पर्यटन

कसिया सामुदायिक बनमा उद्धान(पार्क) बनाउन रामग्राम नगरपालिकाको पहल
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कसिया सामुदायिक बनमा उद्धान(पार्क) बनाउन रामग्राम नगरपालिकाको पहल

नवलपरासी,३ बैशाखजिल्लाको रामग्राम नगरपालिकाले नगरपालिका प्रशासनिक भवनसँग जोडिएको कसिया सामुदायिक बनलाई बन उद्यानको रुपमा विकास गर्नका लागि सामुदायिक बन समुहसँग सहकार्य अगाडी बढाएको छ । नगरपालिका र सामुदायिक बन विच पटक पटक हुने विवादलाई टुगँयाउदै बन समुहको अस्तित्व रहने र बनको हरियाली उपयोग हुने गरि उद्यानको रुपमा विकास गर्न दुबै पक्षले सहकार्य अगाडी बढाएका हुन् ।सामुदायिक बन र नगरपालिकासँग विगत एक दशक देखी बनको उपयोगबारे विवाद हुदै आएको भए पनि अब सो विवाद सहमति नजिक पुगेको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । अहिले चाडै निकास निस्कने विश्वास लिएका छौ,इन्जिनियर गुप्ताले भने,नगरपालिकाले सिफारिस नगरेसम्म सामुदायिक बनले बन डिभिजन कार्यालयबाट कार्ययोजना हस्तानान्तरण नपाउने अवस्था पनि छ । सामुदायिक बनले विवाद मात्रै झिकिरह्यो भने,सामुदायिक बनलाई पनि बन उपभोग गर्न समस्या हुन्छ । सामुदायिक ...
सामुदायिक बन उपभोक्ताहरुको क्षमता अभिवृद्धि गराई पर्यापर्यटन तर्फ प्रोत्साहित गर्दै सुस्ता गाउपालिका
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

सामुदायिक बन उपभोक्ताहरुको क्षमता अभिवृद्धि गराई पर्यापर्यटन तर्फ प्रोत्साहित गर्दै सुस्ता गाउपालिका

नवलपरासी,३० चैत्रजिल्लाको सुस्ता गाउपालिको पहिलो पटक गाउपालिका भित्रका सामुदायिक बनहरुलाई बन संरक्षण मार्फत आयआर्जन वृद्धि गर्ने उदेश्यले क्षमता अभिवृद्धि गराएको छ । दुई दिने क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि गाउपालिका भित्रका सामुदायिक बनहरुले बन पैदावार आपुर्ति बाहेक बन देखाएर,घुमाएर आय आर्जन गर्ने कार्य प्रति प्रोत्साहित गरेको हो ।परम्परागत रुपमा सामुदायिक बनका उपभोतmाहरुले घाँस,दाउरा र काठ आपुर्तिमा मात्र चित्त बुझाउदै आएको भए पनि अब ति बनमा पर्यापर्यटन,समाजिक र सांस्कृतिक गतिविधि वृद्धि गरि थप आर्यआर्जन गर्नका लागि क्षमता अभिवृद्धि गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । सामुदायिक बन समुहका उपभोतmाहरु बन बचाउने र बन पैदावार आपुर्तिमा चित्र बुझाउदै आएका छन्,उनले भनिन्,तर अब सामुदायिक बन भित्र कसरी पर्यापर्यटनका लागि काम गर्न सकिन्छ । त्यसका लागि गाउपालिकाले के कस्तो स...
दिगो पर्यटन विकासको सम्भावनाको खोजी गर्दै लुम्बिनी प्रदेश पर्यटन परिषद
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

दिगो पर्यटन विकासको सम्भावनाको खोजी गर्दै लुम्बिनी प्रदेश पर्यटन परिषद

नवलपरासी,२५ चैत्रलुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको लुम्बिनी पर्यटन परिषदले नवलपरासीमा दिगो पर्यटन विकासका सम्भावनाहरुको खोजीमा लागेको छ । जिल्ला समन्वय समितिसँग सहकार्य गर्दै जिल्लाका सबै नगरपालिका र गाउपालिकासँग पर्यटकिय क्षेत्रको खोज,दिगो पर्यटन क्षेत्र विकासको खोजीमा लागेको हो ।विभिन्न स्थानिय तहमा रहेको पर्यटन क्षेत्रको सम्भावना,खोजी,लगानी,ब्यवस्थापन आदीबारे जिज्ञासा राख्न लगाएर सो सुझाव लुम्बिनी प्रदेश सरकारलाई उपलब्ध गराउने गरि सो कार्यक्रम भएको थियो । नवलपरासी जिल्ला आन्तरिक र बाह्य पर्यटकको रोजाईमा रहेको विभिन्न पर्यटकिय स्थलको उचित ब्यवस्थापन प्रचार प्रसार र पुर्वाधार योजनाबारे कुरा उठानका लागि सो कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव(रुदल)ले जानकारी गराए । जिल्ला भरि पर्या पर्यटन,धार्मिक पर्यटन,सांँस्कृतिक पर्यटनका सम्भावना छ,तर प्रचार प्रसार...
सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

सतपति नजिकैको बनलाई मृगदावन बनाउने अवधारणा बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,१६ चैत्रजिल्ला सुस्ता गाउपालिका २ स्थित रहेको बौद्धतिर्थ स्थल नजिकैको बन क्षेत्रमा मृग संरक्षण गर्ने गरि बौद्धकालिन मृगादवन बनाउने अवधारणा सुस्त गाउपालिकाले ल्याउने जनाएको छ । बौद्धकालमा मृगहरुलाई अभयदान दिइएके भारतको बाराणसीमा मृगाधवन बनेको र सोही झल्को दिइने गरि बौद्धस्थल सतपति क्षेत्रमा पनि रहेको बनक्षेत्र भित्र मृगको संरक्षण हुने गरि अवधारणाा बनाउने सोच बनाउन थालेको हो ।प्राचिन बौद्ध स्थलको संरक्षण र बौद्धकाािलन संस्कृतिलाई पुर्नत्थान हुने गरि सुस्ता गाउपालिकाले विभिनन काम गर्दै आएको र बौद्धकालिन तपस्थली क्षेत्रको रुपमा विकास गर्न खोजिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सतपति क्षेत्रलाई गएको माघ पुर्णिमाको अवसर पारेर भगवान बुद्धले सतिपट्ठान सुुत्त पाठ र अभ्यास गराएको तिर्थ स्थलको रुपमा घोषणा गरिए पश्चात सो क्षेत्रमाा अन्य बौद्धकालिन संस...
सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण

नवलपरासी,४ चैत्रजिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर तथा कोलवृक्ष बगैचा क्षेत्रमा गाउपालिकाद्धारा बनाइएको प्रवेशद्धारले आकर्षण थपेको छ । पर्यटकिय स्थलको रुपमा विकास गरिदै आएको प्राचिन ककरपत्त नगर जाने बाटोमा बुट्टेदार प्राचित बौद्ध संस्कृति झल्किने प्रवेशद्धारले सो पर्यटकिय क्षेत्रमा जाने पर्यटकलाई थप आकर्षण थपेको हो ।प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको गाँउपालिकाले घोषणा गरि गौरवको आयोजना भित्र राखेर विकास तथा पर्यटन प्रवद्र्धनमा लागेर विभिन्न पुर्वाधारहरु थपिदै आएको गाउपालिकाले जनाएको हो । तत्कालिन गाउपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले बुद्ध तिर्थ स्थलको रुपमा विकास गरिने गरि यस क्षेत्रको पुर्वाधार विकासका लागि पनि परिकल्पना गरेका थिए । सोही अनुसार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बौ...
रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक

नवलपरासी,१८ फागुनजिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका भएर बग्ने झरही खोला र पिडुराको दोभान क्षेत्रमा गोहिको संख्या बढदै गएको भए पनि संरक्षण तर्फ सरोकारवाला निकायले ध्यान दिएका छैनन् । गोहीको संख्या बढदै गए पछि गोहीको संरक्षण मात्र नभई उचित ब्यवस्थापन गर्नु पर्ने आवश्यकता बढदै गएको भए पनि सरोकारवालाको ध्यान नजादा स्थानियबासीले चिन्ता समेत ब्यतm गरेका हुन् ।गोहीको संरक्षण र ब्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनु पर्ने आवश्यकता समेत महशुस गरेको स्थानियले बताएका छन् । बर्षाै देखी भाटफुट रुपमा एक÷दुई वटा देखा परे पनि अहिले सो उनीहरुको संख्यामा वृद्धि भएको स्थानियले महशुस गर्न थालेको तर संरक्षण र ब्यवस्थापनका सरोकारवाला निकायको ध्यान पुर्याउनु पर्ने हो । तर त्यसको रेखदेख कुन निकायले गर्ने हो,त्यसबारे स्थानियबासीलाई पनि जानकारी छैन् । गोहीले कहिले काँही स्थानियको बाँख्रा गाई बस...
बौद्धकालिन रोहिणी नदीको प्राचिनता खोज गराउदै रोहिणी गाउपालिका
पर्यटन, समाचार

