
नवलपरासी,१८ पुस
गाँउका पुरुषहरु बैदेशिक रोजगार लगायत बाहिर रोजगारको खोजीमा हिडे पछि जिल्लाको सुनवल नगरपालिका २ का महिलाहरु अहिले नहर निर्माणमा जुटेकी छन् । पुरुष बाहिर भएर महिलाहरुकै भरमा अहिले खेतीपातीको समेत जिम्मेवारी आए पछि महिलाकै सक्रियतामा अहिले स्थानिय तुरिया खोलाको पानी प्रयोग गर्ने गरि सिचाँई नहर बनाउने कार्यमा जुटेकी हुन् ।
सुनवल २ मुखिया टोल नजिकैबाट बग्ने तुरिया खोलाको पानी लिफ्ट मार्फत सिचाईमा प्रयोग गर्ने गरि सिचाईका लागि नहर बनाउने कार्य भई रहेको स्थानिय महिलाहरुले जानकारी गराकी हुन् । महिलाहरुकै सक्रियतामा तुरिया नमुना सिचाई जल उपभोतmा समिति गठन गरि सिचाई नहर बनाउने कार्य भई रहेको समितिकी अध्यक्ष धनमाया क्षेत्रीले बताईन् । गाँउमा धान खेतीलाई प्रोत्साहन गर्ने गरि धान खेतीको जोन घोषणा भई काम हुदै आएको छ,उनले भनिन,उतm जोन भित्र काम गर्ने अधिकाँश महिलाहरु नै लागेर खेतीपानी बाँझो हुन नदिईने लक्ष्य लिएर काममा अग्रसरता देखाएका छौ । यसका लागि सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको पुरै सहयोग रहेको सुनाईन् । गाँउका पुरुषहरुको सँख्या थोरै भएकोले उपभोतmा समिति देखी खेतीपातीको जिम्मेवारी समेत महिलाहरुले नै उठाउने गरेको उनको भनाई थियो ।
सुनवल नगरपालिकामा उन्नत तरिकाले धान खेती गर्ने गरि प्रधानमन्त्री यान्त्रिकरण आयोजनाले कार्यक्रम गर्न चाँसो देखायो । त्यसका लागि नगरप्रमुख अर्यालले पनि सक्रियता बढाईन, स्थानिय समावेशी कृषि सहकारी सस्था लिमिटेडकी अध्यक्ष समेत रहेकी सिचाँई जलउपभोतmा समितिकी अध्यक्ष क्षेत्रीले भनिन्,नगरप्रमुखले पनि यसका लागि महिलाहरुकै नेतृत्व रहेको कृषि सहकारीले जिम्मेवारी लिइनु पर्छ,भनेर हामीलाई प्रोत्साहित बनाए पश्चात आफुहरु उन्नत धान खेतीमा अग्रसरता लिई काम गर्दै आएका छौ । धान खेतीका लागि पहिलो सर्त नै सिचाई हो,उनले थपिन्,अन्य बाली भन्दा धान खेतीलाई पानी धेरै नै चाहिन्छ । यसका लागि बर्षायाममा पानी परेको बेला परम्परागत खेती गर्ने बाहेक अरु विकल्प नै थिएन् । विकल्प खोज्दै जादा चुरे पर्वत सृख्खँलाबाट बग्ने तुरिया खोलाको पानी उपयोग गर्ने विकल्पबारे पनि कृषि सहकारीले निष्कर्ष निकाल्यो ।
उतm खोलाबाट सतही सिचाई गर्नका लागि तँ फेरी बर्षायाम नै कुनु पर्ने अवस्था देखियो । पछि सो खोलाको पानी विद्युत मिटर प्रयोग गरि लिफ्ट मार्फत पानी तान्ने र खेतबारी पुर्याउन सकिने पनि उपाय खोजियो,उनले सुनाईन । लिफ्टको निर्माण हुदैछ,अध्यक्ष क्षेत्रीले भनिन्,यता नहर बनाउने कार्यमा गाँउका सबै महिला कृषकहरु जुटेका छौ । पहिलो चरणमा झण्डै १ किलोमिटर पक्कि नहर निर्माणको क्रममा छ । पछि यसलाई विस्तार गर्दै लैजाने र अन्य शाखा प्रशाखा पनि बनाउदै लैजाने लक्ष्य रहेको छ । यसमा स्थानिय महिलाहरुले २० प्रतिसत श्रमदान गरि खन्ने कार्य गरेका छन् । आयोजना कार्यालयले पनि ८० प्रतिसत लगानी गरेर पक्कि नहरको निर्माण शुरु गरिएको उनले देखाईन् ।
