पत्रकारहरुलाई अवधारणागत पत्रकारिता गर्न वर्दघाट उपमेयरको आग्रह

नवलपरासी,१४ असोज
जिल्लाको वर्दघाट नगरपालिकाका उपप्रमुख(उपमेयर) रुद्र प्रकाश उपाध्यायले पत्रकारलाई अवधारणागत पत्रकारिता गर्नु पर्ने सुझाव दिइएका छन् । पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले जिल्ला स्थित पत्रकारहरुले घटना र कार्यक्रम केन्द्रित पत्रकारिताले जनतालाई सुसुचित गर्दै आएको तर अवधारणागत पत्रकारिता हुन नसकेकोले त्यस तर्फ पनि ध्यान दिन आग्रह गरेका हुन् ।
तिन तहको सरकार छ,गाँउ गाँउमा जनप्रतिनिधिहरु पनि छन्,तर पनि रोजगारी र उत्पादनसँग जोडेर कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थालाई विश्लेषण गर्दै सो आग्रह गरेका थिए । उनले स्थानिय स्तरमा रहेको साधान स्रोत र त्यसमा काम गरेर हुन सक्ने उत्पादन तथा रोजगारी सृजनाको अवस्थालाई अनुसंधान मुलक तथा अवधारणा बन्ने गरि पत्रकारिता गरिदिए जनप्रति,स्थानिय सरकार,जनताको माग पनि त्यस तर्फ केन्द्रित भएर आउने हुदा दिगो विकास गर्न सकिन्थ्यो । पत्रकार एक सुचना प्रवाह गर्ने माध्यम मात्रै नभई प्रवुद्ध बर्ग पनि हुन्, उनले भने,धेरै सरोकारवालासँग नियमित सम्पर्कमा पनि हुन्छन्,त्यसले गर्दा पनि बौद्धिकता सहितको अवधारणागत पत्रकारिता मार्फत सरकार र जनतालाई अभिप्रेरित गरिनु पर्ने आजको आवश्यकता औल्याएका थिए । वर्दघाट प्रेस क्बलका पत्रकारहरुको एक अनौपचारिक छलफलमा उनले आफ्नो कार्यकक्षमा सो कुरा उठान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *