
नवलपरासी,८ फागुन,
जिल्लाको रामग्राम नगरपालिकामा पहिलो पटक स्थानिय तह राजश्व पोर्टलबाट राजस्व बुझाउने गरि पोर्टल सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीले आफुले तिर्ने राजश्व सो पोर्टल मार्फत बुझाउने कार्य शुभारम्भ गर्न थाले पछि सो सेवा सञ्चालनमा आएको हो ।
सो पोर्टलमा सेवाग्राही नगरपालिकामै उपस्थित भएर राजस्व बुझाउनु भन्दा आफ्नै कार्यालय वा घरबाट राजस्व बुझाउन सक्ने हुदा करदाता नागरिकका लागि राजश्व बुझाउन सहज हुने भएका कारण यो पोर्टल सञ्चालनमा ल्याईको नगरपालिकाका लेखापाल सञ्जय शर्माले बताए । यसले अब रामग्रामका करदातालाई कर बुझाउन सहज हुनेछ, उनले भने, यसलाई सहज रुपमा अभ्यासमा ल्याउनु पर्छ । उनका अनुसार सो पोर्टलबाट कर बुझाउने पहिलो करदाताको रुपमा इन्दिगो पेन्ट्स प्रालि रामग्राम १२ रहेको छ । सो कम्पनीले नगरपालिकालाई ब्यवसाय नबिकरण कर वापत ६० हजार कर दाखिला गरेको छ । कर दाखिला गर्दा पोर्टलले भौचर आफै सृजना गरिदिएको उनले देखाएका थिए । त्यसका लागि विद्युतिय कारोबार नं.समेत सृजना गरिदिएको छ ।
Moses RYKowXOFVNPBKxLcaoo 6 19 2022 buy priligy without a script