Health Advertisement

मनरी स्थित थारु साँस्कृतिक पार्कको डिपिआर गर्ने कार्य शुरु

नवलपरासी,१३ पुस
जिल्लाको सरावल स्थित निर्माण हुन लागेको थारु साँस्कृतिक पार्कलाई ब्यवस्थित बनाउन विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु भएको छ । हुलाकी राजमार्ग देखी करिब ५ सय मिटर उत्तर भलुही नदि किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई थारु साँस्कृतिक पार्कको स्वरुप दिनका लागि गाउपालिकाले डिपिआर बनाउने कार्य शुरु गरेको हो ।


सो स्थानलाई केही महिना पहिला स्थानियको सक्रियतामा पार्क बनाउने कार्यमा लागेका थिए । त्यसलाई ब्यवस्थित र आकर्षित बनाउनका लागि डिपिआर बनाउने कार्य गाउपालिकाले शुरु गरेको छ, गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,स्थानियको चाहना र भावनासँगै मिलेर गाउपालिकाले पनि काम गर्नु पर्छ,भनि त्यसलाई ब्यवस्थित गर्नका लागि डिपिआरको निर्माण गर्न लागिएको हो । यसरी बैज्ञानिक हुन्छ,उनले थपे,डिपिआरमा स्थान र पुर्वाधारको यकिन गरिनुका साथै गुणस्तर पुर्वाधारमा पनि सहयोगी हुनेछ । यसका लागि डिपिआर गर्ने टोलीले गाउपालिका,स्थानियबासीसँगै परामर्श गरेर प्राविधिक स्वरुप दिदैछ । यो गाउपालिकाको गौरवको आयोजना पनि हुने उनको भनाई छ ।
पार्क भित्र थारु समुदायको जन्म देखी मृत्युसम्मको रितिरिवाज,संस्कार र संस्कृतिलाई पनि समावेश गरिने छ । त्यसबारे अन्य अत्यावस्क मनोरन्जन,अध्ययन,अभ्यास,ध्यान,साधना गर्ने स्थल,थारुको संस्कृति झल्किने पुर्वाधारहरु पनि बन्ने छन् । त्योसँगै बाहिरी पर्यटकलाई पनि आकर्षित गर्नका लागि पिकनिक स्पोर्ट,थारु स्टेचु,थारु संस्कृतिका ट्रसहरु,सेल्फी प्वाइन्ट,थारु संग्रालय,बालउद्यान,उद्यान,खेल मैदान,सभाहल,आधुनिक सौचालय,पाटीपौवा,पार्किगँ स्थल,पर्खाल,प्रवेशद्धार,,टिकट काउण्टर,जल भण्डारण,खुल्ला मञ्च,चौतरा,पुस्तकालय,लाईटिगँ जस्ता पुर्वाधारहरु समेटिने छन् ।
त्यसै गरि पार्कको पुर्वमा रहेको खोल्सालाई जल विहारको रुपमा ब्यवस्थित गर्नुका साथै पार्कको वरिपरि मिटि रेल चल्ने खालको रेल पाथ,फुटपाथहरु रहने छ । त्यसै गरि पार्कको पश्चिम भलुही खोला किनारमा क्याम्प फायर गर्ने खालका पनि संरचना निर्माण गर्न सकिनेछ, अध्यक्ष चौधरीले भने,पार्कको केन्द्रमा गोघीँको स्वरुपमा भ्युटावर समेत निर्माण गर्ने सोच रहेको छ । पार्कको क्षेत्रफल करिब ८ विघा रहेको र त्यही सिचाई योजना समेत हुदा आकर्षण थप्ने उनको भनाई थियो । पार्कका पुग्नका लागि हुलाकी राजमार्गमा रहेको जनता मावि मनरी देखी उत्तर बाँसा जाने सडक हुदै करिब ७ सय मिटर पुगेर मनरी गाँउको पश्चिम तर्फ जानु पर्छ । केही दिनमा हुलाकी राजमार्गमा पर्ने भलुहीखोलाको पटखौली पुल देखी सिधै उत्तर तर्फ डिस्टलरी नजिकैबाट पनि बाटो खोलिने अध्यक्ष चौधरीले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *