नवलपरासी,७ फागुन
नवलपरासीको औद्योगिक क्षेत्रमा एक बर्षमा झण्डै एक खर्बको लगानी भएको लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ जैसवालले बताएका छन् । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको अध्ययन अनुसंधानको प्रतिवेदन अनुसार नवलपरासी औद्योगिक क्षेत्रका लागि उर्वर भुमि रहेको हुदा सो लगानी भएको प्रदेश साँसद जैसवालले बताएका हुन् ।
तर लुम्बिनी प्रदेशका १२ वटै जिल्ला मध्ये उद्योग दर्ता गराउने नवलपरासी जिल्ला दोश्रो स्थानमा भए पनि औद्योगिक लगानीमा बैक तथा वित्तिय सस्था उदासिन देखिएका छन् । उद्योग दर्ता तथा स्थापनामा नवपलरासी जिल्ला लुम्बिनी प्रदेश भित्र दोश्रो स्थानमा देखिएको तर बैक तथा वित्तिय क्षेत्रको लागनीमा चौथो स्थानमा देखिदा औद्योगिक लागनीमा बैंक तथा वित्तिय सस्थाको उदासिनता रहेको देखिएको उनको भनाई थियो । नवलपरासी जिल्ला औद्योगिक सम्भावना बोकेको जिल्ला हो,तर औद्योगिक कर्जा प्रवाहमा बैंक र वित्तिय सस्थाको उदासिनताले उद्योगी ब्यवसायीमा निरासा देखिएको लुम्बिनी प्रदेशसभा सदस्य(प्रदेश साँसद जैसवालले दुखेसो पोखे । उद्योग बाणिज्य संघ नवलपरासीका पुर्व अध्यक्ष समेत रहेका प्रदेश साँसदले नवलपरासीमा उद्योग दर्ता गराई उद्योग सञ्चालन गर्न खोजेको तर बैंक र वित्तिय सस्थाले कर्जा लगानी गरि उत्साही गर्नु भन्दा लगानी नगरेर निरुत्साही गराएको आरोप पनि लगाए । यसका लागि लुम्बिनी प्रदेश सरकार तथा नेपाल राष्ट्र बैंकले पनि ध्यान पुर्याउन आग्रह समेत गरेका थिए । नवलपरासीमा औद्योगिक कर्जा लगानीमा बैक तथा वित्तिय सस्थाको उदासिनताबारे नेपाल राष्ट्र बैकले नै गरेको अनुसंधान प्रतिवेदनमा उल्लेख भएको बताउदै यसका लागि राष्ट्र बैंकले वित्तिय सस्थालाई निर्देशन दिइनु पर्ने कुरा औल्याएका थिए ।
नेपाल राष्ट्र बैंकद्धारा गरिएको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७८÷०७९ को प्रतिवेदन अनुसार नवलपरासीमा सबै भन्दा बढि रुपन्देही जिल्लामा २ सय ७६ वटा उद्योग दर्ता भएको छ । ति उद्योगमा ५९ अर्ब ९१ करोड ७८ लाख २० हजार पुँजि लगानी भएका छन् । २४ हजार ६ सय ६१ जनाले रोजगारी पाएका छन् । त्यै गरि नवलपरासीमा १ सय ७७ वटा उद्योग दर्ता भएका छन् । त्यसमा ९५ अर्ब २२ करोड ८२ लाख पुँजि लगानी भएका छन् । ति उद्योगले १७ हजार ४ सय सत्तरी जनालाई रोजगारी प्रदान गरेको छ । तर औद्योगिक कर्जा तर्फ हेर्ने हो भने पहिलो स्थानमा बैंक र वित्तिय सस्थाले सबै भन्दा बढि रुपन्देहीमा ६१.८३ प्रतिसत लगानी गरेका छन् । दोश्रोमा बाँके जिल्लामा १६.२२ प्रतिसत,तेश्रो स्थानमा दाँग जिल्लामा ५.९९ प्रतिसत र नवलपरासी चौथो स्थानमा ५.७५ प्रतिसत बैक कर्जा लगानी भएका छन् ।
नवलपरासीमा बैक तथा वित्तिय सस्थाले लगानी बढाउने र सरकारले पनि उद्योगलाई प्रोत्साहन गर्ने हो भने औद्योगिक विकासका लागि ठूलो सम्भावना बोकेको जिल्ला हो । तर सरकारले पनि त्यो सम्भावनाको खोजी गरेको छैन्,प्रदेश साँसद जैसवालले भने,नवपरासी भारतको उत्तर प्रदेश र विहार प्रदेशसँग पनि नाका जोडेको जिल्ला हो । लुम्बिनी प्रदेशको पुर्वि सिमावती क्षेत्र भएकोले धेरै उद्योग नवलपरासीमा लगानी गर्न आकर्षित छन् । तर वित्तिय क्षेत्रको उदासिनता र सरकारी वेवास्ताले ओझेलमा परेको छ । कषि क्षेत्रमा पनि विविधता बोकेको नवलपरासी जिल्ला कृषि जन्य कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न सकिने धेरै आधारहरु भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले बताए । स्थानिय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भए भने त्यसले किसान र कृषि उपजले पनि मुल्य पाउने छन् । स्थानिय स्तरमा रोजगारीले यहाँका अर्थतन्त्रलाई सबल बनाउने छ । यसका लागि नवलपरासीको दिर्घकालिन रुपमा योजना बनाउन आवश्यक देखिएको छ ।
नवलपरासीका सातवटै नगरपालिका,जिल्ला समन्वय समिति र संघिय साँसद तथा प्रदेश साँसद लगातको जनप्रतिनिधिहरुको संयुतm भेला आयोजना गरि लगानी तथा जिल्लाको आर्थिक विकासबारे चिन्तन गर्न आवश्यक रहेको छ । सामुहिक चिन्तन र योजना निर्माण गरि काम गरिएमा जिल्लाको आर्थिक विकास हुने र यसले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने छ , प्रमुख चौधरीले भने,यसका लागि कृषि ज्ञान केन्द्रले के कस्तो भुमिका निर्वाह गर्नु पर्छ । जिल्लाको सडक सञ्जालले पनि औद्योगिक विकासलाई मद्दत पुरयाउने हुदा जिल्लाका प्रमुख सडकलाई स्तरोन्नती आवश्यक छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग,हुलाकी राजमार्ग,नेपाल गण्डक पश्चिमी नहर सडक,महेशपुर भन्सार नाकासँग जोडिएका उत्तर दक्षिण आधा दर्जन सडकले जिल्ला भरि औद्योगिक क्षेत्रको विकास गर्नमा ठूलो योगदान पुर्याएको छ । ति सबै सडकमा विद्युत प्रशासरण लाईन पनि विस्तार गर्दै लागिएमा उद्योग स्थापना हुन सक्छ ।