बौद्धकालिन रोहिणी नदीको प्राचिनता खोज गराउदै रोहिणी गाउपालिका

नवलपरासी,१७ फागुनप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यताको खोजी गर्ने कार्य रुपन्देहीको रोहिणी गाउपालिकाले थालेको छ । बौद्धकालिन प्राचिन शाक्य राजाहरुको कपिलबस्तु राज्य र कोलिय राजाहरुको कोलिय गणराज्यको सिमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उदेश्यले रोहिणी गाउपालिकाले उतm कार्य शुरु गराएको हो ।रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरुलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरु पनि उल्लेख भएको भाईन्छ । रोहिणी नदी प्राचिन गणराज्यको सिमा क्षेत्र पर्ने हुदा य...
रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव

नवलपरासी,१ फागुनरामग्राम स्तुपमा जति सक्दो चाडो उत्खननका कार्य अगाडी बढाए त्यती छिटो विकास हुने रामग्राम स्तुप क्षेत्रका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको उतm स्तुपको २०५९ सालमा उत्खनन हुदाको बखत युनेस्कोका अधिकृतहरुले जति छिटो प्रमाण दियो उत्ति छिटो स्तुपा क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत हुने कुरा बताएको स्मरण गराउदै उनले सो कुरा बताएका हुन् ।संसारमा एक मात्र भगवान गौतम बुद्धको अस्ति भएको स्तुप जुन अहिलेसम्म पनि प्राकृतिक अवस्था(भर्जिन) अवस्थामा रहेको छ । इतिहासकारले विभिन्न चरणमा खोज र अ आफ्ना प्रतिवेदनमा उल्लेख गर्दै सरकारलाई सुझाव दिदै आए पनि सरकारको ध्यान त्यस तर्फ नगएको उनले बताए । यहिँ रामग्राम स्तुप हो,भनेर इतिहासकारले भन्दै आए पनि युनेस्कोलाई साक्ष्य प्रमाण नभएसम्म विश्व सम्पदामा सुचिकृत गर्दैन्,उनले भने, ति साक्ष्य प्रमाणका...
आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा
पर्यटन, समाचार, सरावल गाउँपालिका

आन्तरिक पर्यटकको रोजाईमा धनगडवाको धनपोखरा

नवलपरासी,२९ माघजिल्लाको सरावल गाउपालिका ५ धनगडवा स्थित मनमोहक प्राचिन धनपोखरा अहिले आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ । प्राचिन इतिहास बोकेको उतm पोखराको ब्यवस्थापन र सौन्दर्यीकरण गरिए पछि पोखरा घुम्न र रमाउन आउनेको संख्या बढदै गएको हो । पोखराको प्राचिन महत्व भए पनि धेरैलाई सो पोखराबारे जानकारी नभएका कारण अहिले स्थानियबासीले समान्य माछा मार्ने र पोखराको पानी सिचाईमा प्रयोग गर्दै आएका छन् । तर सो प्राचिन धनपोखराको महन्त्व झल्किने गरि त्यहाँ अन्य रमणिय पुर्वाधारहरुको विकास गर्न सकिएमा स्थानियसँगै अन्य प्राचिन अध्ययेताहरु समेत यस क्षेत्रमा आउन सक्ने सम्भावना रहेको स्थानिय रबिन्द्र गौडले बताए । परापुर्व काल देखी नै यो पोखरा रहदै आएको गाँउका पुढापाकाहरुले भन्ने गरेका छन्,उनले भने,तर यसको प्राचिनताबारे तथ्यगत रुपमा खोज हुन सकेको छैन् । जलासय र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ,उनले थपे...
सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,२७ माघजिल्लाका अधिकाँस स्थानिय तहले सिमसार पोखरीहरु पुर्ने र पुर्वाधार बनाउने तर्फ केन्द्रित भए पनि जिल्लाको वर्दघाट नगरपालिकाले सिमसार बन्ने स्थानलाई सिमसार बनाउनमा लागेको छ । सिमसारको महत्व सम्झदै विगत बर्ष देखी नै बन जंगल होस वा सार्वजनिक स्थल यदि पानी जम्ने स्थानलाई सिमसारको रुपमा विकास गर्दै लैजाने कार्यलाई निरन्तरता दिदै आएको हो ।सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उदेश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ । सो सिमसार ब्यवस्थापनमा अहिले पनि नगरपालिकाले निरन्तरता दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । सिमसार...