
नवलपरासी,२८ पुस
जिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को बगैचा क्षेत्रको सरसफाईमा स्थानियबासी सक्रिय भएका छन् । पर्यटकिय स्थलको रुपमा विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिदै आएको सो स्थानको विकासका लागि गाउपालिकाले अग्रसरता लिईने भए पछि तिन दिन देखी निरन्तर स्थानिय पनि सरसफाईमा सक्रियता देखाउन थालेका छन् ।
केही महिना देखी यो पुरातात्विक तथा बौद्धकालिन नन्दननगर भएको पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चर्चामा ल्याए पछि अहिले स्थानिय युवाहरु पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको स्थानिय युवा संदिप कुमार यादवले बताए । अहिले सो स्थानको अवलोकन भ्रमण गर्न केही बाहिरका पर्यटक आउन थाले पछि त्यस स्थानको सफाई गर्ने कार्य भई रहेको छ, उनले भने, परम्परागत रुपमा देवीदेवताको पुजा गर्दै आएका स्थानियले अहिले मात्र बौद्धकालिन इतिहास बोकेको सो क्षेत्र बौद्धकालिन नन्दन नगर भएको थाहा पाएका छन् । यसले बौद्धकालिन प्राचिनता बोकेको स्थान भन्दै सरसफाई र संरक्षणमा सक्रिय हुन थालेको यादवले जनाए ।
केही दिन पहिला सो स्थानको स्थलगत अवलोकन गर्न पुगेको पालिकाको टोलीसँग स्थानियले नन्दनताल र नन्दन सिटीबारे खोज अनुसंधान,विकास,संरक्षण प्रवद्र्धनमा पालिकाले अग्रसरता लिनु पर्ने आग्रह समेत गरेका थिए । ग्रेटर लुम्बिनी(वृहद लुम्बिन्ी)मा यो पनि बुद्ध साईटको रुपमा राखेर विकास तथा संरक्षण प्रवद्र्धन गर्दै पुरातात्विक अध्ययन अनुसंधानमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल,वार्ड अध्यक्ष कृष्णचन्द्र यादव,तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानी लगायतको टोलीले सो नन्दन सिटी स्थलको स्थलगत अवलोकन गराउदै गाउपालिकाले यसमा अग्रसरता लिनु पर्ने स्थानियबासीले माग गरेका थिए ।
केही महिना पहिला पुरातत्वका जानकार नारद यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेको ति बस्तुहरु प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरुमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरु आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी(ताल)मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको होला, उनी भन्छन्, पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरुको स्थान पछि सिटीको स्वरुप प्राप्त गरेको हुन सक्छन । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी(नगर) हुन सक्छ । यसको पुरातात्विक खोज गर्नका लागि गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले पुरातत्व कार्यालय प्रमुख भाष्कर ज्ञवालीलाई लिखितपत्र बुझाएर आग्रह समेत गरि सकेका छन् । पुरातत्व विभागले समेत सो स्थान प्राचिन स्मारक भएको अनुमान गरि संरक्षणका लागि होर्डिगँबोर्ड राखेको छ ।
त्यहा फेला परेका प्राचिन बस्तु खपडा,हतियार बनाउन तथा आगो बाल्नमा प्रयोग गरिने ढुगाँका टुक्रा फेला परेको थियो । चारै तिर खाल्टो परेको होचो तर विचमा अग्लो भएको करिब ५ सय विघा क्षेत्रसम्म उतm सिटी फैलिएको हुन सक्ने अनुमान गरिएको छ । नन्दनताल नजिकै रहेको उतm स्थान पनि बौद्धकालिन नै हुने आधार देखिन्छ । सिद्धार्थको मावली राज्य नै प्राचिन कोलिय गणराज्यको भएको हुदा सिद्धार्थ गौतम मात्रै नभई उनकी सानी आमा प्रजावतीका छोरा नन्द र आनन्द भएकोले उनीहरुको पनि मावली कोलिय गणराज्य नै थियो ।
यसले गर्दा पनि तिनै स्थविर नन्दको नाममा नगर बसेको हुन सक्छ । प्राचिन नन्दन नगरको रुपमा प्राचिन सिटी भेटिनु पाल्हीनन्दन गाउपालिकाका लागि पनि शुखद र गौरवको कुरा भएको स्थानियबासीले बताएका थिए । नन्दनताल र पाल्ही भगवती मन्दिरको नाम जोडेर बनेको पाल्हीनन्दन गाउपालिका भित्र नन्दन सिटीले पनि यो गाउपालिकालाई अन्तराष्र्टि«य स्तरमै पहिचान गराउने आधार तयार गर्नेछ । १ सय विघामा फैलिएको नन्दनतालको संरक्षणसँगै यो नन्दन नगर (सिटी) क्षेत्रल
ाई पुरातत्व विभागसँग मिलेर यस क्षेत्रको थप अनुसंधानमा गाउपालिकाले काम गर्ने उनको भनाई थियो । अब प्राचिन नन्दननगर क्षेत्र विकास समिति र नन्दन तालका लागि नन्दन ताल संरक्षण तथा पर्यटन विकास समिति गठन गरि सरोकारवाला कार्यालयसँग मिलेर काम गर्ने सो वार्डका अध्यक्ष कृष्णचन्द्र यादवले बताए । स्थानियको सक्रियतासँगै अब गाउपालिकाले त्यस क्षेत्रको विकासका लागि चाडै नै विस्तृत कार्ययोजना बनाई काम अगाडी बढाउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।