
नवलपरासी,१२ पुस
जिल्लाको पृथ्वी चन्द्र अस्पतालका निबर्तमान अध्यक्ष महेन्द्र प्रसाद गुप्तालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि अस्पतालमा उनको पुनः पदस्थापन भएको छ । महेन्द्र गुप्ता बुधवार एक कार्यक्रम बीच पृथ्वी चन्द्र अस्पताल बिकास समितिको अध्यक्ष पदमा पुनः पदभार ग्रहण गर्दै आफ्नो काज काममा फर्केका हुन ।
अध्यक्ष गुप्ताको १ बर्ष बढि कार्यकाल रह्दै लुम्बिनीको मन्त्री परिषदले नवलपरासी सहित प्रदेशको १३ वटै प्रादेशिक अस्पतालका अध्यक्षहरुको नियुक्ति खारेज गर्दै अर्को अध्यक्ष नियुक्त गरेको थियो । मन्त्री परिषदको सो निर्णय विरुद्ध अध्यक्ष गुप्ताले सर्वोच्च अदालतमा रिट हालेका थिए । जुन रिटको सुनुवाइमा सर्वोच्च अदालतले पुस ५ गते गुप्तालाई अध्यक्ष पदमा पुनर्बहाली गर्न आन्तरिम आदेश जारी गरेको थियो । पृथ्वीचन्द्र अस्पतालको सभाहलमा अध्यक्षको पुनः पदस्थापन कार्यक्रममा अध्यक्षको पदमा गुप्ता पदभार ग्रहण गर्दै अस्पतालको चौतर्फी बिकासका बारेमा चालेको अभियान पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । अध्यक्ष गुप्ताले आफ्नो पछिल्लो समयको कार्यकालमा अस्पतालको सेवा र अस्पतालको बिकासमा सबै क्षेत्र सङ समन्वय गर्दै अगाडि बढ्दै गएको जानकारी दिदै अस्पताल सेवालाई थप प्रभावकारी बनाउन भरपुर कोसिस गर्ने जिकिर गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका उप सभापति बिक्रम यादबले अस्पतालबाट जनतालाई अधिक्तम सेवा सुविधामा ध्यान दिन आग्रह गरेका थिए । एमालेका प्रतिनिधि रामचन्द्र भन्डारीले अहिलेको सरकारले दिर्घकालिन सोच नराखी कानुन मिचेर जथाभावि नियुतिm गरेको कुरा अहिले सर्वोच्चको आदेशले पुष्टि गरेको बताएका थिए । जसपा अध्यक्ष धरेन्द्र यादबले अहिले पृथ्वी चन्द्र अस्पतालले धेरै जसो सेवा थप गर्दै गएको कार्यको सराहना गर्दै उनले अब गुणस्तरिय सेवालाई प्राथमिकतामा राखी काम गर्न सुझाव दिएका थिए । लोसपाका अध्यक्ष मुकुरजी गिरिले मेसु र अध्यक्षको एक मिलेर टिमवर्क गर्दै अस्पपतालको सेवालाई प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
राप्रपा नगर अध्यक्ष रामभवन यादबले मेसु र अध्यक्षको सम्बन्ध नंग र मासुको भएकोले मिलेर काम गर्नु पर्ने त्यसमा राजनीतिक दलको तर्फबाट सबै सहयोग दिन प्रतिवद्धता जनाएका थिए । संविधानसभा सदस्य अलाउद्दिन अन्सारीले अस्पताल सबैको हो,सबैको लागि हो,सबैले अ आफ्नो स्थानबाट सहयोग गरि सेवा विस्तारसँगै गुणस्तरिय सेवालाई प्राथमिकता दिन सुझाएका थिए । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.किरण पान्डे लगायतले अध्यक्ष गुप्तालाई स्वागत गर्दै सबै क्षेत्रबाट आएको सुझावलाई मनन गर्दै अध्यक्षसँग मिलेर काम गर्न प्रतिवद्धता जनाएका थिए ।