
नवलपरासी,२ माघ
जिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क छिट्टै सञ्चालनमा आउने सरोकारवाला निकायले जनाएका छन् । विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको हो ।
रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराए । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,उनले भने, एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने छ । उनका अनुसार सपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको हुदा केही दिनमै बसपार्कका सबै काम पुरा हुने उनको भनाई थियो । निर्माण कम्पनीले यहिँ महिना भित्र शहरी भवन कार्यालयलाई जिम्मा लगाउने छ ।
यस पछि बसपार्क कसरी सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित कार्यालय र सरोकारवाला कार्यालयको रहने उनले बताए । बसपार्क सञ्चालनका लागि आवश्यक पुर्वाधार बनिसकेको छ । बसपार्क सञ्चालन गर्ने निकायले आफ्नो तर्फबाट आवश्यक प्रकृया अगाडी बढाउन सके छिट्टै सञ्चालनमा आउन सक्छ,उनले भने,त्यसका लागि नगरपालिका,स्थानिय प्रशासन,यातायात ब्यवसायीहरुले क्रियासिलता देखाउनु पर्छ । बसपार्क निर्माणले परासीबासीलाई पनि उत्साही बनाउने स्थानिय समाजसेवी राधेश्याम सिँह सैथवारले बताए ।
शहरी तथा भवन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेको जस्तो देखिएको छ,उनले भने, अब स्थानिय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रबन्धमा लाग्नु पर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । शहरी तथा भवन कार्यालय चितवनको लगानीमा विगत चार बर्ष देखी काम भई रहेको थियो । बसपार्क नहुदा सदरमुकामा आउने जाने बस तथा यात्रुबाहक यातायातका सवारीसाधन राख्ने स्थानको समस्या देखिएको थियो ।


अहिले पनि बसहरु सडक छेउमै उभ्याउने गरिएको छ, उनले थपे,यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ । अहिले पनि सडकको एक लैन बस तथा यातायातका साधनले नै ओक्टेर बस्दा सो सडकमा आउ जाउ गर्ने अन्य यात्रीलाई सास्ती हुने गरेको छ । पहिला बसपार्क थिएन् । बस र यातायातका साधन कहाँ राख्ने भन्ने बहना थियो । अब बसपार्क बनिसके सरह भएको छ ।
स्थानिय प्रशासन र ट्रफिक प्रहरीले पनि अब यातायात ब्यवस्थापनमा चाँसो लिनु पर्ने उनले बताए । बसपार्क निर्माण पश्चात निजी क्षेत्र पनि उत्साही भएको उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश गुप्ताले बताए । बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पुर्वाधार थपिएको छ,उनले निर्माण भएको बसपार्क देखाउदै भने,यसलाई सञ्चालन गर्नमा अब निजी क्षेत्रको प्रतिनिधिमुलक सस्था उबासंघले पहल गर्ने छ । बसपार्क बनिसक्यो,उनले थपे,जिम्मेवार निकायले अब चाँसो लिएर सञ्चालन प्रकृया अब अगाडी बढाउनु पर्छ । झण्डै पाँच करोड लगानीमा बनेको उतm बसपार्क सञ्चालनमा आएन भने बसपार्क बनेको अर्थ रहदैन् । यसका लागि पहिला यहाँका मध्य नेपाल यातायात ब्यवसायी सस्थाले नै चाँसो देखाउनु पर्ने उनको भनाई थियो ।
बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनमै सो बसपार्क शहरी भवन कार्यालयको मातहतमा आउने कार्यालयबाट खटिएका साईट प्राविधिक विरेन्द्र मण्डलले जानकारी गराए । कार्यालय मातहतमा आए पश्चात कार्यालयले सम्बन्धित सबै सरोकारवालासँग छलफल गरि सञ्चालनमा ल्याउने प्रकृया अगाडी बढाउने छ । कम्तीमा एक बर्ष कार्यालयकै पहलमा बसपार्क सञ्चालन हुन्छ,उनले भने, त्यस पश्चात मात्र कुनै सरकारी वा गैरसरकारी संघसस्थासँग सहकार्यमा सो बसपार्क सञ्चालन गरिने छ । बसपार्कले परासी बजारको अब्यवस्थित यातायातका साधनलाई ब्यवस्थित गर्नमा मद्दत पुर्याउने उनको भनाई थियो ।
परासीबाट महेशपुर,भैरहवा,त्रिवेणी,काठमाडौ,बुटवल जाने सवारीसाधनहरु छुट्टे गर्छ । बसपार्कबाटै अब ति रुटमा चल्ने सवारीसधानहरु छुट्ने हुदा बजारको चोक चोकमा जम्मा भई रहेका सवारीसाधन त्यहाँ रुक्न पाउदैनन् । बसपार्कबाट सवारीसाधन छुट्ने र अआफ्नो रुटमा जाने हुदा धेरैजसो बजार क्षेत्रको अब्यवस्थित ट्रफिक ब्यवस्थापन हुनेछ । बाहिरबाट आएका सवारीसाधन पनि केही समय बजारमा रोक्न पर्यो भने पनि समस्या थियो,उनले थपे,तर एक दुई महिनामै ति समस्या समाधान हुने देखिएको छ । बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने देखिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बसपाकै नजिकै एउटा शान्तिपार्क निर्माण गर्ने गरि वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले प्रस्ताव अगाडी सारेका छन् । त्यसले गर्दा बसपार्कसँगै एउटा बनबाटिका सहितको पार्कले पनि सो क्षेत्रमा रौनक बढाउने उनले विश्वास ब्यतm गरेका थिए ।