थारु साँस्कृतिक पार्कको स्वरुप दिन अग्रसर मनरीकी थारु महिलाहरु

नवलपरासी,७ पुस
विगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावट गर्नमा ब्यस्त देखिएका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,जुन अहिले एक सुन्दर महमोहक पार्कमा रुपान्तरित गर्न स्थानिय थारु महिलाको झण्ड सक्रिय देखिएको छ । वृक्षारोपण क्षेत्र यसरी एक साँस्कृतिक पार्क बन्ला भनेर स्थानियहरु सोचेका थिएनन्,तर समयले अहिले आफैले वृक्षारोपण गरिएको क्षेत्र सुन्दर पार्क बनाउन पाउदा थारु महिलाहरु खुशी ब्यतm गरेका थिए ।

पार्कको रुपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरु निस्वार्थ भावले अहिले काम गर्नमा ब्यस्त देखिनको आर्को कारण पनि विगत डेढ दशक देखी माघि मेला महोत्सव हुदै आएको सरावल २ मनरी स्थित जनता मावि मनरी परिसरबाट सार्नु पनि रहेको छ । यो बर्ष देखी सो मेला थारु साँस्कृतिक पार्कमा हुने तयारी भई रहेको छ । विद्यालय देखी झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उतm पार्कमा यो बर्ष देखी खिचडी महोत्सव तथा माघी मेला हुने भए पछि स्थानिय पार्क ब्यवस्थापनमा जुटेका हुन् ।
थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिए पछि स्थानियबासी पनि थारु समुदायले बर्षेनी माघे संक्रान्तिको अवसरमा लगाउदै आएको मेला पनि सोही पार्कमा ब्यवस्थित गर्न थालेको स्थानियले बताए । विद्यालय परिसरमा मेला सञ्चालन गर्दा विद्यालयको पठन पाठनलाई अवरोध सृजना पनि नहुने भएको छ , स्थानियले भने, अहिले गाँउ नजिकै बन्दै गरेको थारु साँस्कृतिक पार्क भित्रै यो मेलालाई पनि ब्यवस्थित गरिएमा पार्कको पनि प्रवद्र्धन हुनेछ । विद्यालय परिसर अस्थाई हो,उनले थपे,तर यो पार्कमै उतm मेला लगाउदा पार्कको पनि प्रवद्र्धन हुदै जानेछ । मेलामा बनाईने धेरै जसो थारु ंस्कृति झल्किने खालको पुर्वाधारहरु स्थाई रुपमा पार्क भित्रै सुरक्षित र संक्षक्षित पनि हुने भएको छ । यसले गाउलेमा उत्साह समेत बढाएको छ ।
केही दिन पहिला जिल्लाको सरावल गाउपालिकाले थारु साँस्कृतिक पार्क बनाउनका लागि उचित स्थानको खोजी र सम्भाब्यता अध्ययन गरेको थियो । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उतm स्थानलाई चयन गरेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) का लागि गाउपालिकाले बजेट समेत विनियोजन गरि सकेको छ, उनले भने, डिपिआर पछि स्थाई संरचनाहरु बनाउदै जान्छौ । अहिले थारुहरुकै महान पर्व खिचडी महोत्सव तथा माघी मेलालाई सोही पार्कमा लगाउने स्थानियको निर्णय स्वागत योग्य भएको उनको भनाई थियो । अहिले पार्कको सरसफाई तथा रुख विरुवा सजाउने कार्य भई रहेको छ । थारुको परम्परागत खपडाका घर टहरा पनि प्रदर्शनीका लागि त्यहाँ निर्माण भई रहेका छन् । खेलकुदका लागि पनि खेलमैदान बनाउने कार्य पनि भई रहेको छ ।
मेला विस्तार हुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रुपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थाई स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको थियो । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन,नियमित मनोरन्जन,रमाईलो,शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका कामशरु भई रहेका छन ।
मनरी गाँउ नजिकै भलुही खोला किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई पार्कको रुपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका थिए ,उनले भने,यसका लागि वृक्षारोपण गर्ने समुहसँग गाउपालिकाले छलफल गरेर योजना अगाडी बढाएको हो । उनीहरुकै सहमतिमा सो वृक्षारोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ,उनले थपे,वृक्षारोपण गर्ने समुह र स्थानियबासीको सहमति भएमा गाउपालिकाले लगानी गर्न सक्छ । डिपिआरका लागि आवश्यक बजेट गाउपालिकाले विनियोजन गर्दै अन्य लुम्बिनी प्रदेश सरकार र संघिय सरकारबाट पनि माग गर्नका लागि सम्बन्धित साँसदहरुसँग पहल गर्दैछ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षारोपण भएको छ । रुखहरु पनि हुर्कि सकेको छ । वरिपरि कुलो,खोला र जलासय समेत रहेको छ ।
यसले पनि पार्कका लागि आधा संरचना बनिबनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरु बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रुपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *