नवलपरासी,२६ पुस
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले जिल्ला स्थित माछापालक कृषक तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कृषकहरुको समस्या तथा सरकारी निकायबाट प्रदान गरिदै आएको सेवाबारे उतm अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कृषकले अ आफ्नो स्तरबाट माछापालन गर्दै आएको भए पनि उचित र आवश्यक ज्ञान तथा अनुदान लिनका लागि जानकारी नहुदा उनीहरु सरकारी सेवाबाट बन्चित हुन नपरोस भनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको विज्ञ कार्यालयका प्रमुख तथा मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले बताए । उनका अनुसार कृषकको बजार अवस्था,कृषकले माछापालन गर्दा दिने दाना,उपचार आदीको अवस्थाबारे जिज्ञासा राखेका थिए । थोरै क्षेत्रफलमा कसरी बढि उत्पादन लिने,कुन बेला कुन माछाको बजार माग हुने गरेको छ,त्यसको जानकारी समेत किसान मर्कामा पर्ने गरेका छन् । केही भारतिय बजारबाट आउने अस्वस्थ्यकर माछाले बजार पाउने,तर नेपाली किसानका माछाले मुल्य नपाउने जस्ता पनि समस्या उठेको थियो ।
झण्डै तिन दर्जन माछा कृषक,स्थानिय तहका पशु सेवा शाखाका प्रतिनिधि र विज्ञ कार्यालयका प्रतिनिधिहरुको सहभागितामा उतm अन्तरक्रिया भएको थियो । कार्यक्रममा पशु रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा.उत्तम अचार्यले अहिले बजार समस्या नभएको क्षेत्र माछा भएको बताए । नेपालमा अहिले पनि माछाको माग ब्यापक छ,उनले भने,तर कुन स्थानमा कुन माछाको माग छ,त्यो सुचना माछापालक कृषकलाई छैन् ।
बुटवल,पोखरा,काठमाडौमा पनि साना माछा अर्थात फिगँर साईज माछाको माग बढदो छ,तर हाम्रा किसान अहिले पनि ठूलो माछा उत्पादन तर्फ लागेका छन् । हालकै माछापालन पोखरीमै धेरै भुरा राखेर प्रयाप्त दाना दिन सकियो भने,थोरै दिनमा त्यस्ता साना माछा तयार भई हाल्छन् र त्यसले बजार पनि पाउछन् । गाँउघरमा खेर गईरहेको जलासयको पनि प्रयोग गर्नु पर्छ । विकासे माछासँगै स्थानिय माछाको पनि माग बढदो छ,उनले भने,त्यसमा पनि किसानले ध्यान पुर्याउनु पर्छ । माछापालन एक उत्तम ब्यवसाय हो,उनले भने,तर धेरै सावधानी अपनाउने पेशा पनि भएको हुदा माछापालन कृषक जहिले पनि विज्ञको परामर्शमा बस्नु पर्ने धारणा ब्यतm गरेका थिए ।
Very interesting points you have observed, regards
for putting up.Blog money