नवलपरासी,२० जेठ
विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको छ । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाएको हो ।
तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्याय समेतले कहिले सँयुतm र कहिले अ आफ्नो विषयसँग सरोकार राख्ने क्षेत्रको नियमित अनुगमन,परिचालन गर्नुका साथै सबै जनप्रतिनिधि र जनतालाई विकासमा जुट्न उत्पे्रेरित समेत गर्दै आएको उनले जनाए । चुरे देखी तराई मधेश जोड्ने वर्दघाट नगरपालिका पुर्व गण्डकी प्रदेशसँग सिमा जोडिएको प्रदेश हो,उनले भने,नेपालकै मध्यभागमा रहेको वर्दघाट नगरपालिकामा पुर्वधार विकास,समाजिक,साँस्कृति विकाससँगै उद्योग,कृषि,पर्यटनलाई उत्तिकै महत्वका साथ काम गरिहेको छ ।
भौगोलिक रुपमा चुरे पहाडमा पर्ने सँसारकोट क्षेत्र पर्यटन तथा आर्थिक सम्भावना भएको क्षेत्र हो । यसको पहिचान गरेर नै नगरप्रमुख श्रेष्ठ र उपप्रमुख उपाध्याय बेला बेला सो क्षेत्रको भ्रमण अवलोकन गर्दै आएका छन् । स्थानियको मागलाई सम्बोधन गर्दै सो क्षेत्रमा पहिला सडक पुर्वाधार र विद्युत सञ्चार पुर्याउने लक्ष्य लिइएको छ । सोही अनुसार सडकको ट्याक खोल्ने र स्तरोन्नी गर्ने कार्य भई रहेको छ । संसारकोट नगरक्षेत्रको सिरान नै हो,उनले भने,यस क्षेत्रमा साधन स्रोत पुर्याएर संरक्षण र विकास गर्न सकिएमा जिल्लाकै लागि एक पर्यटकिय स्थल बन्ने सम्भावना पनि छ । तराईको गर्मि छल्न एकै छिनमा पहाडको शितल हावापानीमा पुग्न सकिन्छ । तर त्यहा पुग्नका लागि पहिलो सडक पुर्वाधार नै आवश्यक छ,सडक बनाउने कार्यमा अहिले नगरपालिका जुटेको छ । सडकको ट्याक खोलिए पछि त्यसलाई स्तरोन्नती गर्दै पक्कि सडकको रुपमा विकास गरिने छ ।
सो क्षेत्रको विकासका लागि संघिय र लुम्बिनी प्रदेश सरकारसँग पनि बजेट कार्यक्रम माग गरिएको छ । नगरपालिकाले समेत आफ्नो स्रोत पनि परिचालन गर्दै आएको छ । विगतका जनप्रतिनिधिले पनि सँसारकोटलाई महत्वका साथ नै काम गरेका थिए,उनले थपे,अहिले हालका जनप्रतिनिधिले पनि त्यसलाई निरन्तरता दिदै काम गर्न अग्रसर देखिएका छन् । यसले गर्दा केही बर्षमा नगरपालिकाको सिरान सँसारकोटमा आवागमन सहज हुने विश्वास लिएका छौ । यो जिल्लाकै लागि एक पर्यटकिय गन्तब्य बन्ने समेत प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । पर्यटन क्षेत्र मात्रै नभई त्यहा बस्ने बासिन्दाका लागि पनि तराई झर्न सहज हुने वर्दघाटको बजारमा पहुँच पुग्ने छ ।
सडक,विद्युत,सञ्चार,खानेपानी लगायतका पुर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिएर नै काम गर्दै आएको छ । नगरपालिकाको चाहना र सोच अनुसार अन्य क्षेत्रबाट पनि सहयोग जुट्दै गएमा सँसारकोट वास्तवमा एक नयाँ अनुभुति गर्ने स्थलको रुपमा विकास हुने उनको भनाई थियो ।