
नवलपरासी,१२ पुस
जिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिन थालेका छन् । पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चिनिदै आएको ठाँउ नै प्राचिन नन्दन सिटी भनेर अनुमान गरे पछि स्थानियले चाँसो लिन थालेका हुन् ।
सो स्थानको विहिवार स्थलगत अवलोकन गर्न पुगेको पालिकाको टोलीसँग स्थानियले नन्दनताल र नन्दन सिटीबारे खोज अनुसंधान,विकास,संरक्षण प्रवद्र्धनमा पालिकाले अग्रसरता लिनु पर्ने आग्रह गरेका थिए । ग्रेटर लुम्बिनी(वृहद लुम्बिन्ी)मा यो पनि बुद्ध साईटको रुपमा राखेर विकास तथा संरक्षण प्रवद्र्धन गर्दै पुरातात्विक अध्ययन अनुसंधानमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल,वार्ड अध्यक्ष कृष्ण प्रसाद यादव,तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानी लगायतको टोलीले सो नन्दन सिटी स्थलको स्थलगत अवलोकन गराउदै गाउपालिकाले यसमा अग्रसरता लिनु पर्ने स्थानियबासीले माग गरेका थिए ।
केही दिन पहिला पुरातत्वका जानकार नारद यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेको ति बस्तुहरु प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरुमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरु आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी(ताल)मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको होला, उनी भन्छन्, पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरुको स्थान पछि सिटीको स्वरुप प्राप्त गरेको हुन सक्छन,उनले थपे, अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी(नगर) हुन सक्छ । यसको पुरातात्विक खोज गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागले खोज अनुसंधान गर्नु पर्छ । पालिकाले नेतृत्व लिएर काम गर्नु पर्ने समेत सुझाएका थिए ।
महिना दिन अगाडी अनुसंधान टोलीले प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा भुभौतिक सर्वे भई रहेको स्थलमै पुगेर गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले पत्र बुझाउदै पाल्हिनन्दन गाउपालिकाको प्राचिन नन्दन सिटी(नगर)को खोज अनुसंधान गर्न आग्रह समेत गरेका थिए । पुरातत्व कार्यालय प्रमुख समेत रहेका पुरातत्व अधिकृत भास्कर ज्ञवालीलाई पत्र हस्तानान्तर गर्दै अध्यक्ष गुप्ताले खोज गर्न आग्रह गर्दै त्यसका लागि गाउपालिकाले गर्नु पर्ने सहयोगका लागि प्रतिवद्धता जनाएका थिए । पत्र बुझ्दै पुरातत्वअधिकृत ज्ञवालीले पनि सो क्षेत्रको खोज गर्नु पर्ने पुरातत्व विभागको लक्ष्य रहेको तर कार्य ब्यस्तताले केही ढिलाई भई रहेको बताएका थिए ।
आफु दुई दशक पहिला नै तत्कालिन पुरातत्व अधिकृत शुक्रसागर श्रेष्ठसँग काम गर्दा उनले चर्चा गर्दै आएको उतm स्थानकोस्थलगत अवलोकन गर्ने क्रममा पुरातात्विक बस्तु फेला गरेको आधारमा प्राचिन नगर भएको यादवले बताएका थिए । प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा पनि यस्तो प्राचिन बस्तुहरु फेला पारेर पुरातत्व अधिकृत श्रेष्ठलाई देखाउदा उनले सो स्थानमा पुगेर कोलिय गणराज्यको राजधानी नै भएको प्रारम्भिक अनुमान गरेका थिए । अहिले सो स्थानको उत्खनन गर्दै जादा राजधानीका प्रमाणहरु नै फेला परेर अहिले संघिय सरकारले सो स्थानका जग्गा अधिग्रहण गर्ने गरि बजेट कार्यक्रममा समावेश गरेको छ । त्यही अनुसार नै अहिले नन्दनताल देखी झण्डै ५ सय मिटर दक्षिणमा रहेको स्थानिय पडरी कोटही माईको स्थान भनेर चिनिने उतm स्थान प्राचिन सिटी भएको केही आधार भुत पुरातात्विक बस्तु फेला परेको देखाएका थिए ।
फेला परेका प्राचिन बस्तु खपडा,हतियार बनाउन तथा आगो बाल्नमा प्रयोग गरिने ढुगाँका टुक्रा फेला परेको बताउदै उनले यसबारे पुरातत्व बिभागका अधिकृत भाष्कर ज्ञवालीलाई समेत टेलिफोन गरि जानकारी गराएका थिए । चाडै नै सो स्थानको खोजी कार्यमा पुरातत्व अधिकृतहरु लाग्ने सुनाएका थिए । उनका अनुसार कोटही माई स्थान नजिकै बगैचा पनि रहेको छ । चारै तिर खाल्टो परेको होचो तर विचमा अग्लो भएको करिब ५ सय विघा क्षेत्रसम्म उतm सिटी फैलिएको हुन सक्ने उनको भनाई थियो । नन्दनताल नजिकै रहेको उतm स्थान पनि बौद्धकालिन नै हुन सक्ने यादवको भनाई थियो ।
सिद्धार्थको मावली राज्य नै प्राचिन कोलिय गणराज्यको भएको हुदा सिद्धार्थ गौतम मात्रै नभई उनकी सानी आमा प्रजावतीका छोरा नन्द र आनन्द भएकोले उनीहरुको पनि मावली कोलिय गणराज्य नै थियो । यसले गर्दा पनि तिनै स्थविर नन्दको नाममा नगर बसेको हुन सक्छ । प्राचिन नन्दन नगरको रुपमा प्राचिन सिटी भेटिनु पाल्हीनन्दन गाउपालिकाका लागि पनि शुखद र गौरवको कुरा भएको स्थानियबासीले बताएका थिए । नन्दनताल र पाल्ही भगवती मन्दिरको नाम जोडेर बनेको पाल्हीनन्दन गाउपालिका भित्र नन्दन सिटीले पनि यो गाउपालिकालाई अन्तराष्र्टि«य स्तरमै पहिचान गराउने आधार तयार गर्नेछ । १ सय विघामा फैलिएको नन्दनतालको संरक्षणसँगै यो नन्दन नगर (सिटी) क्षेत्रलाई पुरातत्व विभागसँग मिलेर यस क्षेत्रको थप अनुसंधानमा गाउपालिकाले काम गर्ने उनको भनाई थियो ।