नवलपरासी,११ मंसिर
जिल्ला भित्र विभिन्न गाउपालिकामा पुरातात्विक खोज अनुसंधान भई रहेकै बेला पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित नन्दनताल नजिकै प्राचिन नगर (सिटी)को पनि पुरातात्विक खोज गर्न गाउपालिकाले पुरातत्व अनुसंधान टोलीलाई आग्रैह गरेको छ । सोमवार सो अनुसंधान टोलीले प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा भुभौतिक सर्वे भई रहेको स्थलमै पुगेर गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले पत्र बुझाउदै पाल्हिनन्दन गाउपालिकाको प्राचिन नन्दन सिटी(नगर)को खोज अनुसंधान गर्न आग्रह गरेका हुन् ।
गत असार ५ गने पुरातत्व क्षेत्रमा लामो समय काम गर्दै आएका नारद यादवले स्थलगत अवलोकन गरेर नन्दन सिटी यहिँ हुनु पर्ने कुरा सार्वजनिक गरे पछि अहिले त्यस क्षेत्रको पुरातात्विक खोज अनुसंधानका लागि गाउपालिकाले चाँसो लिएको हो । पुरातत्व कार्यालय प्रमुख समेत रहेका पुरातत्व अधिकृत भास्कर ज्ञवालीलाई पत्र हस्तानान्तर गर्दै अध्यक्ष गुप्ताले खोज गर्न आग्रह गर्दै त्यसका लागि गाउपालिकाले गर्नु पर्ने सहयोगका लागि प्रतिवद्धता जनाएका थिए । पत्र बुझ्दै पुरातत्वअधिकृत ज्ञवालीले पनि सो क्षेत्रको खोज गर्नु पर्ने पुरातत्व विभागको लक्ष्य रहेको तर कार्य ब्यस्तताले केही ढिलाई भई रहेको बताएका थिए ।
तर यहिँ साता सो नन्दन सिटी स्थलमा पुगेर समान्य अध्ययन गर्न सकिने र पछि त्यहाँ भुभौतिक सर्वेक्षण तथा उत्खननका प्रकृया शुरु गर्न सक्ने आश्वस्त पारेका थिए । गाउपालिकाहरुले यदिको चाँसो लिनुले हामीलाई पनि काम गर्न उत्साही बनाएको बताएका थिए । अहिले बेलायत दुराम विश्व विद्यालयको पुरातत्वविद डा.राविन कनिघंमको टोलीले नवलपरासीको प्राचिन कोलिय राजधानी पण्डितपुरमा भुभौतिक सर्वेक्षण गर्ने कार्य र कोलिय राजाहरुले भगवान गौतम बुद्धको अस्थि ल्याएर निर्माण गरेको रामग्राम स्तुपामा उत्खनन कार्य गर्दै आएका छन् ।
आफु दुई दशक पहिला नै तत्कालिन पुरातत्व अधिकृत शुक्रसागर श्रेष्ठसँग काम गर्दा उनले चर्चा गर्दै आएको उतm स्थानकोस्थलगत अवलोकन गर्ने क्रममा पुरातात्विक बस्तु फेला गरेको आधारमा प्राचिन नगर भएको यादवले बताएका थिए । प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा पनि यस्तो प्राचिन बस्तुहरु फेला पारेर पुरातत्व अधिकृत श्रेष्ठलाई देखाउदा उनले सो स्थानमा पुगेर कोलिय गणराज्यको राजधानी नै भएको प्रारम्भिक अनुमान गरेका थिए । अहिले सो स्थानको उत्खनन गर्दै जादा राजधानीका प्रमाणहरु नै फेला परेर अहिले संघिय सरकारले सो स्थानका जग्गा अधिग्रहण गर्ने गरि बजेट कार्यक्रममा समावेश गरेको छ । त्यही अनुसार नै अहिले नन्दनताल देखी झण्डै ५ सय मिटर दक्षिणमा रहेको स्थानिय पडरी कोटही माईको स्थान भनेर चिनिने उतm स्थान प्राचिन सिटी भएको केही आधार भुत पुरातात्विक बस्तु फेला परेको देखाएका थिए ।
फेला परेका प्राचिन बस्तु खपडा,हतियार बनाउन तथा आगो बाल्नमा प्रयोग गरिने ढुगाँका टुक्रा फेला परेको बताउदै उनले यसबारे पुरातत्व बिभागका अधिकृत भाष्कर ज्ञवालीलाई समेत टेलिफोन गरि जानकारी गराएका थिए । चाडै नै सो स्थानको खोजी कार्यमा पुरातत्व अधिकृतहरु लाग्ने सुनाएका थिए । उनका अनुसार कोटही माई स्थान नजिकै बगैचा पनि रहेको छ । चारै तिर खाल्टो परेको होचो तर विचमा अग्लो भएको करिब ५ सय विघा क्षेत्रसम्म उतm सिटी फैलिएको हुन सक्ने उनको भनाई थियो । नन्दनताल नजिकै रहेको उतm स्थान पनि बौद्धकालिन नै हुन सक्ने यादवको भनाई थियो । तर यसलाई प्रमाणित गर्नका लागि उत्खनन आवश्यक छ, । यो यस जिल्लाका लागि प्राचिन सम्पदाको रुपमा पहिचान पाउन सक्छ । यसमा सरोकारवालाले खोज अनुसंधान गराउनमा चाँसो लिनु पर्छ । नन्दन ताल एक आफै विश्व सिमसार सुचिमा पर्ने विश्वसम्पदा नजिकै पुरातात्विक तथा बौद्धकालिन ऐतिहासिक नगर भएको आधार फेला पर्नु महत्वपुर्ण कार्य भएको उनको भनाई थियो ।
बौद्ध साहित्यमा नन्दन थेर भएको कुरा सुन्ने गरिएको सम्भवतः त्यही सन्दर्भसँग जोडिएको नन्दन नगर पनि भएको हुन सक्ने उनले अनुमान गरेका थिए । यस क्षेत्रमा पहिला उत्खनन गर्न आवश्यक छ,। बौद्धकालिन आधार फेला पर्यो भन्ने त्यही नन्दन थेरसँग सम्बन्धित स्थान हुन सक्ने आधार बन्न सक्छ । त्यही नन्दन थेरबाट नन्दन नगर र नन्दन नगर नजिकै रहेको नन्दन ताल हुन सक्छ । भगवान बुद्धका दुई भाई नन्द र आनन्द पनि थिए । उनीहरु पनि बौद्धसंघमा बौद्ध भिच्छु भएका थिए । स्थविर महास्थविरको स्थान प्राप्त गर्ने नन्दन स्थविरको कुरा सुन्ने गरिन्छ ।
सिद्धार्थको मावली राज्य नै प्राचिन कोलिय गणराज्यको भएको हुदा सिद्धार्थ गौतम मात्रै नभई उनकी सानी आमा प्रजावतीका छोरा नन्द र आनन्द भएकोले उनीहरुको पनि मावली कोलिय गणराज्य नै थियो । यसले गर्दा पनि तिनै स्थविर नन्दको नाममा नगर बसेको हुन स
क्छ । तर ति सिटी बौद्धकालिन हो कि होईन,भनेर जतिसक्दो उत्खनन कार्य गराउनमा जोड दिनु पर्छ । प्राचिन नन्दन नगरको रुपमा प्राचिन सिटी भेटिनु पाल्हीनन्दन गाउपालिकाका लागि पनि शुखद र गौरवको कुरा भएको स्थानियबासीले बताएका थिए । नन्दनताल र पाल्ही भगवती मन्दिरको नाम जोडेर बनेको पाल्हीनन्दन गाउपालिका भित्र नन्दन सिटीले पनि यो गाउपालिकालाई अन्तराष्र्टि«य स्तरमै पहिचान गराउने आधार तयार गर्नेछ । १ सय विघामा फैलिएको नन्दनतालको संरक्षणसँगै यो नन्दन नगर (सिटी) क्षेत्रलाई पुरातत्व विभागसँग मिलेर यस क्षेत्रको थप अनुसंधानमा गाउपालिकाले काम गर्ने उनको भनाई थियो ।