
नवलपरासी,२९ आश्विन
जिल्लाको वर्दघाट नगरपालिकाले अगाडी सारेको पुर्व पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघिय सरकार प्रतिनिधिसभा सदस्य (साँसद ) विनोद कुमार चौधरीको साथ दिइने भएका छन् । साँसद चौधरीले पहल गरेर यसै बर्ष देखी सो मार्गमा काम गर्नका लागि पाँच करोड बजेट विनियोजन गराउदै साथ दिइने संकेत देखाएका हुन् ।

साँसद चौधरीले बर्षाै देखी स्थानिय तहबाट सो मार्गबारे उठदै आएको सो आयोजनाको मुर्त रुप पाउने देखिएको चौधरीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार भुमही,आमबास,संसारकोट दुम्बिबास लिँक रोड भनेर सो मन्त्रालयको रुपन्देही कार्यालयले कार्यान्वयन गर्ने गरि योजना समावेश भएका छन् । पहिलो पटक संघिय सरकारबाट पाँच लाख बजेट परे पछि स्थानिय उत्साही भएको सचिवालमा कार्यरत पत्रकार पुरुषोत्तम सुवेदीले बताए । उनका अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तरगतका योजनाहरुमा समावेश गरि संघिय सरकारले नै कार्यान्वयन गर्ने गरि चौधरीको विकास कार्यक्रम प्रगति विवरणमा उल्लेख गरिएको छ ।
विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्न सक्रियता देखाउदै आएको थियो । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाउदै आएकोले अहिले संघिय सरकारले समेत बजेट विनियोजन गरे पछि नगरपालिकाको सो योजनाले सार्थकता पाउने उनको भनाई थियो । तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको थियो ।
नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको थियो । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्याय समेतले कहिले सँयुतm र कहिले अ आफ्नो विषयसँग सरोकार राख्ने क्षेत्रको नियमित अनुगमन,परिचालन गर्नुका साथै सबै जनप्रतिनिधि र जनतालाई विकासमा जुट्न उत्पे्रेरित समेत गर्दै आएका थिए । चुरे देखी तराई मधेश जोड्ने वर्दघाट नगरपालिका पुर्व गण्डकी प्रदेशसँग सिमा जोडिएको प्रदेश हो । नेपालकै मध्यभागमा रहेको वर्दघाट नगरपालिकामा पुर्वधार विकास,समाजिक,साँस्कृति विकाससँगै उद्योग,कृषि,पर्यटनलाई उत्तिकै महत्वका साथ काम गरिहेको छ ।
भौगोलिक रुपमा चुरे पहाडमा पर्ने सँसारकोट क्षेत्र पर्यटन तथा आर्थिक सम्भावना भएको क्षेत्र हो । यसको पहिचान गरेर नै नगरप्रमुख श्रेष्ठ र उपप्रमुख उपाध्याय बेला बेला सो क्षेत्रको भ्रमण अवलोकन गर्दै आएका छन् । स्थानियको मागलाई सम्बोधन गर्दै सो क्षेत्रमा पहिला सडक पुर्वाधार र विद्युत सञ्चार पुर्याउने लक्ष्य लिइएको छ । सोही अनुसार सडकको ट्याक खोल्ने र स्तरोन्नी गर्ने कार्य भई रहेको छ । संसारकोट नगरक्षेत्रको सिरान नै हो । यस क्षेत्रमा साधन स्रोत पुर्याएर संरक्षण र विकास गर्न सकिएमा जिल्लाकै लागि एक पर्यटकिय स्थल बन्ने सम्भावना पनि छ । तराईको गर्मि छल्न एकै छिनमा पहाडको शितल हावापानीमा पुग्न सकिन्छ । तर त्यहा पुग्नका लागि पहिलो सडक पुर्वाधार नै आवश्यक छ,सडक बनाउने कार्यमा अहिले नगरपालिका जुटेको छ । सडकको ट्याक खोलिए पछि त्यसलाई स्तरोन्नती गर्दै पक्कि सडकको रुपमा विकास गरिने लक्ष्य लिएको थियो । अहिले संघिय बजेटले समेत सो योजना सम्पन्न गर्न थप उत्साही बनाएको छ ।
सो क्षेत्रको विकासका लागि संघिय र लुम्बिनी प्रदेश सरकारसँग पनि बजेट कार्यक्रम माग गरिएको थियो । हालसम्म नगरपालिकाले आफ्नो स्रोत पनि परिचालन गर्दै आएको थियो । विगतका जनप्रतिनिधिले पनि सँसारकोटलाई महत्वका साथ नै काम गरेका थिए । तर संघिय जनपतिनिधिले सो कामलाई महत्व भने दिइएका थिएनन् । पछिल्लो समय सो सडकको आवश्यकता र पहिचान गर्न साँसद चौधरी आफै स्थलगत पुगेर अध्ययन गरेका थिए । सो क्षेत्रलाई सडक पुर्वाधारले जोड्न सके पहाडी क्षेत्रमा ठूलो आर्थिक स्रोतको सम्भाब्यतालाई अवसरमा परिणन गराउन सकिने साँसद चौधरीले महशुस गरि प्राथमिकतामा राखेर सडक निर्माणमा संघिय बजेट पार्न लगाएका हुन् । संघिय सरकारले अब निरन्तर बजेट हाल्ने गरि वैकल्पिक राजमार्ग विकास कार्यक्रममा समावेश गरेको छ ।
यस कार्य प्रति सो क्षेत्रका जनता साँसद चौधरी प्रति आभार ब्यतm गर्दै आएका छन् । अहिले हालका जनप्रतिनिधिले पनि त्यसलाई निरन्तरता दिदै काम गर्न अग्रसर देखिएका छन् । यसले गर्दा केही बर्षमा नगरपालिकाको सिरान सँसारकोटमा आवागमन सहज हुने विश्वास नगरपालिकाले लिएको छ । यो जिल्लाकै लागि एक पर्यटकिय गन्तब्य बन्ने विश्वास गर्न थालिएको छ । पर्यटन क्षेत्र मात्रै नभई त्यहा बस्ने बासिन्दाका लागि पनि तराई झर्न सहज हुने वर्दघाटको बजारमा पहुँच पुग्ने छ । सडक,विद्युत,सञ्चार,खानेपानी लगायतका पुर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिएर नै काम गर्दै आएको छ । नगरपालिकाको चाहना र सोच अनुसार अन्य क्षेत्रबाट पनि सहयोग जुट्दै गएमा सँसारकोट वास्तवमा एक नयाँ अनुभुति गर्ने स्थलको रुपमा विकास हुने उनको भनाई थियो ।
Very nice article and right to the point. I don’t know if this is
in fact the best place to ask but do you guys have any thoughts on where to hire some professional writers?
Thank you 🙂
You have remarked very interesting details! ps
nice site.!
You have mentioned very interesting points! ps decent web site.
Travel blog
com for Furosemide Sandoz are given in detail below where can i buy priligy in usa I raise nyash for u