गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै

नवलपरासी,२० पुस
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा निरन्तर बालुवा जम्ने(सिल्टेसन)को समस्या समाधान गर्ने गरि बालुवा छान्ने पोखरी (डि—सेल्टिगँ बेसिन) बन्ने कार्य शुरु भएको छ । सिचाई ब्यवस्थापन कार्यालयले सो कार्यका लागि ठेक्का गर्नका लागि टेण्डर गरेको र टेण्डर स्वीकृत भई ठेकेदारले काम समेत शुरु गरे पछि नहरमा बालुवा जम्ने समस्या हल हुने भएको हो ।
सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहको निरन्तरको पहलले बालुवा जम्ने समस्या हल गर्नका लागि सिचाई विभाग तयार भए पछि अहिले सो कार्य सम्भव भएको ब्यवस्थापन कार्यालयले जनाएको हो । नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयको प्रमुखमा शाह हाजिर भए देखी केही न केही नौलो कार्य गर्दै आएका छन् । आउने बर्ष नै विगत ४० बर्षको परम्परा तोड्दै भारतिय नहर भन्दा नेपाली नहरमा एक महिना पहिला पानी प्रवाह गर्न लगाएका थिए ।
दोश्रो बर्ष गण्डक परियोजना बन्दा देखी नै थुनिएर राखिएको तेश्रो ढोका पनि फुटाल्न लगाएर नहरमा विगत भन्दा बढि पानीको प्रवाह गर्न लगाए । अहिले नहरको पानीमा गण्डक नदीबाट बगेर आउने बालुवाको स्थाई समाधानका लागि झण्डै ३५ करोडको लागतमा बालुवा छान्ने पोखरी निर्माणका लागि टेण्डर सदर गराएका छन् । सो पोखरी निर्माण भए पछि नहरमा जम्मा हुने बालुवा एकै स्थानमा जम्मा हुन्छ,बाकी नहरमा पानी सफा बग्छ । त्यसले गदौ पालो मिलाउदै पोखरीको बालुवा बाहिर फाल्ने र निरन्तर नहरमा सफा पानी प्रवाह हुनेछ । यसले गण्डक सिँचित क्षेत्रका किसानलाई सिचाई गर्नलाई राहत मिल्ने छ । सो पोखरी निर्माणका लागि भैरव,नारायनम जेभि नेपालगंजले ठेक्का लिएको छ ।
सहज रुपमा सतही सिचाईको ब्यवस्था भए पछि महगोँ मुल्यको भुमिगत सिचाई गर्नु पर्ने बाध्यता हट्ने छ । किसानको उत्पादन लागत घटनुका साथै प्रयाप्त मात्रामा सिचाई गर्न पाए पछि उत्पादन र उत्पादकत्वमा वृद्धि हुने विश्वास लिएको कार्यालय प्रमुख शाहले जानकारी गराए । सिल्टबेसिन बने पछि गण्डक नहरको प्रमुख समस्या हल हुनेछ,उनले भने,यो गण्डक क्षेत्रका किसानका लागि सौभाग्य हुनेछ । हिउँदमा काम तथा बर्षायामको बेला नहरमा पानी प्रवाह गर्दा एक दुई महिनामै नहर सिल्टले भर्ने र पानीको मात्रा घट्ने गथ्र्यो,तर सिल्टबेसिन बने पछि नहरको मुहानमै सिल्ट जम्मा हुनेछ ।
जुन तत्कालै नहर बन्द गरेर तुरन्तै सिल्ट सफा गरिदिने र तत्कालै पानी प्रवाह गरिदिने अवस्था आउछ । ठेक्का लिने ठेकेदारका प्राविधिकहरुले गण्डक नहरको मुहान क्षेत्रमा स्थलगत अध्ययनमा लागेका छन् । नहरमा अहिले पानी प्रवाह भईरहेको हुदा अध्ययनका काम मात्रै भईरहेको छ,कार्यालय प्रमुख शाहले भने,नहरमा पानी प्रवाह बन्द भए पश्चात उनीहरुले पोखरी निर्माण कार्यमा लाग्ने छन् । बेलामै काम सम्पन्न होला भनेर विश्वास लिएको उनले बताए । गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउपालिका देखी पश्चिम नवलपरासीको कुल ७ वटा स्थानिय तह मध्ये सुनवल नगरपालिका बाहेक सुस्ता,प्रतापपुर,सरावल,पाल्हीनन्दन गाउपालिका र रामग्राम,वर्दघाट नगरपालिकाको भुमि गण्डक नहरले सिँचित हुने गरेको छ ।
कुल ३२ किलोमिटर लामो नहरले ८ हजार ७ सय हेक्टर जमिनलाई सिचाई गर्दै आएका छ । सिचाई ब्यवस्थापन कार्यालयको जिम्मेवारी मुल नहरको मर्मत सम्भार र पानी प्रवाह गर्ने मात्र भए प्राविधिक निरन्तर त्यही काम हुदा समस्या सहजै हल हुनेमा गण्डक क्षेत्रका प्राविधिकहरु बताउने गरेका छन् । सो प्रणालीको शाखा,प्रशाखाको सफाई मर्मत सम्भारमा स्थानिय तह र प्रदेश सरकारले पनि लगानी गरिदिए सजिलो हुने चाहना गण्डक परियोजनाका प्राविधिकहरुको रहेको छ । यसमा स्थानिय सरकार र प्रदेश सरकारका प्रतिनिधि प्रदेश साँसदले चाँसो लिए समस्या समाधान गर्न कुनै ठूलो कुरा छैन् । यसले किसानको उत्पादन बढने हुदा जिडिपी बढने हुन्छ,त्यसले राष्ट्रिय उत्पादनलाई बढावा दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *