नवलपरासीमा औद्योगिक विकासका लागि निजी क्षेत्रबाट झण्डै एक खर्ब लगानी ः प्रदेश साँसद जैसवाल
नवलपरासी,७ फागुननवलपरासीको औद्योगिक क्षेत्रमा एक बर्षमा झण्डै एक खर्बको लगानी भएको लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ जैसवालले बताएका छन् । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको अध्ययन अनुसंधानको प्रतिवेदन अनुसार नवलपरासी औद्योगिक क्षेत्रका लागि उर्वर भुमि रहेको हुदा सो लगानी भएको प्रदेश साँसद जैसवालले बताएका हुन् ।तर लुम्बिनी प्रदेशका १२ वटै जिल्ला मध्ये उद्योग दर्ता गराउने नवलपरासी जिल्ला दोश्रो स्थानमा भए पनि औद्योगिक लगानीमा बैक तथा वित्तिय सस्था उदासिन देखिएका छन् । उद्योग दर्ता तथा स्थापनामा नवपलरासी जिल्ला लुम्बिनी प्रदेश भित्र दोश्रो स्थानमा देखिएको तर बैक तथा वित्तिय क्षेत्रको लागनीमा चौथो स्थानमा देखिदा औद्योगिक लागनीमा बैंक तथा वित्तिय सस्थाको उदासिनता रहेको देखिएको उनको भनाई थियो । नवलपरासी जिल्ला औद्योगिक सम्भावना बोकेको जिल्ला हो,तर औद्योगिक कर्जा प्रवाहमा...










