रामग्राम स्तुप क्षेत्रमा निर्माणधिन संग्रालय अलपत्र
नवलपरासी,१ फागुन,भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले निर्माण गर्न लागेको संग्राहलय अलपत्र परेको छ । विगत ३ बर्ष देखी प्रदेश सरकारले बजेट विनियोजन गर्न रोके पछि सो संग्राहलय अलपत्र परेको हो ।रामग्राम स्तुप क्षेत्रको विकासका लागि विगत देखी हालसम्म विभिन्न प्रयास भए पनि विच विचमा हुने विरोधभाष गतिविधिका कारण योजनाहरु अलपत्र पर्ने गरेको जस्को उदाहरण यो रामग्राम संग्राहलय पनि एक हो, नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने,पहिला लुम्बिनी प्रदेशले सो क्षेत्रमा संग्राहलय बनाउने योजना ल्यायो,अहिले बजेट विनियोजन रोक्यो र योजना अलपत्र पर्यो । यो संघग्राहलयको निर्माण कार्य किन रोकियो ? भन्ने कुनै राजनीतिक दल,स्थानिय नेता तथा संघसस्थाले समेत चाँसो देखाएका छैनन्, उनले थपे, कम्तीमा यो संग्रालय निर्माण भएको भए रामग्राम स्तुपा क्षेत्र तथा जि...










