टोलीले सो स्थानको गरिमा महत्व तथा साँंस्कृति सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै विश्व सामु यसको पहिचान गराउनमा जर्मनी सरकारको तर्फबाट सहयोगका लागि पहल गर्न समेत आश्वस्त पारेका हुन ।
विश्वमा शान्तिका अग्रदुत भगवान गौतमको जन्म दिईने उनकी आमा महामाया,सानी आमा प्रजावती र उनीकी पत्नि यशोधरा जन्मेको स्थान संसारकै लागि दुर्लभ स्थल हो । अहिले चक्रिय ढाँचामा सो प्राचिन शहर भएको समेत केही गत महिना भुभौतिक सर्वेक्षण(जिओफिजिक्स सर्वे)ले देखाएको विज्ञहरुले जानकारी गराएका थिए । रामग्राम मात्रै नभई नेपाल तथा विश्वकै लागि ठूलो उपलब्धी भएको छ । सर्वे गर्ने क्रममा ठूला ठूला पर्खालका भग्नावेशहरु जमिनमुनि भएको र ठूलो विहार क्षेत्रहरु पनि देखिएको सर्वेक्षणकर्ताले बताएका थिए ।
भगवान गौतम बुद्धको मावली प्राचिन कोलिय गणराज्यको राजधानी रहेको थुप्रै प्रमाणहरु शाक्य राज्यको राजधानी प्राचिन कपिलबस्तुसँग समकालिन भाडाहरु,एनविपि,पोष्टहोल जस्ता प्राचिन बस्तुहरु, बुद्ध काल भन्दा पुर्व तिन सय बर्ष पुराना अर्थात इसापुर्व ८ सम्मका मानववस्तीका अवशेषहरु देखिने गरिएको सो टोलीसँग रहेका नेपाल सरकार पुरातत्व विभाग अन्तरगतको पुरातत्व कार्यालय प्रमुख भाष्कर ज्ञवालीले जानकारी गराएका थिए । ८० देखी १ सय विघासम्म क्षेत्रफलमा राजधानी क्षेत्र फैलिएको भुभौतिक सर्वेले संकेत गरेको छ,उनले भनेका थिए, ति संकेतका आधारमा अगामी बर्ष देखी उत्खनन कार्य गर्न सजिलो हुनेछ ।
नेपालकै लागि एक महत्वपुर्ण र गौरवान्वित गर्ने संरचना फेला पर्नु सबैका लागि शुखद भएको प्रतिकृया दिदै यसको संरक्षणमा स्थानिय जनप्रतिनिधीहरुले पनि स्वामित्व ग्रहण गर्दै काम गर्नु पर्ने आवशयकता औल्याएका थिए । अहिलेसम्म कपिलबस्तुमा भेटिने गरिएका प्राचिन बस्तुहरुसँग समकालिन रहेको हुदा राजधानी क्षेत्र नै हुनु पर्छ । पहिलो प्राथमिकता अब कुनै प्रकारको यहाँका प्राचिन संरचनाहरु नविग्रिने गरि संरक्षण गर्नु पर्छ । त्यस पश्चात क्रमश उत्खनन गर्दै पहिचान गर्ने र यस क्षेत्रको विकासका लागि वृहद योजना बनाउनु पर्छ । विगत चार बर्ष देखी भुभौतिक सर्वे भई रहेको जानकारी गराउदै प्रमुख ज्ञवालीले भने, भुभौतिक सर्वे गर्ने कार्य अन्तिम भएको छ । अबका दिनमा योजना बनाई निरन्तर उत्खनन कार्य पुरातत्व विभागले गर्नेछ ।
विगतका बर्षहरुमा भएका उत्खननले समेत इसापुर्व ८ सयसम्मका आधार प्रमाणा फेला पारेको,उत्खननका उपलब्धीहरु,प्राप्त प्रमाणहरु तथा चार बर्षसम्म भुभौतिक सर्वे गरि प्राप्त भएका आधार प्रमाणहरु समेटेर पुरातत्व विभागले प्रकासन गर्ने प्राचिन नेपाल पुस्तकमा प्रकासित गरिने छ । यसले देशी विदेशीलाई यस क्षेत्रमा थप खोज अनुसंधान गर्न र लगानी गर्नका लागि सहज हुने उनको भनाई थियो । यसका लागि स्थानियबासी र जनप्रतिनिधिले अबका दिनमा प्रचार प्रसार,सम्बद्र्धन,प्रवद्र्धन,लगानी भित्रयाउने गरि विभिन्न कार्यक्रमहरु बनाउनु पर्ने सुझाव समेत दिएका थिए ।
अहिले रामग्राम नगरपालिकाले समेत ‘रामग्राम विकास कोष ऐन २०८०’ नगरसभाले कानुन बनाइ सकिएको नगरपालिकाका मेयर धनपत यादवले बताए । छिट्टै ऐन अनुसार कोषको सञ्चालक समिति गठन गरि प्रवद्र्धनका काम अगाडी बढाईने छ । यो रामग्रामको मात्रै सम्पदा होईन,उनले भने, नेपाल सरकारकै सम्पदा पनि हो । यसलाई सबै प्रकृया पुरा गरि छिट्टै विश्व सम्पदामा सुचिकृत गराउन लाग्नु पर्छ । यसले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नेछ ।
यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुर्याउने मेयर यादवले बताए । क्रमशः यो विश्वसम्पदामा सुचिकृत हुने आधारहरु पनि देखिन थालेका छन् । कोलिय गणराज्यको राजधानी भएको सो क्षेत्र हाल रामग्राम नगरपालिका वार्ड नं.१८ पण्डितपुर बुद्ध स्थल फेला पर्यो,उनले भने,अब बुद्ध संस्कृतिको पुर्नउत्थान आवश्यक छ । यसका लागि पनि रामग्राम विकास कोषले विभिन्न सरकारी तथा गैरसरकारी तथा कुटनीतिक नियोगसँग पनि समन्वय गरि काम गर्नेछ ।
प्राचिन इतिहासको आधारमा पुरातात्वि समाग्रि फेला पर्यो भनेर जानकारी मात्रै गराएर हुदैन्,प्राचिन संस्कृति झल्किने खालका गतिविधिहरुलाई निरन्तर गर्दै जाने उनले बताए । कोलिय गणराज्यका कोलिय राजाहरुले आफ्नो भागमा पाएको भगवान गौतम बुद्धको अस्तु स्थापना गरि रामग्राम स्तुप पनि अहिले रामग्राम नगरपालिकाकै वार्ड नं.७ मा अवस्थित छ । त्यो बेला कोलिय राजाहरुले स्तुप बनाई पुजा पाठ,ध्यान अभ्यास गर्ने अध्यात्मिक केन्द्र बनाएका थिए । त्यसलाई आम जनमानसमा जानकारी गराउनका लागि प्रत्येक महिना एक उत्सवको स्वरुप दिदै राजधानी क्षेत्रबाट स्तुपमा पुगेर पुजापाठ र ध्यान अभ्यासको संस्कृति र संस्कारको पनि स्थापना गर्ने आवश्यकता उनले औल्याए ।