परासीमा निर्माणाधिन बसपार्क छिट्टै सञ्चालनमा आउने
नवलपरासी,२ माघजिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क छिट्टै सञ्चालनमा आउने सरोकारवाला निकायले जनाएका छन् । विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको हो ।रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराए । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,उनले भने, एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने छ । उनका अनुसार सपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको हुदा केही दिनमै बसपार्कका सबै काम पुरा हुने उनको भनाई थियो । निर्माण कम्पनी...









