नवलपरासी (ब.सु.प.)

‘खिचडी अर्थात माघेसंक्रान्ति’ पर्व एक, महिमा अनेक
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

‘खिचडी अर्थात माघेसंक्रान्ति’ पर्व एक, महिमा अनेक

नवलपरासी,१माघनेपाल लगायत विभिन्न देशमा मनाइदै आएको माघे संक्रान्ति पर्व एउटा भए पनि विभिन्न सन्देश बोकेको पर्व बनेको छ । विभिन्न धार्मिक समुह तथा जातजातीमा फरक फरक ढंगले पनि माघे संक्रान्ति मनाइने गरिएको हुदा ति समुह र साँस्कृतिको फरक फरक सन्देश पनि रहेको जानकारहरुले बताएका हुन् ।खगोलिय तथा धार्मिक महन्त्वहिन्दु परम्परा अनुसार माघे संक्रान्तिको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । मगर संक्रान्तिका दिन देखी सूर्य मकर रेखामा पुग्ने र त्यो दिन देखी दिन लामो हुदै जाने उष्णता बढदै जान्छ । उष्णता अर्थात गर्मिको शुभारम्भ हुन थाल्छ । यसले गर्दा गर्मियामका लागि सुपाच्य भोजन ग्रहण गर्नु पर्छ । जसमा खिचडी खाने चलन छ । खिचडी एक सुपाच्य भोजनको रुपमा लिने गरिन्छ । यसको उदाहरण विज्ञानसम्मत रहेको लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ कलवारले बताए ।खिचडी खाने चलन परापुर्वकाल देखी चल्दै आएको ह...
सामाजिक सञ्जालको प्रयोग  !
नवलपरासी (ब.सु.प.), विचार, समाज

सामाजिक सञ्जालको प्रयोग  !

भोजराज पाण्डेयप्रहरी नायव उपरीक्षक २०७९ सालको जेष्ठ महिनामा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका वार्ड नं ५ बस्ने कक्षा ९ मा पढ्दै गरेका एक १५ बर्षीया बालकले आफ्नै माइजु नाता पर्ने एक जना महिलाको पुरानो फेसबुक आइडको पासवर्ड  ह्याक गरि प्रयोग गरि पब्जी खेल्दै आएकोमा एक दिन पब्जी खेल हारेको कारण रिस उठी मेसेज ग्रुपमा अश्लील शब्दहरु लेखि पोष्ट गरेकोमा महिलाका आफन्तहरुबाट किन त्यस्तो गरेको भनि निज महिलालाई सोधखोज हुंदा महिलाले सो अकाउन्ट आफूले प्रयोग नगरेको र को कस्ले प्रयोग गरि यस्तो नचाहिने काम गरेको भनि  भक्कानिदै प्रहरी कार्यालयमा राति ११ बजे आई मौखिक निबेदन गरेकोमा तत्काल प्रहरी सकृयताको कारण सो तथ्य बाहिर आएको र बालकले अन्य साथिहरुको बहकाउमा आएर सो कार्य गरेको भन्ने यथार्थ पत्ता लागेको थियो । २०७९ सालको भाद्र महिनामा नवलपरासी जिल्लाको सुनवल नपामा घर भएका एक अधबैशेको मोबाइ...
लुम्बिनी प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने

नवलपरासी,२६ पुसलुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले जनाएको हो ।लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसंधान अन्वेषण गरि रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने गरि काम गर्ने प्रयोगशालाका प्रमुख डा.उत्तम अचार्यले बताए । पशुमा लाग्ने रोगको कारण पत्ता लगाउने,उपचारको लागि भेटेनरी अस्पतालहरुलाई सुझाव पेश गर्ने गरि प्रयोगशाला बनेको छ,प्रमुख डा.अचार्यले भने,अहिले कार्यालय सञ्चालनमा ल्याइएको छ,तर प्रयोगशाला सञ्चालनमा आई पुगेको छैन् । नयाँ सरकार गठन पश्चात यसको औपचारिक उद...
माछापालक कृषकसँग पशु सेवा विज्ञ कार्यालयले गर्यो अन्तरक्रिया
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