उतm नहर निर्माणमा मात्रै ३६ लाख खर्च हुने देखिएको भनाई अध्यक्ष क्षेत्रीको रहेको थियो । उतm नहर निर्माण फागुन चैत्र भित्र सकाउने लक्ष्य लिइएर काम भई रहेको छ । साढे ३ सय घरपरिवारलाई जोड्ने गरि सिचाई प्रवन्ध मिलाउने र उन्नत धान खेती गर्ने योजना अनुसार नै काम भई रहेको छ । मुखिया टोल देखी रजहवासम्म नहरको पानी जान्छ । खेतीका लागि मेसिनले नै धान रोप्ने गरि मेसिन समेत आई सकेको छ । कृषि औजार उपकरण प्रायःसबै जसो खरिद भई नै सकेको छ । उन्नत धानको विउँ र मलको प्रवन्धमा कृषि सहकारी नै रहेको छ । यस्ले गर्दा महिलाहरु अहिले खेतीमा सक्रिय देखिन थालेकी उनको भनाई थियो ।
उन्नत प्रविधि र प्राविधिक सहयोगले महिलालाई खेती तर्फ आकर्षित गर्ने गर्दा सबै जना उत्साहि नै रहेको उनले जानकारी गराएकी थिईन् । धानको बजार नेपालमा अहिले पनि प्रयाप्त नै छ । गाँउ घरका पुरुष बाहिर रोजगारीमा गए पनि संगठित महिलाहरुको समुह आफ्नो खेतबारी सम्भाल्ने अवस्थाले खेतीपाती बाँझो पनि नहुने, उत्पादन पनि बढ्ने,बाहिरबाट पुरुषले कमाएर पठाएको पैसो पनि बच्ने अवस्था हुन्छ । यस्ले गाँउमा समृद्धि ल्याउछ । पुरुषले कमाउने महिलाहरु घरमा बसेर खाने संस्कृतिको अन्त गर्नका लागि यो उदाहरण महिला समुहले प्रस्तुत गरेको नगर प्रमुख अर्यालले बताएकी थिईन् । सुनवलकी महिलाहरु नमुना नमुना काम गर्नमा अग्रसरता नै देखाउने दाबी गर्दै नगर प्रमुख अर्यालले भनिन्,नेपालकै पहिलो बालमैत्री नगरपालिका अहिले महिला मैत्री नगरपालिकाका बनाउने मध्येका विभिन्न आयामहरु मध्ये यो पनि एक महिलाको आत्मनिर्भर हुने आयाम हो । नगरपालिकाले सकेसम्म श्रोत जोड्ने,प्रविधि र प्राविधिकको पहुँच पुर्याईदिने काम गर्दै आएको छ ।
समुहमा बस्ने महिला अधिकारका लागि लड्ने मात्रैले महिला मैत्री नगर बन्दैन,परिआएको बेला महिलाले हरेक क्षेत्रको नेतृत्व समाल्न सक्ने हुन पर्छ । बजार क्षेत्रका महिलाहरुलाई जसरी सिपमुलक आय मुलक कार्यका लागि विभिन्न शिप तालिम दिलाउदै स्वरोजगार बनाउने कार्य नगरपालिकाले गर्दै आएको छ,त्यसै गरि ग्रामिण क्षेत्रमा उन्नत कृषिमा महिलाहरुलाई सक्रिय बनाई उत्पादनमा लगाउने कार्य समेत नगरपालिकाले गर्दै आएको उनको भनाई थियो । महिलाको सहभागिताले दातृनिकायले पनि सहयोग पुर्याउदै आएका छन्,उनले थपिन्,उत्पादन बढाउन सकेमा नगरपालिकाले बजारको खोजी समेत गर्ने लक्ष्य लिएको छ,तर अहिले धानलाई बजार खोज्नु पर्ने अवस्था नै छैन् ।
नेपालमा धानको प्रयाप्त उपत्पादन छैन्,आत्मनिर्भर पनि छैन् । उत्पादन गर्न सके नेपालमै बजार छ । अहिले पनि धेरै भारतबाट नै धान आउने गर्दा महिलाहरुलाई धान खेती उत्पादनमा प्रोत्साहित गरेको उनको भनाई थियो । वार्डकी महिलाहरुको सक्रियतालाई बढावा दिनका लागि वार्ड स्तरबाट पनि हुने सहयोग भई रहेको सोही वार्डका वार्डअध्यक्ष राजेन्द्र यादवले बताए । महिलाहरुकै सक्रियताले कार्यक्रम सफलता उन्मुख देखिएको छ । तर निरन्तरताका लागि संघ,प्रदेश सरकारले समेत हातेमालो गर्न आवश्यकता रहेको उनले औल्याएका थिए ।