माछापालक कृषकसँग पशु सेवा विज्ञ कार्यालयले गर्यो अन्तरक्रिया

नवलपरासी,२६ पुसभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले जिल्ला स्थित माछापालक कृषक तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कृषकहरुको समस्या तथा सरकारी निकायबाट प्रदान गरिदै आएको सेवाबारे उतm अन्तरक्रिया कार्यक्रम गरिएको हो ।कृषकले अ आफ्नो स्तरबाट माछापालन गर्दै आएको भए पनि उचित र आवश्यक ज्ञान तथा अनुदान लिनका लागि जानकारी नहुदा उनीहरु सरकारी सेवाबाट बन्चित हुन नपरोस भनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको विज्ञ कार्यालयका प्रमुख तथा मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले बताए । उनका अनुसार कृषकको बजार अवस्था,कृषकले माछापालन गर्दा दिने दाना,उपचार आदीको अवस्थाबारे जिज्ञासा राखेका थिए । थोरै क्षेत्रफलमा कसरी बढि उत्पादन लिने,कुन बेला कुन माछाको बजार माग हुने गरेको छ,त्यसको जानकारी समेत किसान मर्कामा पर्ने गरेका छन् । केही भारतिय बजारबाट आउने अस्वस्थ्यकर माछाले बजार ...
गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै

नवलपरासी,२० पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा निरन्तर बालुवा जम्ने(सिल्टेसन)को समस्या समाधान गर्ने गरि बालुवा छान्ने पोखरी (डि—सेल्टिगँ बेसिन) बन्ने कार्य शुरु भएको छ । सिचाई ब्यवस्थापन कार्यालयले सो कार्यका लागि ठेक्का गर्नका लागि टेण्डर गरेको र टेण्डर स्वीकृत भई ठेकेदारले काम समेत शुरु गरे पछि नहरमा बालुवा जम्ने समस्या हल हुने भएको हो ।सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहको निरन्तरको पहलले बालुवा जम्ने समस्या हल गर्नका लागि सिचाई विभाग तयार भए पछि अहिले सो कार्य सम्भव भएको ब्यवस्थापन कार्यालयले जनाएको हो । नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयको प्रमुखमा शाह हाजिर भए देखी केही न केही नौलो कार्य गर्दै आएका छन् । आउने बर्ष नै विगत ४० बर्षको परम्परा तोड्दै भारतिय नहर भन्दा नेपाली नहरमा एक महिना पहिला पानी प्रवाह गर्न लगाएका थिए ।दोश्रो बर्ष गण्डक परियोजन...
खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने

नवलपरासी,१८ पुुसकेही बर्ष देखी रोकिएको बैज्ञानिक रुपमा बनको ब्यवस्थापन गर्ने गरि बनेको ‘रेड प्लस रणनीति २०७५’ फरक ढगले सञ्चालनमा आउन लागेको जिल्ला बन कार्यालयले जनाएको छ । सरकारले खारेज गर्दा सो रणनीतिको कार्यक्रम नै प्रभावित बनको तर अहिले त्यही रणनीति कार्यान्वन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ‘सम्वद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन कार्यक्रम’नामले पुनः सञ्चालनमा आउने भएको हो ।बैज्ञानिक बन ब्यवस्थापनको नाउमा कहिँ कुनै स्थानमा कजजोरी र दुरुपयोग हुदा देश भरिकै कार्यक्रम रोक्ने सरकारको अदुर्सीता भएको कुरा उठ्न थाले पछि पुनः फरक नामले सो कार्यक्रमले निरन्तरता पाउने डिभिजन बन कार्यालयले जानकारी गराएको थियो । आईतवार रेड प्लस अन्तरगतकै कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमनको क्रममा डिभिजनल बन अधिकृत महेन्द्र बाग्लेले जानकारी गराएका थिए । बायुमण्डलको कार्बन उत्सर्जनलाई बन मार्फत कार्बन सञ्चि...